घोराही । नेपाल प्रहरी श्रीमती संघले बृद्धाश्रममा रहेका वृद्धवृद्धालाई न्यानो कपडा वितरण गरेको छ । संघले घोराही टेरौटेमा रहेको जेष्ठ नागरिक सरोकार केन्द्रमा १५ जना जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
कपडा वितरण कार्यक्रम संघकी लुम्बिनी प्रदेश अध्यक्ष सन्ध्या जोशीको अध्यक्षता तथा लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायक महानिरिक्षक उमेशराज जोशीको प्रमुख आथित्यमा सम्पन्न भएको थियो । कार्यक्रममा जेष्ठ नागरिक सरोकार केन्द्रका अध्यक्ष भुपाल गिरी, ट्राफिक निरिक्षक किरणप्रकाश मल्ल लगायतको सहभागिता थियो ।