धनुषाको कर्फ्यू आदेश निरन्तर, अत्यावश्यक सेवा र आवतजावतमा सहजीकरण

Ujyalosandeshonline 12325+ समाचार ( )
१५ श्रावण २०८३, शुक्रबार

जनकपुरधाम । जिल्ला प्रशासन कार्यालय धनुषाले जारी गरेको कर्फ्यू आदेश निरन्तर रहेको जनाउँदै आम सर्वसाधारणको दैनिकीलाई सहज बनाउन शुक्रबार बिहान ६ देखि ८ बजेसम्म दुई घण्टा कर्फ्यू आंशिक रूपमा खुकुलो पारेको छ। प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद लुइँटेलद्वारा जारी सूचनाअनुसार साउन १४ गतेदेखि लागू कर्फ्यू कायम राखिए पनि साउन १५ गते बिहान दुध, तरकारी, फलफूल र खाद्यान्नजस्ता अत्यावश्यक वस्तु खरिद गर्नका लागि सो समय तोकिएको हो।

निर्धारित समयभित्र सामान खरिद गरी आ-आफ्नो निवास फर्किएर कर्फ्यूको पूर्ण पालना गर्न प्रशासनले अनुरोध गरेको छ।यसैबिच कर्फ्यूको समयमा पनि अस्पताल, फार्मेसी, हवाई सेवा, ग्यास आपूर्ति, पेट्रोलियम ढुवानी तथा बिक्री, एम्बुलेन्स, दमकल, पानी तथा दुध बोकेका सवारी जस्ता अत्यावश्यक सेवाहरू निरन्तर सञ्चालन हुनेछन्। स्वास्थ्यकर्मी, सरकारी कर्मचारी, सञ्चारकर्मी, रेडक्रसकर्मी, तीर्थयात्री, बिरामी तथा एयरपोर्ट आवतजावत गर्ने यात्रु र तिनका सहयोगीहरूले परिचयपत्र वा प्रमाण बोकी आवतजावत गर्न पाउने प्रशासनले जनाएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार