मुख्य समाचार
त्रिदेवी बचत तथा ऋण सहकारीको १५ औँ वार्षिक साधारणसभा सम्पन्न | मर्चवारमा तीनदिने बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने | मकवानपुरमा डिजेल लोड ट्याङ्कर दुर्घटना : चालक रायमाझीको मृत्यु | राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आज बस्दै | सम्मरीमाईमा रुपन्देही समन्वय समितिको घुम्ती बैठक सम्पन्न | नमुना बोर्डिङमा शान्ति चित्रकला प्रतियोगिता सम्पन्न | युवालाई उद्यमी बनाउने प्रदेश सरकारको योजना छः मुख्यमन्त्री आचार्य | रुपन्देहीमा १८ ग्राम खैरो हेरोइनसहित एक युवक पक्राउ | नेपाल-भारत १०औँ समन्वय बैठक काठमाडौँमा सम्पन्न, सीमा सुरक्षा र प्रविधि प्रयोगमा जोड | परासीमा ट्रकको ठक्करबाट पत्रकार पोख्रेलको निधन |

एएफसी एशिया कपमा भारत पराजित

Ujyalosandeshonline 12612+ समाचार ( )
५ माघ २०८०, शुक्रबार

काठमाडौं । एएफसी एशिया कप फुटबलमा भारत पराजित भएको छ । बिहीबार राति भएको खेलमा भारत उज्वेकिस्तानसँग ३–० गोल अन्तरले पराजित भएको हो

। भारतविरुद्ध फिफा वरियतामा धेरै माथि रहेको उज्वेकिस्तानले पहिलो हाफमै ३ गोल गरेको हो । दोस्रो हाफमा भने खेल प्रतिस्पर्धात्मक भए पनि गोल निस्कएन ।

उज्वेकिस्तानले चौथो मिनेटमै अग्रता लिएको थियो । उसका लागि उब्बोस्बेक फेजुल्लेबले गोल गरेका थिए । इगोर सेरभेभले १८ औं मिनेटमा गोल गर्दै अग्रता दोब्बर बनाए ।

पहिलो हाफको अतिरिक्त चौथो मिनेटमा शेरजोद नसरुल्लाएवले गोल गरेपछि उज्वेकिस्तान पहिलो हाफमै ३–० को सहज अवस्थामा पुगेको थियो ।

समूह बीबाट अस्ट्रेलिया शीर्ष स्थानमा रहँदै एक खेल अगावै अन्तिम १६ मा प्रवेश गरेको छ । अस्ट्रेलियाले सिरियालाई पराजित गरेको थियो । यसैगरी उज्वेकिस्तान ४ अंकका साथ दोस्रो स्थानमा रहेको छ । सिरिया १ अंकका साथ तेस्रो स्थानमा रहँदा भारत भने लगातार दोस्रो हार व्यहोर्दै अंक बिहीन अवस्थामा पुछारमा रहेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार