मुख्य समाचार
‘जघन्य प्रकृतिका अपराधसम्बन्धी अनुसन्धानमा सिआइबीको भूमिका प्रसंशनीय’ | कोटहीमाई गाउँपालिकामा कर्मचारीद्वारा तालाबन्दी: प्रशासनिक कामकाज ठप्प | जिल्ला प्रशासन कार्यालय गुल्मीले वार्षिक प्रगति विवरण सार्वजनिक | नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिदमा साढे २० करोडभन्दा बढी हिनामिना भएको अध्ययन समितिको निष्कर्ष | भैरहवामा ‘यु एस पिज्जा’, स्वदेशी ब्रान्डमार्फत रोजगारी सिर्जनामा जोड | स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ | सार्वजनिक ऋण व्यवस्थापन ऐन संशोधन मस्यौदामा सुझाव माग | जब रामकोटमा पर्यटकलाई झोर्ले भन्दै स्वागत गरिन्छ... | वर्षाका कारण विभिन्न राजमार्ग प्रभावित | नेपाल-कोरिया श्रम सहयोग गोष्ठी सम्पन्न |

क्रिकेट विश्वकप लिग–२ आजदेखि : नेपालले नामिबियासँग खेल्दै

Ujyalosandeshonline 11768+ समाचार ( )
३ फाल्गुन २०८०, बिहीबार

काठमाडौं । आइसिसी पुरुष क्रिकेट विश्वकप लिग–२ बिहीबारदेखि कीर्तिपुरमा सुरु हुँदैछ । २४ खेलको त्रिकोणीय शृङ्खलाको पहिलो खेलमा आयोजक नेपालबाहेक नामिबिया र नेदरल्यान्ड्स सहभागी हुँदैछन् । यो प्रतियोगिताले टोलीहरूलाई एकदिवसीय विश्वकप २०२७ को छनोट चरणमा लैजानेछ ।

आठ टोलीको लिगमा क्यानडा, ओमान, स्कटल्याण्ड, युएई र अमेरिका रहेका अन्य टोलीले विश्वकप छनोटअघि १४४ खेल खेल्नेछन् । अघिल्लो विश्वकप छनोट चक्रको आधारमा टोलीहरूलाई विश्वकप लिग–२ र क्वालिफायर प्ले–अफमा स्थान दिइएको थियो ।

लिग–२ बाट शीर्ष चार टोलीहरू विश्वकप छनोटमा पुग्नेछन्, जसमा क्वालिफायर प्ले–अफमा आएका चार टोलीहरू, साथै आईसीसी एकदिवसीय रैंकिंगको आधारमा छनोट हुन नसकेका टोलीहरू समावेश हुनेछन् ।

लिग २ को पहिलो सिरिजका लागि नामिबिया र नेदरल्याण्ड्स यतिबेला काठमाडौंमा रहेका छन् । नेपालले पहिलो खेलमा विहीबार नामिबियासँग खेल्ने छ । यो खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा विहान साढे ९ बजे सुरुहुने छ । एक दिवसीय वरियता जोगाउनका लागि महत्वपूर्ण लिग–२ भएकाले यसलाई कम नआँक्ने नेपाली क्रिकेट टिमका कप्तान रोहित पौडेलले बताएका छन् । उनले सुरुदेखि नै उत्कृष्ट प्रदर्शन गर्ने बताए । एक दिवसीय वरियता जोगाउने अघिल्लो संस्करणमा नेपालले पछिल्ला १२ मध्य ११ खेल जित्दै अविश्वसनीय प्रदर्शन गरेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार