मुख्य समाचार
रुपन्देही क्षेत्र नं. ३ मा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना | भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान | दललाई चुनावी प्रतिष्पर्धामा सहयोग गर्न आचारसंहिताः कार्यवाहक प्रमुख आयुक्त भण्डारी | निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल | संविधान संशोधन र शक्तिहरुबीचको सामञ्जस्यता आजको आवश्यकता : नेता शुक्ला | चिसो याममा पनि ढोरपाटनमा पर्यटकको चहलपहल | नेपाल प्रहरी श्रीमती संघद्वारा बाराका विपन्न परिवारलाई न्यानो कपडा वितरण | मध्यपहाडी लोकमार्गः ‘आर्क ब्रिज’ निर्माण सुरु | पेट्रोलियम पदार्थको मूल्य समायोजन | निर्वाचन ४८ दिन बाँकी : यस्ता छन् मतदान अधिकृतको काम, कर्तव्य र अधिकार |

मध्यपहाडी लोकमार्गः ‘आर्क ब्रिज’ निर्माण सुरु

Ujyalosandeshonline 10084+ समाचार ( )
३ माघ २०८२, शुक्रबार

पर्वत । पुष्पलाल मध्यपहाडी राजमार्ग आयोजनाअन्तर्गत पर्वत खण्डमा पर्ने मोदीखोलामा ‘आर्क ब्रिज’ निर्माण सुरु भएको छ । राजमार्गको पर्वत खण्ड कालोपत्र सम्पन्न भएको तीन वर्षपछि पुल निर्माण सुरु भएको हो । पर्वतको मोदीगाउँपालिका–२ र पातिचौर–६ डिमुवा जोड्ने गरी पुल निर्माण सुरु भएको पुष्पलाल मध्यपहाडी लोकमार्ग आयोजना कार्यालयले जनाएको छ । 

आयोजनाका इन्जिनियर कल्पना मिश्रका अनुसार पुल ६२ मिटर लामो र ११ मिटर चौडा हुनेछ । डबल स्पानको पुल निर्माणका लािग रु सात करोड ५० लाख विनियोजन भएको छ । 

उक्त मार्गअन्तर्गत हालसम्म पर्वतखण्डको तमादीखोला र बागलुङको काठेखोलामा पुल निर्माण भएका छन् । सुन्दरेखोला र मोदीखोलामा पनि निर्माण जारी छ । मोदीखोलाको पुल आगामी भदौ मसान्तभित्रमा सम्पन्न गरिसक्नुपर्ने छ । मध्यपहाडी लोकमार्गअन्तर्गत पोखरा–कुश्मा सडकको तीन वर्ष पहिला नै दुई लेनको सडक स्तरोन्नति भैसकेको छ । सडक दुई लेनको बनेपनि पुरानो संरचनामा बनेका ‘सिङ्गल लेन’का पुलले सवारीको चाप धान्न कठिन भएकाले नयाँ पुल निर्माण थालिएको हो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार