मुख्य समाचार
सीमा सुरक्षा र विपद् प्रतिकार्यमा सशस्त्र प्रहरीको सक्रियता | जन्तेढुङ्गामा आवासीय विद्यालयः अभिभावकविहीन बालबालिकाको केन्द्र | आन्तरिक मामिला तथा कानुनमन्त्री सार्की–मन्तव्य | मधेस प्रदेश बजेट : ४१ अर्ब १३ करोड विनियोजन | आगामी आर्थिक वर्षको बजेट पेश गर्न लुम्बिनी प्रदेश सरकारको स्वीकृति | ‘समृद्ध र विकसित समाज निर्माण गर्न सहकार्य र समन्वय आवश्यक छ’ | बौद्ध भिक्षु पाङ्नाकार–अवलोकन | बाजुरामा पोखरीमा नुहाउने क्रममा डुबेर १४ वर्षीया बालिकाको मृत्यु | एबिसी पदमार्गमा पर्यटकीय पूर्वाधार थपिँदै | दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था |

हजुरआमाको हत्या गरेको आरोपमा नातिसहित २ जना पक्राउ

Ujyalosandeshonline 11540+ समाचार ( )
१ चैत्र २०८०, बिहीबार

विराटनगर । एकजना वृद्धाको हत्या गरेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । झापाको गौरादह नगरपालिका–७ योगिटारकी ८२ वर्षीया नरमाया विश्वकर्माको हत्या गरेको आरोपमा स्थानीय दुई जनालाई प्रहरीले पक्राउ गरेको हो । 

फागुन २६ गतेदेखि घरबाट हराइरहेकी बृद्धाको खोजतलास गर्ने क्रममा आफ्नै घर पछाडि रहेको गुवालीमा खाल्डो खनेर गाडेको अवस्थामा फागुन ३० गते फेला परेकी थिइन् ।

त्यसपछि घटनाबारे अनुसन्धान थालेको इलाका प्रहरी कार्यालय गौरीगञ्जको टोलीले घटनामा संलग्न रहेका मृतककै नाति १८ वर्षीय धीरज विश्वकर्मा र उनका साथी स्थानीय १८ वर्षीय राजु मल्लिकलाई पक्राउ गरेको हो ।

गाँजा खाएर नशाको सुरमा बिकले फागुन २६ गते राति हजुरआमा शौचालय जान उठेको अवस्थामा फलामको रडले टाउकामा प्रहार गरेको प्रहरीले जनाएको छ ।

वृद्धाको घटनास्थलमै मृत्यु भएको थियो । हत्यापछि साथी राजु मल्लिकको सहयोगमा घरनजिकै रहेको गुवालीमा खाल्डो खनेर गाडेको प्रहरीले पत्ता लगाएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार