मुख्य समाचार
घरपझोङ जलवायु परिवर्तन सम्मेलन सुरु | रुपन्देहीमा कटुवा पेस्तोल र छर्रासहित दुई जना पक्राउ | मेलाबाट उठेको रकम पर्यटनमा लगानी | पोखरामा जग्गाको कित्ताकाट खुल्यो | कृष्णभीरमा नयाँ ट्याक अन्तिम चरणमा : असोज १ गतेदेखि यातायात सञ्चालनको तयारी | गणेश चतुर्थी : देशभरका गणेश मन्दिरमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको लाम | सहयोग गर्ने नाममा गैरकानुनी रूपमा असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन | बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल | कांग्रेसको संस्थापनइतर पक्षले छुट्टै १५औँ महाधिवेशन गर्ने | मर्चवारीमाईको श्रीराम गुरुकुलद्वारा बाल दिवसमा प्रभातफेरी आयोजना |

मर्चवार जनजागरण युवा क्लबद्वारा सरोकारवालालाई ज्ञापन पत्र

Ujyalosandeshonline 12320+ समाचार ( )
१ पौष २०८०, आइतबार

मर्चवार । रुपन्देहीको मर्चवार क्षेत्रका विभिन्न समस्य अवगत गराउदै विभिन्न सरोकारवालाहरु लाई मर्चवार जनजागरण युवा क्लबले ज्ञापन पत्र बुझाएको छ । मर्चवारको अलपत्र रहेको मुख्य बाटो, अब्यवस्थित चोक, अतिक्रमण गरिएको विभिन्न टोल बस्तीका सडक, दुर्गन्धित नहरबारे अवगत गराउदै बजारमा गुणस्तरहीन बस्तुका सामान बिक्रि वितरण रोक लगाउन ज्ञापन पत्र बुझाएको क्लबका अध्यक्ष मोहम्मद आरिफ खाँनले बताए । 

ज्ञापन पत्र लुम्बिनी प्रदेश सभा सदस्य कन्हैया बनिया, कोटहीमाई गाउँपालिका, मर्चवारी गाउँपालिका, सम्मरीमाई गाउँपालिक, मायादेवी गाउँपालिका, मर्चवार लिफ्ट सिँचाई जल उपभोक्ता संस्था, ईलाका प्रहरी कार्यालय मझगवाँ, ईलाका प्रहरी कार्यालय मर्चवार र ईलाका प्रशासन कार्यालय मझगावाँलाई बुझाइएको क्लबका अध्यक्ष खाँनले जानकारी दिएका छन् ।

मर्चवारको जिर्ण अवस्थमा रहेको मुख्य सडकमा अब्यवस्थित पाकिङ्ग, सडक अतिक्रमण गरी राखिएको पसल तथा विभिन्न उद्योग ब्यवसायबाट निस्केको फोहोर सडकको छेउमा ब्यवस्थापनले झन करुप बनाएको बताउदै यस तर्फ ईलाका प्रहरी कार्यालय र सम्बन्धित क्षेत्रका स्थानीय तहले ध्यानाकर्षण गर्न उनले आग्रह गरेका छन् । यसैगरी सिँचाई प्रयोजनको लागि बनाईको मर्चवार लिफ्ट सिँचाई जल उपभोक्ता संस्थाको नहरमा मनपरी फालिएको फोहोरले झन दुर्गन्धित बनाएको यस प्रति सरोकारवालहरुले आँखा बन्द हिडेको र यसले प्रत्यक्ष रुपले स्वास्थ्यमा असर गरेको अध्यक्ष खाँनले बताए ।

स्थानीय सरकारको अनुगमन शुन्य रहेको बताउदै सुरक्षा, निर्देशन, ब्यवस्थापनको अभावले चोरी, दुर्घटना, वातावरणीय असर, सडक जाम, म्याद गुज्रेका सामान विक्रि वितरण लगायतका सामस्याहरु उत्पन्न भएको क्लबका अध्यक्ष खाँनले बताए ।

अधिकांस कृषि सडकको छेउमा रहेको विद्युतीय तारपोल नजिक पराल ब्यवस्थापन, सडकलाई असर हुनेगरी गोबर थुपारीएको, गिट्टी बालुवा थुपारीएको, चौपाया जनावार सडकको छेउमा ब्यवस्थापन, विभिन्न सवारी साधान तथा कृषि उपकरण सडकमै पार्किङ्गले विभिन्न दुर्घटना हुनेगरेको अवगत गराउदै त्यसको अनुगमन गरी ब्यवस्थापन तथा आवश्यक नर्देशन सहित कारवाहीको समेत माग गरेका छन् । मर्चवारको गोनहा, मझगवाँ, मिडिया चौक, रायपुर, जिगिना लगायतका अत्यधिक भिडभाड हुने ठाउँमा प्रहरी डिउटी खटाउन समेत माग गरेका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार