मुख्य समाचार
मर्चवारमा तीनदिने बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने | मकवानपुरमा डिजेल लोड ट्याङ्कर दुर्घटना : चालक रायमाझीको मृत्यु | राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आज बस्दै | सम्मरीमाईमा रुपन्देही समन्वय समितिको घुम्ती बैठक सम्पन्न | नमुना बोर्डिङमा शान्ति चित्रकला प्रतियोगिता सम्पन्न | युवालाई उद्यमी बनाउने प्रदेश सरकारको योजना छः मुख्यमन्त्री आचार्य | रुपन्देहीमा १८ ग्राम खैरो हेरोइनसहित एक युवक पक्राउ | नेपाल-भारत १०औँ समन्वय बैठक काठमाडौँमा सम्पन्न, सीमा सुरक्षा र प्रविधि प्रयोगमा जोड | परासीमा ट्रकको ठक्करबाट पत्रकार पोख्रेलको निधन | विपद् व्यवस्थापनमा समन्वय र पूर्वतयारी आवश्यक : मुख्यमन्त्री आचार्य |

मर्चवार जनजागरण युवा क्लबद्वारा सरोकारवालालाई ज्ञापन पत्र

Ujyalosandeshonline 12611+ समाचार ( )
१ पौष २०८०, आइतबार

मर्चवार । रुपन्देहीको मर्चवार क्षेत्रका विभिन्न समस्य अवगत गराउदै विभिन्न सरोकारवालाहरु लाई मर्चवार जनजागरण युवा क्लबले ज्ञापन पत्र बुझाएको छ । मर्चवारको अलपत्र रहेको मुख्य बाटो, अब्यवस्थित चोक, अतिक्रमण गरिएको विभिन्न टोल बस्तीका सडक, दुर्गन्धित नहरबारे अवगत गराउदै बजारमा गुणस्तरहीन बस्तुका सामान बिक्रि वितरण रोक लगाउन ज्ञापन पत्र बुझाएको क्लबका अध्यक्ष मोहम्मद आरिफ खाँनले बताए । 

ज्ञापन पत्र लुम्बिनी प्रदेश सभा सदस्य कन्हैया बनिया, कोटहीमाई गाउँपालिका, मर्चवारी गाउँपालिका, सम्मरीमाई गाउँपालिक, मायादेवी गाउँपालिका, मर्चवार लिफ्ट सिँचाई जल उपभोक्ता संस्था, ईलाका प्रहरी कार्यालय मझगवाँ, ईलाका प्रहरी कार्यालय मर्चवार र ईलाका प्रशासन कार्यालय मझगावाँलाई बुझाइएको क्लबका अध्यक्ष खाँनले जानकारी दिएका छन् ।

मर्चवारको जिर्ण अवस्थमा रहेको मुख्य सडकमा अब्यवस्थित पाकिङ्ग, सडक अतिक्रमण गरी राखिएको पसल तथा विभिन्न उद्योग ब्यवसायबाट निस्केको फोहोर सडकको छेउमा ब्यवस्थापनले झन करुप बनाएको बताउदै यस तर्फ ईलाका प्रहरी कार्यालय र सम्बन्धित क्षेत्रका स्थानीय तहले ध्यानाकर्षण गर्न उनले आग्रह गरेका छन् । यसैगरी सिँचाई प्रयोजनको लागि बनाईको मर्चवार लिफ्ट सिँचाई जल उपभोक्ता संस्थाको नहरमा मनपरी फालिएको फोहोरले झन दुर्गन्धित बनाएको यस प्रति सरोकारवालहरुले आँखा बन्द हिडेको र यसले प्रत्यक्ष रुपले स्वास्थ्यमा असर गरेको अध्यक्ष खाँनले बताए ।

स्थानीय सरकारको अनुगमन शुन्य रहेको बताउदै सुरक्षा, निर्देशन, ब्यवस्थापनको अभावले चोरी, दुर्घटना, वातावरणीय असर, सडक जाम, म्याद गुज्रेका सामान विक्रि वितरण लगायतका सामस्याहरु उत्पन्न भएको क्लबका अध्यक्ष खाँनले बताए ।

अधिकांस कृषि सडकको छेउमा रहेको विद्युतीय तारपोल नजिक पराल ब्यवस्थापन, सडकलाई असर हुनेगरी गोबर थुपारीएको, गिट्टी बालुवा थुपारीएको, चौपाया जनावार सडकको छेउमा ब्यवस्थापन, विभिन्न सवारी साधान तथा कृषि उपकरण सडकमै पार्किङ्गले विभिन्न दुर्घटना हुनेगरेको अवगत गराउदै त्यसको अनुगमन गरी ब्यवस्थापन तथा आवश्यक नर्देशन सहित कारवाहीको समेत माग गरेका छन् । मर्चवारको गोनहा, मझगवाँ, मिडिया चौक, रायपुर, जिगिना लगायतका अत्यधिक भिडभाड हुने ठाउँमा प्रहरी डिउटी खटाउन समेत माग गरेका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार