मुख्य समाचार
अर्थमन्त्री डा वाग्ले र विश्व बैंक समूहका अध्यक्ष बाङ्गाबीच अमेरिकामा द्विपक्षीय भेटवार्ता | लालबकैया तटबन्ध मर्मत तथा विस्तारको माग गर्दै प्रधानमन्त्रीसमक्ष निवेदन | सुन्तलामा रोग लागेपछि किसान चिन्तामा | लुम्बिनी र सीमावर्ती पर्यटन प्रवर्द्धनका लागि भैरहवामा दुई दिने सडक खाना महोत्सव | नारायणी नदीले बगाएको राइनो क्रुज अझै झिक्न सकिएन | व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल | भैरहवा घुम्ती शिविरबाट अपाङ्गता भएका ८१ बालबालिका लाभान्वित | सडक खन्ने क्रममा पहिरो खस्दा तीन जना पुरिए : उद्धार जारी | चिकित्सकको अभावमा सास्ती भोग्दै बर्दिया अस्पताल | अब्दुल सत्तार मुस्लिम क्लस्टरबाट कांग्रेसको सहमहामन्त्री उम्मेदवार |

हेटौंडा उपमहानगरपालिमा भदौ २९ देखि वडा स्तरीय टि–२० क्रिकेट प्रतियोगिता हुने

Ujyalosandeshonline 12461+ समाचार ( )
८ भाद्र २०८१, शनिबार

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–८ मा वडा स्तरीय टि–२० क्रिकेट प्रतियोगिता हुने भएको छ । आउँदो भदौ २९ गते देखि असोज ५ गतेसम्म वडा स्तरिय टि–२० क्रिकेट प्रतियोगिता आयोजना गर्न लागिएको पत्रकार सम्मेलनमार्फत जानकारी दिईएको हो ।

नेपाल कम्युनिष्ट पार्टी एमालेले खेलकुदको माध्यमबाट स्वस्थ नागरिक निमार्ण गर्ने अभियान अन्तर्गत एमालकोे जनवर्गीय संगठन नेपाल खेलकुद महासंघ वडा नं.८ को आयोजनामा हुने प्रतियोगिता श्री चन्द्रोदय माध्यमिक विद्यालय हेटौडा–८ को खेल मैदानमा हुने आयोजकले जानकारी दिएको छ ।

नेकपा (एमाले) हेटौंडा–८ नं. वडा कमिटीको व्यस्थापन तथा धर्मराज पुडासैनीको संयोजकत्वमा ३१ सदस्यीय क्रिकेट खेल संचालन तथा व्यवस्थापन मुल समिति र ५ वटा विभिन्न उपसमितिहरु गठन गरि वडा स्तरिय टि–२० किकेट प्रतियोगिता संचालन गर्न लागिएको हो ।

खेलमा हेटौडा उपमहानगर पालिका भित्र रहेका १९ वडाका २० देखि २२ वटा क्रिकेट टिमहरुको सहभागिता रहने अनुमान आयोजकले लिएको छ ।

प्रतियोगितामा प्रथम हुने समुहलाई नगद रु.५० हजार, द्वितिय हुने समुहलाई २५ हजार, उत्कृष्ट मार्च पास गर्ने क्रिकेट टिमलाई विविध पुरस्कार तथा प्रमाणपत्र वितरण गरिने छ ।

त्यस्तै उत्कृष्ट खेलाडी तथा लामो समय देखि खेल क्षेत्रमा लागेका व्यक्तित्वलाई सम्मान पत्र वितरण गरिने खेल संयोजक धर्मराज पुडासैनीले बताए । खेल सम्पन्न गर्नलाई ३ लाख ५० हजार रुपैँया खर्च लाग्ने अनुमान गरिएको आयोजकले जनाएको छ । प्रत्येक किकेट टिमलाई ईन्ट्री शुल्क बापत रु. ५ हजार लाग्ने आयोजकले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार