मुख्य समाचार
सडक खन्ने क्रममा पहिरो खस्दा तीन जना पुरिए : उद्धार जारी | चिकित्सकको अभावमा सास्ती भोग्दै बर्दिया अस्पताल | अब्दुल सत्तार मुस्लिम क्लस्टरबाट कांग्रेसको सहमहामन्त्री उम्मेदवार | पार्टी नेता र राजनीतिप्रतिको वितृष्णा कायमै : अध्यक्ष लिङ्देन | निरन्तरताको क्रमभङ्ग गरेर कांग्रेसले देशको नेतृत्व गर्नुपर्छः संयोजक दाहाल | कांग्रेसले आफूलाई समयअनुसार रुपान्तरण गरेको छ : डा भट्टराई | कर्णाली राजमार्गमा काम नगर्ने निर्माण कम्पनी कालोसूचीमा | दसैँको बिदामा घुमफिर गर्न लमजुङका १० गन्तव्य उपयुक्त | नारायणघाट–बुटवल सडकखण्डमा ‘ओभरहेड क्यानोपी ब्रिज’ थपिँदै | भैरहवाबाट अवैध रूपमा भारत लैजाँदै गरिएको फर्सीको बीउ बरामद |

नीति अनुसन्धान प्रतिष्ठान अझै गठन आदेशका भरमा

Ujyalosandeshonline 12455+ समाचार ( )
२४ जेठ २०८१, बिहीबार

काठमाडौं । नीति अनुसन्धान प्रतिष्ठानका कार्यकारी अध्यक्ष प्राडा.लेखनाथ शर्माले प्रतिष्ठान अझै पनि ऐनबाट चल्न नसकेको गुनासो गरेका छन् । 

संसदको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिमा सार्वजनिक नीतिको आवश्यकता, महत्व, कार्यान्वयन अवस्थालगायत विषयहरुका सम्बन्धमा भएको छलफलमा उनले गठन आदेशको भरमा मात्रै यो संस्था चलिरहेको भन्दै प्रतिष्ठानलाई ऐनबाट व्यवस्थित गर्नको लागि समितिले विशेष भूमिका खेल्न आशा राखेको बताए ।   

उनले भने, ‘यो प्रतिष्ठान अहिलेसम्म ऐनबाट संगठित छैन । गठन आदेशको भरमा मात्रै यो संस्था चलिरहेको छ । त्यसले यसको स्थायित्व र सबै हिसाबले कार्य अगाडि बढाउनको लागि त्यो ऐनको व्यवस्था एकदम जरुरी छ । यसको निरन्तरता, क्षमता सबै हिसाबको लागि ऐन आवश्यक छ । यो प्रतिष्ठानलाई ऐनबाट व्यवस्थित गर्नको लागि तपाइहरुले विशेष भूमिका खेल्नु हुन्छ भन्ने आशा पनि राखेको छु ।’ 

प्रतिष्ठानले बलियो र प्रभावकारी नीति बनाउन महत्वपूर्ण भूमिका खेल्ने पनि उनले बताए । उनले भने, ‘नीतिमा विज्ञान, प्रविधि, जनता, सरकार, राष्ट्र अन्तर्राष्ट्रिय यी कुराहरुको संयोजन गरेर एउटा बलियो, प्रभावकारी नीति बनाउनमा यस्तो संस्थाको भूमिका हुन्छ । नीति बनाउने कुरालाई बढावा दिन्छ ।’ 

उनले जनताको माग अनुसार नै नीति निमार्ण गर्ने हो भने त्यसको दुरगामी असर धान्नै नसक्ने हुन सक्छ भन्दै यसमा ध्यान दिन आवश्यक रहेको पनि बताए । 

उनले भने, ‘तत्काल जनताले के कुराको माग गरेको छ त्यसको सम्बोधन हुनुपर्छ भन्ने हिसाबमा नीति हुन्छ र त्यसलाई सम्बोधन गर्ने नीति बनेर कार्यक्रमहरु ल्याएयो भने त्यसको दुर्गामी असर धान्नै नसक्ने हुन सक्छ । त्यसकारण यसमा ध्यान दिन आवश्यक हुन्छ ।’ 

आन्तरिक र बाहिए विषयहरुलाई मिलाएर नीति बनाउन सकेनौ भने नीति त्यती सफल नहुने भन्दै संसारभरकै परिस्थितीको अनुसन्धान पनि आवश्यक भएको पनि उनको भनाई छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार