मुख्य समाचार
मर्चवारमा तीनदिने बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने | मकवानपुरमा डिजेल लोड ट्याङ्कर दुर्घटना : चालक रायमाझीको मृत्यु | राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आज बस्दै | सम्मरीमाईमा रुपन्देही समन्वय समितिको घुम्ती बैठक सम्पन्न | नमुना बोर्डिङमा शान्ति चित्रकला प्रतियोगिता सम्पन्न | युवालाई उद्यमी बनाउने प्रदेश सरकारको योजना छः मुख्यमन्त्री आचार्य | रुपन्देहीमा १८ ग्राम खैरो हेरोइनसहित एक युवक पक्राउ | नेपाल-भारत १०औँ समन्वय बैठक काठमाडौँमा सम्पन्न, सीमा सुरक्षा र प्रविधि प्रयोगमा जोड | परासीमा ट्रकको ठक्करबाट पत्रकार पोख्रेलको निधन | विपद् व्यवस्थापनमा समन्वय र पूर्वतयारी आवश्यक : मुख्यमन्त्री आचार्य |

भैरहवामा सेपाक ताक्रोको डेमो प्रर्दशन

Ujyalosandeshonline 12611+ समाचार ( )
११ फाल्गुन २०८१, आइतबार

भैरहवा । भैरहवामा पहिलो पटक आईतबार सेपाक ताक्रो खेलको नमुना अभ्यास गरिएको छ । भलिवल जस्तो देखिने गोलो डल्लालाई खुट्टाले हिर्काएर खेलिने सेपाक ताक्रो भैरहवाको भानु माध्यमिक विद्यालयमा नमुना अभ्यास गरिएको हो । 

सेपाक ताक्रा संघ रुपन्देहीका आयोजनामा नमुना अभ्यास गरिएको हो । सानो मैदानमा कम जनशक्ति, कम खर्चिलो एवं सरल तवरबाट खेल सञ्चालन गर्न सकिने हुदा यसको सम्भावना राम्रो भएका कारण रुपन्देहीमा पहिलो पटक नमुना अभ्यास गरिएको हो । 

२०६४ सालमा विधिवत रुपमा राष्ट्रिय खेलकूद परिषद्मा यो खेल दर्ता भएको थियो । परिषद्मा सूचिकृत ६१ वटा खेलहरु मध्ये सेपाक ताक्रो पनि एक रहेको नेपाल सेपाक ताक्रो संघका केन्द्रिय अध्यक्ष नेत्र बहादुर गुरुङ्गले जानकारी दिए । यो खेललाई सातौ राष्ट्रिय खेलकुद प्रतियोगितामा समावेस गरिएको छ । मूख्य उद्गम स्थल मलेशिया रहेको यो खेल मलेशिया संगै बु्रनाई, सिङ्गापुर, थाईलैण्ड, म्यानमार, भियतनाम लगायत दक्षिण पूर्वि एशियामा यो खेल खेल्ने गरिएको गुरुङ्गले जानकारी दिभ । “हामी २०६४ साल देखि संघर्ष गर्दै आईरहेको थियौ, अहिले यो राष्ट्रिय तथा अन्र्तराष्ट्रिय खेलहरुमा समावेश भईसकेको छ ।” गुरुङ्गले भने “साउथ एशियन प्रतियोगितामा सहभागी नेपाल, भारत, भुटान, पाकिस्तान, श्रीलंका र बांग्लादेश मध्ये नेपाल दोश्रो स्थान सम्म पुगेको छ ।”

सेपाक ताक्रोलाई नेपाल भरि फैलाउने र यसका खेलाडीहरु उत्पादन गर्ने उद्देश्य सहित जिल्ला जिल्लामा यसको शाखाहरु गठन गरि खेललाई प्रोत्साहन गर्ने काम भईरहेको छ । यसैको लागि संघको केन्द्रिय टोली सहितको सहभागीतामा भैरहवामा डेमा प्रर्दशन गरिएको सेपाक ताक्रो संघ रुपन्देहीका अध्यक्ष बसन्त भट्टराईले जानकारी दिए । उनले यसलाई अब जिल्लाका अन्य विद्यालय हुदै निजि तवररबाट पनि खेलाडी उत्पादनमा जोड दिईने बताए । 

सिद्धार्थनगर नगर पालिका वडा नम्बर ९ का वडा अध्यक्ष शेषकान्त भण्डारीले सानो चौर र थोरै लगानीमा खेल्न सकिने यो खेलले खेलकूदको जगतमा नेपाललाई राम्रो हुन सक्ने सम्भावना रहेको बताए ्। तराईमा खेलिने “चुङ्गी” जस्तै रहेको यो खेल भलिबलको शंशोधित रुप रहेको उनको टिप्पणी थियो । सानो लगानीमै खेलाउन सकिने भएकोले यसलाई पालिकाहरुले अपनत्व लिनुपर्ने उनको धारणा थियो ।

सेपाक ताक्रो संघ रुपन्देहीका अध्यक्ष बसन्त भट्टराईको अध्यक्षता, सचिव फडिन्द्र पौडेलको सञ्चालनमा सम्पन्न भएको कार्यक्रममा भानु माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समिति अध्यक्ष फैज अहमद खाँन, सेपाक ताक्रो संघका केन्द्रिय उपाध्यक्ष गंगा बहादुर गुरुङ्ग, यम गुरुङ्ग, लुम्बिनी प्रदेश अध्यक्ष लोकमणि आत्रेय, गण्डकी प्रदेश अध्यक्ष श्याम बहादुर श्रेष्ठ, अन्र्तराष्ट्रिय प्रशिक्षक मेघराज तोलाङ्गी , वडा नम्बर ९ का वडा सदस्य बसुन्धरा शर्मा पौडे, युवराज बराल लगायत टोल सुधार समितिका पदाधिकारी, विभिन्न विद्यालयहरुको प्राचार्य एवम खेल शिक्षकहरुको सहभागीता रहेको थियो । कार्यक्रममा स्वागत मन्तव्य श्री भानु माध्यमिक विद्यालयका प्राचार्य मोतीलाल सुवेदीको रहेको थियो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार