मुख्य समाचार
‘जघन्य प्रकृतिका अपराधसम्बन्धी अनुसन्धानमा सिआइबीको भूमिका प्रसंशनीय’ | कोटहीमाई गाउँपालिकामा कर्मचारीद्वारा तालाबन्दी: प्रशासनिक कामकाज ठप्प | जिल्ला प्रशासन कार्यालय गुल्मीले वार्षिक प्रगति विवरण सार्वजनिक | नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिदमा साढे २० करोडभन्दा बढी हिनामिना भएको अध्ययन समितिको निष्कर्ष | भैरहवामा ‘यु एस पिज्जा’, स्वदेशी ब्रान्डमार्फत रोजगारी सिर्जनामा जोड | स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ | सार्वजनिक ऋण व्यवस्थापन ऐन संशोधन मस्यौदामा सुझाव माग | जब रामकोटमा पर्यटकलाई झोर्ले भन्दै स्वागत गरिन्छ... | वर्षाका कारण विभिन्न राजमार्ग प्रभावित | नेपाल-कोरिया श्रम सहयोग गोष्ठी सम्पन्न |

दिगो विकास लक्ष्य हासिल गर्न अपाङ्गता भएका व्यक्तिको अपनत्व र नेतृत्व अपरिहार्य रहन्छ : प्रधानमन्त्री

Ujyalosandeshonline 11768+ समाचार ( )
१७ मंगशिर २०८२, बुधवार

काठमाडौं । हरेक वर्ष डिसेम्बर ३ मा मनाइने अपाङ्गता भएका व्यक्तिहरूको अन्तर्राष्ट्रिय दिवसको अवसरमा प्रधानमन्त्री सुशीला कार्कीले देशभरका अपाङ्गता भएका व्यक्तिहरू, अभिभावक, तथा यस क्षेत्रमा सक्रिय सरकारी–गैरसरकारी संस्था र सबै सरोकारवालामध्ये शुभकामना व्यक्त गरेकी छन् ।

प्रधानमन्त्री कार्कीले नेपालको संविधान, अन्तर्राष्ट्रिय सन्धि–महासन्धि तथा विद्यमान कानुनहरूले अपाङ्गता भएका व्यक्तिका आर्थिक, सामाजिक, सांस्कृतिक र राजनैतिक अधिकारलाई मजबुत रूपमा सम्बोधन गरेको बताइन् । उनले अपाङ्गता भएका व्यक्तिको अवस्थाका आधारमा सेवा–सुविधामा प्राथमिकता दिने राज्यको नीति स्पष्ट भएको उल्लेख गरिन् ।

सरकारले शिक्षा, स्वास्थ्य, रोजगारी, सामाजिक सुरक्षा र पुनःस्थापनामा सहज पहुँच सुनिश्चित गर्न काम गरिरहेको बताउँदै उनले दिगो विकास लक्ष्य हासिल गर्न अपाङ्गता भएका व्यक्तिको अपनत्व र नेतृत्व अपरिहार्य रहने टिप्पणी गरेकी छन् ।अपाङ्गता भएका व्यक्तिले भोगिरहेका भौतिक, दृष्टिकोणजन्य, सञ्‍चार तथा कानुनी अवरोध हटाई सहज र सम्मानजनक वातावरण बनाउन तीनै तहका सरकारको संयुक्त प्रयास आवश्यक रहेको उनको भनाइ छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार