मुख्य समाचार
मर्चवारमा तीनदिने बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने | मकवानपुरमा डिजेल लोड ट्याङ्कर दुर्घटना : चालक रायमाझीको मृत्यु | राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आज बस्दै | सम्मरीमाईमा रुपन्देही समन्वय समितिको घुम्ती बैठक सम्पन्न | नमुना बोर्डिङमा शान्ति चित्रकला प्रतियोगिता सम्पन्न | युवालाई उद्यमी बनाउने प्रदेश सरकारको योजना छः मुख्यमन्त्री आचार्य | रुपन्देहीमा १८ ग्राम खैरो हेरोइनसहित एक युवक पक्राउ | नेपाल-भारत १०औँ समन्वय बैठक काठमाडौँमा सम्पन्न, सीमा सुरक्षा र प्रविधि प्रयोगमा जोड | परासीमा ट्रकको ठक्करबाट पत्रकार पोख्रेलको निधन | विपद् व्यवस्थापनमा समन्वय र पूर्वतयारी आवश्यक : मुख्यमन्त्री आचार्य |

दिगो विकास लक्ष्य हासिल गर्न अपाङ्गता भएका व्यक्तिको अपनत्व र नेतृत्व अपरिहार्य रहन्छ : प्रधानमन्त्री

Ujyalosandeshonline 12611+ समाचार ( )
१७ मंगशिर २०८२, बुधवार

काठमाडौं । हरेक वर्ष डिसेम्बर ३ मा मनाइने अपाङ्गता भएका व्यक्तिहरूको अन्तर्राष्ट्रिय दिवसको अवसरमा प्रधानमन्त्री सुशीला कार्कीले देशभरका अपाङ्गता भएका व्यक्तिहरू, अभिभावक, तथा यस क्षेत्रमा सक्रिय सरकारी–गैरसरकारी संस्था र सबै सरोकारवालामध्ये शुभकामना व्यक्त गरेकी छन् ।

प्रधानमन्त्री कार्कीले नेपालको संविधान, अन्तर्राष्ट्रिय सन्धि–महासन्धि तथा विद्यमान कानुनहरूले अपाङ्गता भएका व्यक्तिका आर्थिक, सामाजिक, सांस्कृतिक र राजनैतिक अधिकारलाई मजबुत रूपमा सम्बोधन गरेको बताइन् । उनले अपाङ्गता भएका व्यक्तिको अवस्थाका आधारमा सेवा–सुविधामा प्राथमिकता दिने राज्यको नीति स्पष्ट भएको उल्लेख गरिन् ।

सरकारले शिक्षा, स्वास्थ्य, रोजगारी, सामाजिक सुरक्षा र पुनःस्थापनामा सहज पहुँच सुनिश्चित गर्न काम गरिरहेको बताउँदै उनले दिगो विकास लक्ष्य हासिल गर्न अपाङ्गता भएका व्यक्तिको अपनत्व र नेतृत्व अपरिहार्य रहने टिप्पणी गरेकी छन् ।अपाङ्गता भएका व्यक्तिले भोगिरहेका भौतिक, दृष्टिकोणजन्य, सञ्‍चार तथा कानुनी अवरोध हटाई सहज र सम्मानजनक वातावरण बनाउन तीनै तहका सरकारको संयुक्त प्रयास आवश्यक रहेको उनको भनाइ छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार