मुख्य समाचार
धनुषामा कर्फ्युः हटाइएर निषेधाज्ञा जारी | निर्यात ठप्प हुँदा भद्रपुर भन्सारको राजस्व लक्ष्य प्रभावित | वातावरण संरक्षणका लागि मर्चवारमा ५१ वटा बिरुवा रोपण | सुनसरीमा कर्फ्यु हटाइयो, निषेधाज्ञा यथावत् | जग्गा बकसपत्रमा घुस लिने तीन नासु र दुई लेखापढी व्यवसायी अख्तियारको नियन्त्रणमा | दुबईस्थित नेपालको महावाणिज्यदूतावास -छलफल | धनुषा र सिरहा कर्फ्युः बिहान ५ः०० देखि १०ः०० बजेसम्म अत्यावश्यक सामग्री खरिद गर्न पाइने | नारायणी नदीमा फसेका दुई जनाको सकुशल उद्धार, एक बेपत्ता | चार प्रदेशका पहाडी क्षेत्रमा आज भारी वर्षाको सम्भावना | गणेश यादवका परिवारसँग आठबुँदे सहमति भयोः गृहमन्त्री गुरुङ |

भैरहवामा ‘भैरहवा कार्निभल–२०८२’ हुने, आम्दानी अनाथ बालबालिकालाई

Ujyalosandeshonline 11874+ समाचार ( )
११ श्रावण २०८२, शनिबार

भैरहवा । अनाथ तथा विपन्न बालबालिकाको सहयोगार्थ आर्थिक सहयोग जुटाउने उद्देश्यले साउनको दोस्रो हप्ता भैरहवामा ‘भैरहवा कार्निभल–२०८२’ आयोजना हुने भएको छ। प्लाटिनम इभेन्ट्स प्रालि र गृहलक्ष्मी समूहको संयुक्त आयोजनामा हुने यो कार्यक्रम साउन १५, १६ र १७ गते भैरहवास्थित महेन्द्र सभागृहको खुल्ला परिसरमा सञ्चालन हुनेछ।

आयोजकका अनुसार, कार्निभलमा बृहत् नृत्य प्रतियोगिता र खाना महोत्सव मुख्य आकर्षणका रूपमा रहनेछन् । नृत्य प्रतियोगितामा भैरहवा र आसपासका क्षेत्रबाट करिब २ सय जना प्रतियोगी सहभागी हुने अनुमान छ। प्रतियोगिता जुनियर (५ देखि १५ वर्ष) र सिनियर (१६ वर्षमाथि) गरी दुई समूहमा हुनेछ। प्रतियोगिताको पहिलो अडिसन सुरु भइसकेको छ भने क्वार्टर फाइनल, सेमिफाइनल र फाइनल क्रमशः साउन १५, १६ र १७ गते हुनेछ।

प्रतियोगितामा जुनियरतर्फ प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः २५, १५ र १० हजार रुपैयाँ पुरस्कार पाउनेछन्। सिनियरतर्फ भने प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः ३०, २० र १० हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ। प्रतियोगीको छनोट पूर्ण रूपमा निर्णायकको निर्णयमा आधारित हुने र भोटिङ प्रणाली समावेश नगरिने आयोजकले जनाएको छ। निर्णायकमा कलाकारहरू शुभम शुक्ला, वीरेन्द्र कुँवर, पुनम थापा र फाइनलमा सुजन मार्फा रहनेछन्।

कार्निभलमा विभिन्न परिकारका ३० वटा खानाका स्टल पनि रहनेछन्। कार्यक्रम हरेक दिन दिउँसो साढे ४ बजेदेखि राति १० बजेसम्म सञ्चालन हुनेछ। तीनै दिनका लागि प्रतिव्यक्ति ५ सय रुपैयाँको टिकट शुल्क तोकिएको छ। कार्यक्रमबाट बचत भएको सम्पूर्ण रकम आर्थिक अभावमा परेका बालबालिकाको सहयोगमा खर्च गरिने प्लाटिनम इभेन्ट्सका सञ्चालक ओजश शर्माले बताए।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै