मुख्य समाचार
मर्चवारमा तीनदिने बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने | मकवानपुरमा डिजेल लोड ट्याङ्कर दुर्घटना : चालक रायमाझीको मृत्यु | राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आज बस्दै | सम्मरीमाईमा रुपन्देही समन्वय समितिको घुम्ती बैठक सम्पन्न | नमुना बोर्डिङमा शान्ति चित्रकला प्रतियोगिता सम्पन्न | युवालाई उद्यमी बनाउने प्रदेश सरकारको योजना छः मुख्यमन्त्री आचार्य | रुपन्देहीमा १८ ग्राम खैरो हेरोइनसहित एक युवक पक्राउ | नेपाल-भारत १०औँ समन्वय बैठक काठमाडौँमा सम्पन्न, सीमा सुरक्षा र प्रविधि प्रयोगमा जोड | परासीमा ट्रकको ठक्करबाट पत्रकार पोख्रेलको निधन | विपद् व्यवस्थापनमा समन्वय र पूर्वतयारी आवश्यक : मुख्यमन्त्री आचार्य |

भैरहवामा ‘भैरहवा कार्निभल–२०८२’ हुने, आम्दानी अनाथ बालबालिकालाई

Ujyalosandeshonline 12611+ समाचार ( )
११ श्रावण २०८२, शनिबार

भैरहवा । अनाथ तथा विपन्न बालबालिकाको सहयोगार्थ आर्थिक सहयोग जुटाउने उद्देश्यले साउनको दोस्रो हप्ता भैरहवामा ‘भैरहवा कार्निभल–२०८२’ आयोजना हुने भएको छ। प्लाटिनम इभेन्ट्स प्रालि र गृहलक्ष्मी समूहको संयुक्त आयोजनामा हुने यो कार्यक्रम साउन १५, १६ र १७ गते भैरहवास्थित महेन्द्र सभागृहको खुल्ला परिसरमा सञ्चालन हुनेछ।

आयोजकका अनुसार, कार्निभलमा बृहत् नृत्य प्रतियोगिता र खाना महोत्सव मुख्य आकर्षणका रूपमा रहनेछन् । नृत्य प्रतियोगितामा भैरहवा र आसपासका क्षेत्रबाट करिब २ सय जना प्रतियोगी सहभागी हुने अनुमान छ। प्रतियोगिता जुनियर (५ देखि १५ वर्ष) र सिनियर (१६ वर्षमाथि) गरी दुई समूहमा हुनेछ। प्रतियोगिताको पहिलो अडिसन सुरु भइसकेको छ भने क्वार्टर फाइनल, सेमिफाइनल र फाइनल क्रमशः साउन १५, १६ र १७ गते हुनेछ।

प्रतियोगितामा जुनियरतर्फ प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः २५, १५ र १० हजार रुपैयाँ पुरस्कार पाउनेछन्। सिनियरतर्फ भने प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः ३०, २० र १० हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ। प्रतियोगीको छनोट पूर्ण रूपमा निर्णायकको निर्णयमा आधारित हुने र भोटिङ प्रणाली समावेश नगरिने आयोजकले जनाएको छ। निर्णायकमा कलाकारहरू शुभम शुक्ला, वीरेन्द्र कुँवर, पुनम थापा र फाइनलमा सुजन मार्फा रहनेछन्।

कार्निभलमा विभिन्न परिकारका ३० वटा खानाका स्टल पनि रहनेछन्। कार्यक्रम हरेक दिन दिउँसो साढे ४ बजेदेखि राति १० बजेसम्म सञ्चालन हुनेछ। तीनै दिनका लागि प्रतिव्यक्ति ५ सय रुपैयाँको टिकट शुल्क तोकिएको छ। कार्यक्रमबाट बचत भएको सम्पूर्ण रकम आर्थिक अभावमा परेका बालबालिकाको सहयोगमा खर्च गरिने प्लाटिनम इभेन्ट्सका सञ्चालक ओजश शर्माले बताए।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार