मुख्य समाचार
वर्तमान सरकारले सबै क्षेत्रमा निराशा मात्रै फैलायो : अध्यक्ष उपेन्द्र यादव | जुबेदा खातुन हत्या प्रकरण: दोषीमाथि कडा कारबाही गर्न पूर्व सांसद यादवद्वारा माग | त्रिदेवी बचत तथा ऋण सहकारीको १५ औँ वार्षिक साधारणसभा सम्पन्न | मर्चवारमा तीनदिने बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने | मकवानपुरमा डिजेल लोड ट्याङ्कर दुर्घटना : चालक रायमाझीको मृत्यु | राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आज बस्दै | सम्मरीमाईमा रुपन्देही समन्वय समितिको घुम्ती बैठक सम्पन्न | नमुना बोर्डिङमा शान्ति चित्रकला प्रतियोगिता सम्पन्न | युवालाई उद्यमी बनाउने प्रदेश सरकारको योजना छः मुख्यमन्त्री आचार्य | रुपन्देहीमा १८ ग्राम खैरो हेरोइनसहित एक युवक पक्राउ |

संविधान संशोधन एमाले–कांग्रेसको मात्रै मुद्दा होइन : शेखर कोइराला

Ujyalosandeshonline 12614+ समाचार ( )
१७ माघ २०८१, बिहीबार

विराटनगर । नेपाली कांग्रसका केन्द्रीय सदस्य डा.शेखर कोइरालाले संविधानमा प्राप्त उपलब्धिलाई संरक्षण गर्दै संविधान संशोधन जरुरी रहेको बताएका छन् । विहीबार नेपाल नेपाली कांग्रेसको पेशागत तथा बुद्धिजीवि बिभाग र डेमोक्याटिक लयर्स यसोसियसनले संयुक्त आयोजनामा भएको ‘संविधान संसोधन, आवश्यक्ता र चुनौती’ विषयक कोशी प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रमा बोल्दै कोइरालाले यस्तो बताएका हुन् ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका कोइरालाले भने, ‘प्रतिनिधि सभामा भएका सिटमध्ये महिलाको सिट ३३ प्रतिशत चुनाव लड्ने सुरक्षित गरौं । जहाँ महिला महिला नै लड्ने बातावरण नबनाऔं । दलितलाई पनि चुनाव लड्ने वातावरण बनाऔं ।’ कोइरालाले सरकारले गर्ने हरेक गलत कुराको समर्थन गर्न नसकिने बताए । 

नेता कोइरालाले संविधान निर्माणका बेला आफूले संविधान सभामा राखेको संशोधनको प्रस्तावका बारेमा सम्झिदै भने,‘त्यो वेला संविधान यथास्थितिमा हुन सक्दैन भनेर नै संशोधन हालिएको थियो । त्यहाँ त मार्सल लगाएर बाहिर निकालिएको अबस्था थियो ।’ 

नेता कोइरालाले संविधान संशोधन सबैको सहमतीमा हुनुपर्ने कुरालाई जोड दिएका छन् । ‘यहाँ केपी ओलीजी वहूमत नपुग्ने देखेर ०८७ सालमा मात्रै हुने कुरा गर्दै हिड्नुभएको छ । तर संविधान कांग्रेसको मात्रै हो र ? एमालेको मात्रै हो र ? त्यसकारण सबैलाई समेटेर अगाडि बढ्नुपर्छ ।’डा. कोइरालाले न्याय परिषदमा भागवण्डाको कुराले न्यायपालिका जर्जर भएको उल्लेख गरे । ‘यहाँ न्यायाधीश कसको कोटाबाट पर्यो भन्ने अवस्था थियो । न्यायपालिका स्वतन्त्र हुनुपर्यो,’उनले भने । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार