मुख्य समाचार
‘ट्राफिक प्रहरीको उद्देश्य सवारी दुर्घटना कम गर्नु हो, जरिवाना लिनु होइन’ | कालीगण्डकीमा पानीको बहाव बढ्यो, सतर्कता अपनाउन आग्रह | मेडिकल व्यवसायी प्रसाईं थुनामुक्त | धार्मिक पर्यटकलाई लोभ्याउँदै सिसमहल | आगामी तीन दिन केही स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता रहन आग्रह | नारायणगढ–मुग्लिन सडक सञ्चालन | रुपन्देहीमा तस्करीविरुद्ध सशस्त्र प्रहरीको कडाइ, १० लाख बढीका सामान नियन्त्रणमा | भरतपुर अस्पतालमा प्रसूति शय्या अभाव, सुत्केरी सेवा ‘म्याट्रेस’ मा | बजेट कार्यान्वयनमा लुम्बिनी सरकारको ५२ बुँदे मार्गदर्शन जारी, असारमा गोष्ठी–सेमिनार गर्न रोक | शिवालयमा दर्शनार्थीको घुइँचो |

संविधान संशोधन एमाले–कांग्रेसको मात्रै मुद्दा होइन : शेखर कोइराला

Ujyalosandeshonline 11907+ समाचार ( )
१७ माघ २०८१, बिहीबार

विराटनगर । नेपाली कांग्रसका केन्द्रीय सदस्य डा.शेखर कोइरालाले संविधानमा प्राप्त उपलब्धिलाई संरक्षण गर्दै संविधान संशोधन जरुरी रहेको बताएका छन् । विहीबार नेपाल नेपाली कांग्रेसको पेशागत तथा बुद्धिजीवि बिभाग र डेमोक्याटिक लयर्स यसोसियसनले संयुक्त आयोजनामा भएको ‘संविधान संसोधन, आवश्यक्ता र चुनौती’ विषयक कोशी प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रमा बोल्दै कोइरालाले यस्तो बताएका हुन् ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका कोइरालाले भने, ‘प्रतिनिधि सभामा भएका सिटमध्ये महिलाको सिट ३३ प्रतिशत चुनाव लड्ने सुरक्षित गरौं । जहाँ महिला महिला नै लड्ने बातावरण नबनाऔं । दलितलाई पनि चुनाव लड्ने वातावरण बनाऔं ।’ कोइरालाले सरकारले गर्ने हरेक गलत कुराको समर्थन गर्न नसकिने बताए । 

नेता कोइरालाले संविधान निर्माणका बेला आफूले संविधान सभामा राखेको संशोधनको प्रस्तावका बारेमा सम्झिदै भने,‘त्यो वेला संविधान यथास्थितिमा हुन सक्दैन भनेर नै संशोधन हालिएको थियो । त्यहाँ त मार्सल लगाएर बाहिर निकालिएको अबस्था थियो ।’ 

नेता कोइरालाले संविधान संशोधन सबैको सहमतीमा हुनुपर्ने कुरालाई जोड दिएका छन् । ‘यहाँ केपी ओलीजी वहूमत नपुग्ने देखेर ०८७ सालमा मात्रै हुने कुरा गर्दै हिड्नुभएको छ । तर संविधान कांग्रेसको मात्रै हो र ? एमालेको मात्रै हो र ? त्यसकारण सबैलाई समेटेर अगाडि बढ्नुपर्छ ।’डा. कोइरालाले न्याय परिषदमा भागवण्डाको कुराले न्यायपालिका जर्जर भएको उल्लेख गरे । ‘यहाँ न्यायाधीश कसको कोटाबाट पर्यो भन्ने अवस्था थियो । न्यायपालिका स्वतन्त्र हुनुपर्यो,’उनले भने । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार