वडा नम्बर ९ का जेष्ठ नागरिकलाई वडाको सम्मान

Ujyalosandeshonline 11142+ समाचार ( )
१४ माघ २०८०, आइतबार

भैरहवा । सिद्धार्थनगर नगरपालिका वडा नम्बर ९ ले आफ्नो वडामा बसोबास गर्ने जेष्ठ नागरिक तथा पूर्ण अपाङ्गता भएका ब्यक्तिहरुलाई सम्मान गरेको छ । आईतबार एक कार्यक्रमका बिच सिद्धार्थनगर नगरपालिकाका प्रमुख र उप–प्रमुखले उनिहरुलाई सम्मान गरेका हुन् ।

वडाका ६४ जना जेष्ठ नागरिक तथा १३ जना पूर्ण अपाङ्गता भएका ब्यक्तिहरुलाई न्यानो कपडा समेत प्रदान गरिएको वडा नम्बर ९ का सचिव अब्दुल रसिद पठाले बताए । 

कार्यक्रममा बोल्दै सिद्धार्थनगर नगरपालिकाका प्रमुख ईस्तियाक अहमद खाँनले सबैलाई दान दिन प्रेरित गरे । “आफुले कमाएको अंशबाट केही भाग दान दिनुपर्छ, यसले पूण्यको भागी भईन्छ ।” उनले भने “अशक्त, अपाङ्ग एवम जेष्ठ नागरिकलाई सम्मान गर्नु भनेको महापूण्यको काम हो ।”

सिद्धार्थनगर नगरपालिका यस्ता सामाजिक काममा अगाडी बढेको प्रमुख खाँनले भने । जाडोलाई मध्यनजर गरि बिभिन्न वडाहरुमा यस्ता कार्यक्रमहरुलाई अगाडी बढाईएकाउ उनको जिकिर थियो । 

यस्तै सोही कार्यक्रममा उप–प्रमुख उमा अधिकारीले वडा नम्बर ९ सम्पूर्ण नगरमै नमूना काम गरेको भन्दै पं्रशसा गरिन । उनले वडा नम्बर ९ का टोल सुधार समितिहरुले उत्कृष्ट काम गरेको बताउदै यसको सिको अन्य वडाहरुले पनि गर्नुपर्ने बताईन । 

वडा नम्बर ९ का कार्यवाहक वडाअध्यक्ष बसन्त भट्टराईको अध्यक्षतामा सम्पन्न सम्मान कार्यक्रममा नगरका सामाजिक विकास समिति संयोजक एवम वडा नम्बर १२ का वडा अध्यक्ष कुमार गुरुङ्ग, वडा सदस्यहरु युवराज बराल, बसुन्धरा शर्मा, सविता हरिजन, बिभिन्न टोल सुधार समितिका पदाधिकारीहरुको उपस्थिति रहेको थियो । 


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार