मुख्य समाचार
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक | सरकारी अस्पतालको ओपीडीमा फेरि आइतबार बिदा, आकस्मिक सेवा २४ सै घण्टा खुला रहने | पाल्हीनन्दन गाउँपालिकामा स्वास्थ्य कार्यक्रमको अर्धवार्षिक समीक्षा सम्पन्न | सिद्धार्थनगरमा सडकको हाटबजार भवनमा सर्‍यो, १२ करोडको पूर्वाधार सञ्चालनमा | रुपन्देहीमा एकै महिनामा २० जनाद्वारा आत्महत्या, युवा र पुरुषको संख्या उच्च | रुपन्देहीमा नक्कली नेपाली नोटसहित चार जना पक्राउ | मूल्यवृद्धिका कारण निर्माण क्षेत्र ठप्प, ‘निर्माण आपतकाल’ घोषणा गर्न व्यवसायीको माग | बुटवलमा ‘रैथाने सीप, कला र उत्पादन प्रदर्शनी’ हुने, ५५ स्टल रहने |

मधेश प्रदेश सरकारद्वारा छोरी शिक्षा बीमा कार्यक्रमका लागि प्रस्ताव पत्र आह्वान

Ujyalosandeshonline 11003+ समाचार ( )
१२ चैत्र २०८१, बुधवार

जनकपुर । मधेश प्रदेश सरकारले ‘मुख्यमन्त्री बेटी पढाऊ, बेटी बचाऊ’ अभियानअन्तर्गत छोरी शिक्षा बीमा कार्यक्रमका लागि वाणिज्य बैंक र बीमा कम्पनीहरूलाई शिलबन्दी प्रस्ताव पत्र पेश गर्न आह्वान गरेको छ । शिक्षा विकास निर्देशनालय जनकपुरधामद्वारा जारी सूचनाअनुसार २०७८ माघ १ पछि जन्मिएका र १ वर्षभित्र बीमा कार्यक्रमका लागि प्रक्रिया पूरा गरेका छोरीहरूलाई २० वर्ष पुगिसकेपछि एकमुष्ट ३ लाख रुपैयाँ भुक्तानी गरिने व्यवस्था रहेको छ । 

यसका लागि बीमा कम्पनी वा ’क’ वर्गका वाणिज्य बैंकहरूले १५ दिनभित्र प्रिमियम दर तथा अन्य शर्तहरूसहितको प्रस्ताव पेश गर्नुपर्नेछ । उक्त प्रस्तावको आधारमा न्यूनतम प्रिमियम र थप सुविधाहरू उपलब्ध गराउने सेवाप्रदायकलाई छनोट गरिने निर्देशनालयले जनाएको छ ।

स्वीकृत प्रस्ताव अनुसार छोरीको नाममा एकमुष्ट रकम बैंकमा जम्मा गरिनेछ । बैंकले छोरीको २० वर्ष पूरा भएपछि एकमुष्ट ३ लाख रुपैयाँ भुक्तानी गर्नुपर्नेछ । प्रस्ताव स्वीकृत भएपछि पहिलो सम्झौता दुई वर्षको लागि हुनेछ । सम्झौतासँगै सेवा निरन्तरता दिन बैंक वा बीमा कम्पनीले चाहेको खण्डमा पुनः सम्झौता नवीकरण हुनेछ । सम्झौता भंग गर्ने अधिकार भने नरहने बताइएको छ ।

निर्देशनालयले छोरीको विवरण एकीन गरी पठाएपछि छोरीको नाममा खाता खोली रकम जम्मा गरिनेछ । सोको निस्सा अभिभावकलाई उपलब्ध गराइनेछ । त्यसपछि न्यूनतम प्रिमियम रकम र थप सुविधा प्रस्ताव गर्ने सेवाप्रदायकलाई छनोट गरिनेछ ।

मधेश प्रदेश सरकारले यस कार्यक्रमलाई आफ्नो गौरवको योजना मानेको छ । ‘मुख्यमन्त्री बेटी पढाऊ, बेटी बचाऊ’ अभियानअन्तर्गत छोरी शिक्षा बीमा कार्यक्रमले छोरीहरूको भविष्यलाई सुरक्षित राख्दै शिक्षा प्राप्तिमा सहयोग पुर्याउने उद्देश्य राखेको छ । बीमा कार्यक्रममा सहभागी छोरीहरूलाई २० वर्षको उमेरमा प्रदान गरिने एकमुष्ट भुक्तानीले उनीहरूको शिक्षा, स्वास्थ्य र अन्य आवश्यकताहरूमा महत्त्वपूर्ण सहयोग पुग्ने विश्वास प्रदेश सरकारको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार