अग्नी पिडीतसंग पालिकाका पूर्व अध्यक्ष शुक्ला

जैसमोहम्मद खान 73+ समाचार ( )
८ वैशाख २०८१, शनिबार

मर्चवार । सम्मरीमाई गाउँपालिका वडा नम्बर १ अग्नी पिडितको घरमा सम्मरीमाई गाँउपालिकाका निर्वतमान अध्यक्ष जितेन्द्रनाथ शुक्ल (बब्लु) पुगेका छन् । 

वडा नम्बर १ का अग्नी पिडीत १२ जनालाई उनले जनही ३ हजार रुपैयाका दरले आर्थिक सहयोग पनि गरेका छन् । वडा नम्बर १ मुडिलाका महेन्द्र लोध, राजु लोध, शैलेन्द्र लोध, राम अचल लोध, डेवा लोध, कोलई लोध, बर्साती चमार, तहसिल धुनिया, दयाराम पासी, रामनाथ लोध, टासे लोध र राजु हरिजनको परिवारलाई शुक्लले आर्थिक सहयोग गरेका हुन् । 

बैशाख ७ गते सम्मरीमाई गाउँपालिका वडा नम्बर १ र २ मा आगलागी भएको थियो । आगलागीबाट स्थानियहरुको कच्ची घरको साथै अन्न, लत्ता कपडा लगायतका समान पनि जलेका थिए । निर्वतमान पालिका अध्यक्ष शुक्लले अग्नी पिडितहरुलाई राज्य स्तरबाटै क्षतिपूर्ति भराउन प्रयास गर्ने बताए । उनले पिडितहरुको तत्काल राहतको लागि आर्थिक सहयोग प्रदान गरेको बताए । 


प्रतिक्रिया

सम्बन्धित समाचार