मुख्य समाचार
‘जघन्य प्रकृतिका अपराधसम्बन्धी अनुसन्धानमा सिआइबीको भूमिका प्रसंशनीय’ | कोटहीमाई गाउँपालिकामा कर्मचारीद्वारा तालाबन्दी: प्रशासनिक कामकाज ठप्प | जिल्ला प्रशासन कार्यालय गुल्मीले वार्षिक प्रगति विवरण सार्वजनिक | नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिदमा साढे २० करोडभन्दा बढी हिनामिना भएको अध्ययन समितिको निष्कर्ष | भैरहवामा ‘यु एस पिज्जा’, स्वदेशी ब्रान्डमार्फत रोजगारी सिर्जनामा जोड | स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ | सार्वजनिक ऋण व्यवस्थापन ऐन संशोधन मस्यौदामा सुझाव माग | जब रामकोटमा पर्यटकलाई झोर्ले भन्दै स्वागत गरिन्छ... | वर्षाका कारण विभिन्न राजमार्ग प्रभावित | नेपाल-कोरिया श्रम सहयोग गोष्ठी सम्पन्न |

राइट टु प्रोटिन रन हाफ म्याराथन’ को चौथो संस्करण माघ १२ गते

Ujyalosandeshonline 11768+ समाचार ( )
१० माघ २०८१, बिहीबार

काठमाडौं ।  नेपाल भेटेरिनरी एशोसिएसनले माघ १२ गते शनिबारका दिन ‘राइट टु प्रोटिन रन हाफ म्याराथन’ (चौथो संस्करण) को आयोजना गरेको छ । एशोसिएसनले पत्रकार सम्मेलन गर्दै  ‘राइट टु प्रोटिन रन हाफ म्याराथन’ माघ १२ गते विहान ६ः३० बजे दशरथ रंगशालाबाट सुरु भई सोही स्थानमा आई दौड कार्यक्रम समापन हुने जनाएको हो ।

कार्यक्रममा विभिन्न विधामा ८००० भन्दा बढी व्यतिहरुले सहभागीताको लागि रजिष्ट्रेशन गरेका छन् । प्रोटिन माथिको अधिकारको मर्मलाई आत्मसाथ गर्दै राष्ट्र निर्माणका आधार एबम अमूल्य सम्पतिका रुपमा रहेका नागरिकहरुलाई स्वस्थ राखी राष्ट्रिय प्रतिष्ठा अभिवृद्धि एवं राष्ट्रिय एकता कायम खाद्य सुरक्षाको हक सुनिश्चित र दिगो विकासका लक्ष्यहरु प्राप्त गर्न प्रोटिनजन्य पदार्थमा पहुँच बढाउनको लागि जनचेतना फैलाउने उद्देश्यले आयोजना गरेको जनाएको छ ।

सहभागीता र पुरस्कार राशीका हिसाबमा नेपालकै सब भन्दा ठुलो प्रतियोगिता रहने यो म्याराथन विगत ३ बर्ष देखि आयोजना  गरिँदै आएको  छ । गत वर्षको हाफ म्याराथनमा महिलातर्फ सन्तोषी श्रेष्ठ र पुरुषतर्फ दिपक अधिकारी प्रथम भएका थिए । यस प्रतियोगितामा हाफ म्याराथन पुरुष तथा महिला, पुरुष १० किमि, महिला ५ किमि, १२ कक्षा सम्मका विद्यार्थीहरुलाई ५ किमि (पुरुष) र ३ कि मी (महिला), फरक क्षमता भएका व्यतिहरुको लागि ह्विलचेयर , पुरुष तथा महिला र बालबालिकाहरुको लागि “च्गल ायच ँगल“ विधाका दौडहरु समावेश गरिएका छन् ।

यस कार्यक्रमको जम्मा पुरस्कार राशी कर सहित रु १७,६३,३३३.३३ रहेको छ । हाफ म्याराथनमा प्रथम पुरस्कार रु एक लाख पचास हजार रहेको छ भने पाँचौं स्थान सम्म प्राप्त गर्नेलाई पुरस्कारको व्यवस्था गरिएको छ । भाग लिएको विधामा दौड पुरा गर्ने प्रतियोगीहरुलाई टिसर्ट, खाजा तथा मेडलको व्यवस्था समेत रहेको छ । यस प्रतियोगितामा खेलाडीहरुको सुबिधाको लागि रुटका विभिन्न स्थानहरुमा पानी, प्राथमिक उपचार र आकस्मिक सेवाको लागि एम्बुलेन्सहरूको व्यवस्था गरिएको छ । 

प्रतियोगिताको व्यवस्थापनको लागि ५०० जना स्वयं सेवकहरु परिचालन गरिने छ । नेपाल एथलेटिक एशोसिएसनको मान्यता एवं प्राबिधिक सहयोगमा संचालन हुने यस प्रतियोगितालाई युनाइटेड स्टेड सोयाबीन एक्सपोर्ट काउन्सिल युएसएसइसीको मुख्य प्रायोजन, पशु सेवा बिभाग र नेपाल दाना उद्योग संघको बिशेष सहयोग रहेको छ । साथै कार्यक्रमको हस्पिटल पार्टनर प्राइमरा अस्पताल, टिकेटिङ पार्टनर इसेवा र  फुड पार्टनर केबी एग्रो र हस्पीटालिटी पार्टनर होटल काठमाडौं मेरियट होटल र फेयरफिल्ड मेरियट रहेका छन् । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार