मुख्य समाचार
अवैध लागुऔषध ब्राउनसुगरसहित युवक पक्राउ | नवलपुरका स्थानीय तहलाई करिब चार अर्ब अनुदान | सेवा सहजीकरणमा युवा परिचालन गर्न तयार भयो कार्यविधिको मस्यौदा | नागरिक केन्द्रित सेवा प्रवाहलाई प्राथमिकतामा राखी काम गर्न प्रहरी महानिरीक्षक कार्कीद्वारा निर्देशन | लुम्बिनी प्रदेश प्रहरीद्वारा शान्ति, सुरक्षाका पक्षमा तीनदिने कार्यक्रम सार्वजनिक | कांग्रेस क्रियाशील सदस्यता वितरणको म्याथ थपियो | पर्यटकीय सुन्तलेमा लिफ्ट खानेपानी आयोजना सञ्चालन | विश्वकप फुटबल आजदेखि, मेक्सिकोमा उद्घाटन खेल हुने | पोखरा–दुबई सिधा उडानः टिकट बुकिङ खुला | लुम्बिनी प्रदेश प्रहरीको विशेष ‘अपरेसन’, सुशासनका पक्षमा सहयोग |

भैरहवा भन्सारबाट ७ महिनामा ५३ अर्ब बढी राजस्व सङ्कलन

Ujyalosandeshonline 11521+ समाचार ( )
२४ फाल्गुन २०८१, शनिबार

भैरहवा । भैरहवा भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८१/८२ को सात महिनामा ५३ अर्ब १७ करोड रुपैयाँ राजस्व संकलन गरेको छ । गत वर्षको सोही अवधिको तुलनामा यो १६.७७ प्रतिशत बढी हो । भन्सार कार्यालय प्रमुख रामप्रसाद रेग्मीका अनुसार गत वर्षको यही अवधिमा ४५ अर्ब ५४ करोड रुपैयाँ राजस्व संकलन भएको थियो । तर, अहिले चालु वर्षको ७ महिनामा वार्षिक लक्ष्यको ४८.६४ प्रतिशत राजस्व असुली भएको र मासिक लक्ष्य पनि औसतमा ८५ प्रतिशतमाथी रहेको छ ।

भैरहवा भन्सार कार्यालयलाई भन्सार विभागले दिएको लक्ष्य अनुरूप कार्यालयले साउनमा ८३.५३ प्रतिशत, भदौमा ९०.०५, असोजमा १००.३९, कात्तिकमा ८३.१७, मंसिरमा ८२.१७, पुसमा ८०.६२ र माघमा ८५.८१ प्रतिशत राजस्व संकलन गरेको छ। भैरहवा भन्सारले कोरोना संक्रमण प्रकोप रहेको २ वर्षसम्म पनि लक्ष्य अनुरुप राजस्व संकलन गर्दै आएको थियो ।

तर, त्यसपछि देशमा आर्थिक संकुचन र बजार चलायमान हुन नसक्दा कार्यालयबाट गत तीन वर्षदेखि लगातार भन्सार कार्यालयबाट आयात निर्यातमार्फत हुने व्यापारबाट राजस्व संकलन कम रहेकोमा चालु आर्थिक वर्षको साउनदेखि लक्ष्य अनुसार राजस्व संकलन नभए पनि मासिक लक्ष्यको ८५ प्रतिशतको हाराहारीमा संकलन गरी सुधारोन्मुख अवस्थामा आएको रेग्मीले बताए ।

भन्सारको राजस्व संकलन समग्र देशको भन्सार राजस्व संकलनको लक्ष्य भन्दा राम्रो रहेको छ। बाँकी पाँच महिनामा लक्ष्य अनुसार राजस्व संकलन गरी विभागले दिएको जिम्मेवारी पुरा गर्ने रेग्मीले बताए। कार्यालयले चालु आव २०८१/८२ का लागि एक खर्ब नौ अर्ब ३३ करोड रुपैयाँ राजस्व संकलनको लक्ष्य पाएको छ।

भैरहवा भन्सार कार्यालयले आर्थिक वर्ष २०८०/८१ मा लक्ष्यको ६३.२४ प्रतिशत संकलन गरेको थियो। भन्सार कार्यालयका अनुसार यस नाकाबाट भित्रिने मुख्य १० वस्तुमा मोटरसाइकल, जिप, कार र भ्यान, पेट्रोल, मोबाइल, टेलिफोन, इलेक्ट्रिक कार, जिप, भ्यान, एम एस विलेट, टायल, डिजेल, मार्बल स्ल्याव, एलपी ग्यास रहेको छ। चालु वर्षको सात महिनामा सबै भन्दा बढी राजस्व मोटरसाइकलबाट १० अर्ब पाँच करोड असुली भएको छ ।

त्यस्तै ५ अर्ब ७५ करोड रुपैयाँ इन्धनबाट चल्ने जीप कार र भ्यानहरुबाट, दुई अर्ब १५ करोड पेट्रोलबाट, एक अर्ब ३४ करोड विद्युतिय जीप कार र भ्यानहरुबाट, शुद्ध फलामबाट एक अर्ब ९५ करोड, इन्धनबाट चल्ने डबल पीकअप गाडीबाट एक अर्ब १७ करोड, सेलफोनबाट एक अर्ब ३ करोड, चकलेटबाट एक अर्ब ५२ लाख, एम.एस. विलेटबाट ८१ करोड ९२ लाख तथा टायलबाट ८१ करोड ३७ लाख रुपैयाँ राजस्व संकलन भएको कार्यालयले

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार