मुख्य समाचार
सभापति लामिछाने र भारतीय विदेशमन्त्री जयशङ्करबीच भेटवार्ता | सभापति लामिछाने र भारतीय गृहमन्त्री शाहबीच भेट हुँदै | पर्सा जिल्ला अदालतद्वारा वीरगञ्ज प्रमुख सिंहलाई धरौटीमा रिहा गर्न आदेश | सभापति लामिछाने र अध्यक्ष नवीनबीच भेटवार्ता : राजनीतिमा ‘जेन–जेड’ पुस्ताको बढ्दो भूमिकाबारे छलफल | पर्वतमा जिप दुर्घटना हुँदा एकको मृत्यु, दुई घाइते | सुदूरपश्चिम प्रदेश गौरवका आयोजना आगामी आवमा सम्पन्न हुने गरी बजेट विनियोजन गरिने | हिमालय एयरलाइन्सले काठमाडौँ–शेन्जेन सिधा उडान सुरु गर्दै | तीन करोडको सुनसहित व्यापारी अग्रवाल पक्राउ | सभापति लामिछानेलाई भाजपाका महासचिव सिंहद्वारा स्वागत | कन्याममा पर्यटक |
मुख्य समाचार
सभापति लामिछाने र भारतीय विदेशमन्त्री जयशङ्करबीच भेटवार्ता | सभापति लामिछाने र भारतीय गृहमन्त्री शाहबीच भेट हुँदै | पर्सा जिल्ला अदालतद्वारा वीरगञ्ज प्रमुख सिंहलाई धरौटीमा रिहा गर्न आदेश | सभापति लामिछाने र अध्यक्ष नवीनबीच भेटवार्ता : राजनीतिमा ‘जेन–जेड’ पुस्ताको बढ्दो भूमिकाबारे छलफल | पर्वतमा जिप दुर्घटना हुँदा एकको मृत्यु, दुई घाइते | सुदूरपश्चिम प्रदेश गौरवका आयोजना आगामी आवमा सम्पन्न हुने गरी बजेट विनियोजन गरिने | हिमालय एयरलाइन्सले काठमाडौँ–शेन्जेन सिधा उडान सुरु गर्दै | तीन करोडको सुनसहित व्यापारी अग्रवाल पक्राउ | सभापति लामिछानेलाई भाजपाका महासचिव सिंहद्वारा स्वागत | कन्याममा पर्यटक |


राष्ट्रिय साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता महासंघमा नयाँ नेतृत्व

Ujyalosandeshonline 11437+ समाचार ( )
२६ मंगशिर २०८१, बुधवार

काठमाडौं । राष्ट्रिय साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ नेपालको अध्यक्षमा खेमराज वली निर्विरोध चयन भएका छन् । 

खानेपानी मन्त्री प्रदीप यादको प्रमुख आतिथ्यमा उदघाटन भएको महासंघको अधिबेशन सहितको छैठौं बार्षिक साधारण सभाले अध्यक्षमा वलीको नेतृत्वमा १७ सदस्यीय नयाँ कार्य समति निर्विरोध चयन गरेको हो । खानेपानी तथा ढल ब्यवस्थापन बिभागको सभाकक्षमा भएको सपथ ग्रहण पश्चात महासंघको नयां नेतृत्वको पूर्णता पाएको हो । 

नव निर्वाचित नयां समितिमा अध्यक्ष वली (तुलसीपुर खानेपानी तथा सरसफाई उपभोक्ता संस्था), बरिष्ठ उपाध्यक्ष रामचन्द्र उपाध्याय (खैरनीटार खानेपानी तथा सरसफाई उपभोक्ता संस्था), उपाध्यक्ष जानका केसी. (बृहत बिजुवार खानेपानी तथा सरसफाई उपभोक्ता संस्था), महासचिवमा दुर्गा बराल (फिक्कल खानेपानी तथा सरसफाई उपभोक्ता संस्था), सचिव तेज बहादुर चलाउने (लम्की खानेपानी तथा सरसफाई उपभोक्ता संस्था), कोषाध्यक्ष नारायणी भट्टराई (लेखनाथ खानेपानी तथा सरसफाई उपभोक्ता संस्था), सह–कोषाध्यक्ष गोबिन्द गिरी (काकडभिट्टा खानेपानी तथा सरसफाई उपभोक्ता संस्था) चयन भएका छन् ।

त्यस्तै कार्य समिति सदस्यहरुः विद्या श्रेष्ठ–वालिङ, टेक नारायण भुसाल–कोहलपुर, टिकादत्त जोशी–अत्तरीया, कमला गजुरेल सुवेदी– चितवन पर्सा, केशर प्रसाद निर्दोशी–कास्की, शारदा ढकाल–सिन्धुली, ओम खड्का त्रियुगा,सन्तोष कुमार रौनियार–सुनसरी, संजिव श्रेष्ठ–नुवाकोट, जल कुमार गुरुङ्ग–बिर्तामोड रहेका छन् । कार्यक्रम निवर्तमान अध्यक्ष टोरुप प्रसाई (बिर्तामोड खानेपानी तथा सरसफाई उपभोक्ता संस्था)को अध्यक्षतामा सम्पन्न भएको हो ।  

हाल खानेपानी संस्थाहरुलाई परिरहेको समस्या र त्यसको समाधानको लागि उपभोक्ता संस्था स्वयं र राज्यको तर्फबाट गर्नुपर्ने नीतिका बिषयमा बृहत छलफल गरी घोषणपत्र समेत पारित गरेको छ । 

१. आन्तरिक राजश्वमा समाबेस हुनुपर्ने भएबाट अत्यावश्यक दैनिक जिवनमा नभैनहुने खानेपानी उत्पादन गर्ने मुनाफारहित संस्थालाई असरपर्ने भएकोले खानेपानी जस्तो आधारभुत विषयमा राज्यले कर छुट दिनुपर्ने ।

२. बिद्युत महसुलको कारण पानीको उत्पादन लागत बढी भई उपभोक्तालाई प्रत्यक्ष मार परिरहेकोले खानेपानीमा विद्युत महसुल पूर्ण छुट हुनुपर्ने ।

३. राजमार्ग, सडक तथा भित्री सडक बिस्तारले खानेपानीको मूल एवं संरचना एक पछी अर्को क्षति भएकोले समयमै क्षति मुल्याङ्कन गरी राखी नेपाल सरकार, सडक विभाग, प्रदेश सरकार स्थानियतहको गम्भिर ध्यानाकर्षण गराउने ।

४. खानेपानी आयोजनाको म्एच् बनाउदा सरसफाईलाई महत्वराखी सरसफाईको पक्षमा जोड दिन आह्वान गर्ने ।

५. संघियता कार्यान्वयन संगै मुलकभर बितरण भएका खानेपानी गुणस्तरीय हुनु पर्ने भएकोले, प्रबिधी मैत्री गुणस्तरिय खानेपानी बितरण गर्न संम्बन्ध पक्षसंग आवह्वान गर्ने ।

६. मुलुकमा तिब्र गतिमा भएको पूर्वाधार बिकासले खानेपानीका संरचना र बितरण प्रणलिमा साथै बाताबरणीय असन्तुलन हुने गरी खानेपानीका संरचनाहरुमा प्रत्यक्ष क्षति पुग्ने गरेको हुंदा यसले खानेपानी उपभोक्तालाई प्रत्यक्ष असर पर्ने गरेको कारण बाताबरणिय सन्तुलन हुने गरी बिकासका गति अघी बढाउन आह्वान गर्ने ।

७. सेवामुलक खानेपानी उपभोक्ता संस्थाहरुलाई नगर विकास कोषबाट प्रबाह भएको ऋण र ब्याजमा पूनः समायोजन गरी शुलभ सेवा प्रबाह हुनु पर्ने ।

८. महासंघ कुनै पनि प्रकारका संघ संस्था र निकायसंग सम्बन्वय गरी सहयोगी संस्थाको रुपमा अगाडी बढने ।

९. खानेपानीलाई शुद्ध र मापदण्ड अनुरुप गुणस्तरिय कायम राख्ने प्रतिबद्धता सहित अन्य विभिन्न निर्णय सहित उपस्थित सबैलाई धन्यवाद दिंदै अधिबेशन सहितको छैठौं बार्षिक साधारण सभा बिसर्जन भयो ।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार