फरेनिया बजारलाई बिस्थापित गर्न भैरहवामै “भैरहवा कृषि बजार” सञ्चालनमा

Ujyalosandeshonline 11139+ समाचार ( )
१९ अशोज २०८१, शनिबार

भैरहवा । सीमावर्ती भारतीय बजार फरेनीयालाई बिस्थापित गर्ने उद्देश्य सहित भैरहवामा “भैरहवा कृषि बजार” सञ्चालनमा आएको छ । सिद्धार्थनगर नगर पालिका वडा नम्बर ९ को कठौतियामा स्थानिय ६ जनाको करिब डेढ करोडको संयुक्त लगानीमा “भैरहवा कृषि बजार”सञ्चालनमा आएको हो ।

सिद्धार्थ राजमार्गबाट १ सय मिटर दुरीमा रहेको यो बजारमा हरियो तरिकारीलाई प्राथमिकता दिएको भैरहवा कृषि बजारका अध्यक्ष चन्द्रो कहारले बताए । बिहान ७ बजे देखि रातीको ९ बजे सम्म सञ्चालन हुने बजारमा सुरक्षाको साथै अन्य प्राथमिक आवश्यकताहरुको बिशेष ध्यान राखिएको उनले बताए । करिब ५ कठ्ठा जग्गामा सञ्चालन रहेको बजारमा सिसिटिभी क्यामेरा जडान गरिएको छ भने बिक्रेताहरुको लागि पक्की संरचना तयार गरिएको छ । शौचालय, बिजुली, खानेपानीको प्रयाप्त व्यस्था रहेको उनले बताए । 

बिहान ७ बजे देखि रातीको ९ बजे सम्म दैनिक रुपमा सञ्चालन हुने तथा प्रत्येक बुधबार र सोमबार साप्ताहिक हाट बजार पनि सञ्चालन हुने उनले बताए । “हाम्रो उद्देश्य भनेको नेपालीहरु उपभोक्ताहरुलाई सीमावर्ती भारतीय फरेनीया बजार जानबाट रोक्नु हो ।” कहारले भने “यसका लागि हामीले सोही दिन भारतीय बजारकै मूल्यको हाराहारीमा त्यहाभन्दा गुणस्तरिय समान उपलब्ध गराउने तयारी गरेका छौं ।”

चन्द्रो कहार सहित स्थानिय दिपक श्रेष्ठ, रतन कुमार गुप्ता, मोहम्मद अनिस पठान, अब्दुल रसिल पठान र रंगीलाल चाईको संयुक्त लगानीमा भैरहवा एग्रिकल्चरल सुपर मार्केट एण्ड मल्टि टे«डिङ्ग कन्सर्न प्राली नामको कम्पनीबाट सञ्चालनमा रहेको बजारमा मासुको साथै जिउदो माछा पनि उपभोक्ताले खरिद गर्न सक्ने छन् । भैरहवा बजारमै हरियो र अर्गानिक तरकारी उपलब्ध गराउन भएकोले भैरहवाका उपभोक्तालाई बजारको अवलोकनको लागि लगानीकर्ताहरुले आग्रह गरेका छन् । 

उक्त बजारको सिद्धार्थनगर नगर पालिकाका मेयर ईस्तियाक अहमद खाँनले उद्घाटन गरेका छन् । उद्घाटन कार्यक्रममा बोल्दै मेयर खाँनले भैरहवा कृषि बजारलाई अर्गानिक बजारको रुपमा बिस्तार गर्न आग्रह गरे । उनले नगरवासीलाई शुद्ध तरकारी उपलब्ध गराउन नगरपालिका कार्यालय पनि प्राविधिक एवम भौतिक सहयोग गर्न सदैव तत्पर रहेको बताए । बजार बिस्तार एवम यसलाई अर्गानिक रुपमा विकासको लागि बिक्रेताहरुलाई नगरपालिका कार्यालयबाट नै सहयोग गर्ने उनले बताए । 

यसै गरि सिद्धार्थनगर नगर पालिका वडा नम्बर ९ का वडा अध्यक्ष शेषकान्त भण्डारीले वडाको ६ जना युवाहरुको प्रयासमा स्थानिय स्तरमै रोजगारीको प्रयास सराहनिय रहेको बताए । उनले भैरहवामा अवसरै अवसर रहेको बताउदै यसको लागि युवाहरु नै लाग्नु पर्नेमा जोड दिए । 

भैरहवा कृषि बजारको अध्यक्ष चन्द्रो कहारको अध्यक्षता, सिद्धार्थनगर नगरपालिलको मेयर ईस्तियाक अहमद खाँनको प्रमुख आतिथ्यता तथा वडा नम्बर ९ को वडा अध्यक्ष शेषकान्त भण्डारी, ७ का वडा अध्यक्ष दामोदर शर्मा घिमिरेको बिशिष्ठ आतिथ्यतामा सम्पन्न उद्घाटन कार्यक्रममा वडा नम्बर ९ का वडा सदस्यहरु सविता हरिजन, बसुन्धरा शर्मा, ९ नमबर वडा मा रहेका टोल सुधार समितिका अध्यक्षहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन ९ नम्बर वडाका वडा सदस्य बसन्त भट्टराईले गरेका थिए । 


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार