मुख्य समाचार
बगहा माविमा चारकोठे भवनको शिलान्यास | बाराका तत्कालीन सचिव अन्सारीमाथि भ्रष्टाचार गरेको आरोपपत्र दायर | सत्ता स्वार्थका लागि घुँडा टेक्नु राष्ट्रिय हित विपरित : प्रधानमन्त्री | सरकारले ल्याएको भूमिसम्बन्धी अध्यादेशले झनै शंका जन्मायो : महासचिव गुरुङ | विधेयकमा शिक्षकका माग समेट्ने प्रचण्डको प्रतिबद्धता | सर्वसाधारणलाई कुटपिट गर्ने प्रहरी निलम्बनमा | पेस्तोलसहित भारतीय नागरिक पक्राउ | पर्साका २० सामुदायिक विद्यालयका शिक्षक–शिक्षिकाहरु आन्दोलित | सडकआश्रित मानवको पुनःस्थापन सरकारको प्राथमिकता : मुख्यमन्त्री आचार्य | बैंकको प्रतिष्ठा र इज्जतलाई पहिलो कार्यसूची बनाएर काम गर्न कर्मचारीहरुलाई अर्थमन्त्रीको आग्रह |

मन्त्री आरजु राणा र भारतीय राजदूतबीचको भेटमा सीमा समस्याबारे चर्चा

Ujyalosandeshonline 5550+ समाचार ( )
१ श्रावण २०८१, मङ्गलबार

काठमाडौं । नवनियुक्त परराष्ट्रमन्त्री आरजु राणा देउवालाई भारतीय राजदूत नवीन श्रीवास्तवले भेटवार्ता गरेका छन् । सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा पुगेर राणालाई राजदूत श्रीवास्तवले भेटेका हुन् । भेटका क्रममा श्रीवास्तवले बधाई दिँदै सफल कार्यकालको शुभकामना दिएको छन् । भेटका अवसरमा नेपाल–भारत सम्बन्ध र सहकार्यका विविध विषयमा छलफल भएको डा.देउवाले जानकारी दिइन । 

सोमबार मात्रै परराष्ट्रमन्त्रालयको पदभार सम्हालेकी राणाले सीमा समस्याहरूमा चनाखो भएर काम गर्ने बताएकी छन् । उनले तथ्य र प्रमाणका आधारमा समाधान हुने बताएकी हुन् । 

उनले पहिलाभन्दा अहिले धेरै सूचनाहरु तत्काल प्राप्त हुने गरेको भन्दै सीमाका विषयमा पहिलेजस्तो सीमास्तम्भ हेरेर मात्र निर्णय गर्नुपर्ने अवस्था नरहेको बताएकी थिइन् । 

राणा पहिलोपटक मन्त्री बनेकी हुन् । नेपाली कांग्रेसकी केन्द्रीय सदस्यसमेत रहेकी उनी नेपाली काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरवहादुर देउवाको श्रीमती हुन् ।

उनलाई विभिन्न भ्रष्टाचार तथा अनियमितताका काण्डमा संलग्न भएको आरोप लगाउने गरिन्छ । राणा २०७४ मा कैलाली– ५ बाट चुनाव लडेकी थिइन् । त्यसबेला वाम गठबन्धनका तर्फबाट एमाले नेता नारदमुनि रानाले हराएका थिए । 

कांग्रेस समानुपातिक मार्फत प्रतिनिधिसभा सदस्य भएकी उनी हाल कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभापति छिन्।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार