मुख्य समाचार
"ढुक्कसँग पर्व मनाउनुहोस्, प्रहरी २४ घण्टा सेवामा तयार छ" — इन्स्पेक्टर डम्बर विश्वकर्मा | रुपन्देहीमा राति १० बजेसम्म मात्र देउसी–भैलो खेल्न पाइने | एकीकृत साइबर स्क्याम प्रतिकार्य केन्द्रद्वारा सेवा प्रारम्भ, चौबीसै घण्टा '१२४७' सञ्चालनमा | सशस्त्र प्रहरीद्वारा रुपन्देहीमा अवैध सामान बरामद : लत्ताकपडा र मोटरसाइकल नियन्त्रणमा | प्रहरीको शारीरिक तथा मानसिक स्वास्थ्य प्रवर्द्धनका लागि पदयात्रा | लुम्बिनीका सबै स्थानीय तहमा बालविवाह न्यूनीकरण कार्यक्रम सञ्चालन गरिने | आज धनतेरससँगै नेपालीहरूको महान् पर्व तिहार सुरु | सशस्त्र प्रहरी महानिरीक्षक पौडेलद्वारा सीमा सुरक्षा र शान्ति व्यवस्थापनमा उच्च सतर्कता अपनाउन निर्देशन | सशस्त्र प्रहरीको नं. ३४ गणमा मानव अधिकार र सुशासनसम्बन्धी विशेष प्रशिक्षण | नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन: ‘नागरिकको जीउधनको सुरक्षामा कमजोरी नहोस्’ |

"ढुक्कसँग पर्व मनाउनुहोस्, प्रहरी २४ घण्टा सेवामा तयार छ" — इन्स्पेक्टर डम्बर विश्वकर्मा

Ujyalosandeshonline 12640+ समाचार ( )
२१ कार्तिक २०८३, शुक्रबार

मोरङ । चाडपर्वका समयमा हुन सक्ने सम्भावित आपराधिक तथा अवाञ्छित गतिविधिहरूलाई मध्यनजर गर्दै इलाका प्रहरी कार्यालय, पथरीका प्रमुख प्रहरी निरीक्षक डम्बर विश्वकर्माको नेतृत्वमा पथरी शनिश्चरे नगरपालिका–१० स्थित शिविर डाँडामा विशेष सुरक्षा जाँच (चेकिङ) सम्पन्न गरिएको छ। नागरिक र प्रहरीबीचको सम्बन्धलाई थप प्रगाढ बनाउँदै सेवाग्राहीलाई मुस्कानसहितको सेवा प्रवाह गर्ने उद्देश्यले प्रहरी निरीक्षक विश्वकर्मा स्वयं फिल्डमा खटिँदै आउनुभएको छ।

सोही अभियानअन्तर्गत एसियन राजमार्गमा सञ्चालित संयुक्त चेकिङमा धरानस्थित केनाइन शाखाबाट ल्याइएका दुईवटा तालिम प्राप्त कुकुरसहित ट्राफिक प्रहरी पोस्ट पथरीको टोलीको समेत सक्रिय सहभागिता रहेको थियो। सुरक्षा जाँचका क्रममा स्थानीयवासी तथा यात्रुहरूसँग अन्तरक्रिया गर्दै प्रहरी निरीक्षक विश्वकर्माले नागरिकलाई ढुक्क भएर चाडपर्व मनाउन आग्रह गर्नुभएको छ। "तपाईंहरू ढुक्कसँग पर्व मनाउनुहोस्, नागरिकको सुरक्षाका लागि नेपाल प्रहरी २४ घण्टा नै सेवामा तयार छ," उहाँले बताउनुभयो।

पछिल्लो समय यस क्षेत्रमा शान्ति सुरक्षा सुदृढ बनाउन र नागरिकमा सुरक्षाको पूर्ण अनुभूति गराउन प्रहरीको सक्रियता उच्च रहेको छ। नियमित गस्ती, कडा चेकिङ तथा विभिन्न जनचेतनामूलक कार्यक्रमहरूले यस क्षेत्रमा अमनचैन कायम गर्न ठूलो सहयोग पुर्याएको भन्दै स्थानीयवासीले प्रहरीको यस जनमुखी र सकारात्मक कार्यशैलीको उच्च प्रशंसा गरेका छन्।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार