काठमाडौं । यमपञ्चकको पहिलो दिन आज यमराजको दूत कागको पूजा आराधना गरी काग तिहार मनाइँदैछ। कागलाई दही-भात खुवाएर यमराजसमक्ष राम्रो सन्देश पुर्याइदिने धार्मिक विश्वास छ। पञ्चाङ्ग निर्णायक विकास समिति अनुसार आज धनवन्तरी जयन्ती पनि परेको छ भने कात्तिक २२ गते कुकुर तिहार र लक्ष्मीपूजा, २३ गते गाईपूजा, २४ गते गोरुपूजा तथा म्ह पूजा र २५ गते बुधबार बिहान ११:०७ बजेको उत्तम साइतमा भाइटीका परेको छ। आजैबाट सार्वजनिक बिदा सुरु भएकाले तिहारको रौनक बढेको छ।