मुख्य समाचार
वर्तमान सरकारले सबै क्षेत्रमा निराशा मात्रै फैलायो : अध्यक्ष उपेन्द्र यादव | जुबेदा खातुन हत्या प्रकरण: दोषीमाथि कडा कारबाही गर्न पूर्व सांसद यादवद्वारा माग | त्रिदेवी बचत तथा ऋण सहकारीको १५ औँ वार्षिक साधारणसभा सम्पन्न | मर्चवारमा तीनदिने बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने | मकवानपुरमा डिजेल लोड ट्याङ्कर दुर्घटना : चालक रायमाझीको मृत्यु | राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आज बस्दै | सम्मरीमाईमा रुपन्देही समन्वय समितिको घुम्ती बैठक सम्पन्न | नमुना बोर्डिङमा शान्ति चित्रकला प्रतियोगिता सम्पन्न | युवालाई उद्यमी बनाउने प्रदेश सरकारको योजना छः मुख्यमन्त्री आचार्य | रुपन्देहीमा १८ ग्राम खैरो हेरोइनसहित एक युवक पक्राउ |

सगरमाथामा तेञ्जिङ नोर्गे शेर्पा र सर एडमण्ड हिलारीले पाइला टेकेको सात दशक पूरा

Ujyalosandeshonline 12614+ समाचार ( )
१६ जेठ २०८१, बुधवार

काठमाडौं । आज अन्तराष्ट्रिय  सगरमाथा दिवस मनाइँदै छ । ७१ वर्षअघि सगरमाथाको शिखरमा मानवले पाइला टेकेको सम्झनामा आज ( मे २९) को दिनलाई सगरमाथा दिवसको रुपमा मनाइन्छ । 

मानव र सगरमाथा बिचको सामिप्य बुझाउन यस वर्ष सरकारले ‘विश्वको सर्वोच्च शिखर सगरमाथाः नेपालको पहिचान र गौरव’ भन्ने नारा तय गरी सगरमाथा दिवस मनाउन लागेको हो । नेपाल सरकारले  सन् २००८ देखि मे २९ तारिखमा  अन्तर्राष्ट्रिय रुपमै दिवसका रुपमा मनाउन निर्णय गरेको थियो। पर्वतीय पर्यटनको क्षेत्रमा काम गर्नेहरुले आजको दिनलाई विशेष मान्छन्।

सन् १९५३ मा नेपालका तेञ्जिङ नोर्गे शेर्पा र न्युजिल्याण्डका सर एडमण्ड हिलारीले पहिलोपटक सगरमाथाको सफल आरोहण गरेका थिए। त्यसपछि सुरु भएको सगरमाथा आरोहणमा पछिल्लो समय विदेशी र नेपाली पर्वतारोहीको आकर्षण बढ्दो छ । 

पर्यटन विभागले यो वर्ष (२४ बैशाख) सम्म वसन्त याममा सगरमाथा आरोहणका निम्ति ४१ आरोही समूहका ७५ महिला र ३३९ पुरुष गरी ४१४ ले अनुमति लिएको  जनाएको छ । 

अघिल्लो वर्ष भने हालसम्मकै सर्वाधिक ४७८ जना आरोहीले सगरमाथा आरोहणको अनुमति लिएका थिए । सगरमाथाले नेपाललाई विश्वमाझ चिनाइरहेको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार