मुख्य समाचार
बाँदरलाई हानेको गोली लागेर ५२ वर्षीय तामाङको मृत्यु | कांग्रेसको महाधिवेशनमा उत्साहपूर्वक सहभागी हुन सभापति थापाको आह्वान | इन्द्रसरोवर इभी दुर्घटनाका चारै मृतकको सनाखत | घरपझोङ जलवायु परिवर्तन सम्मेलन सुरु | रुपन्देहीमा कटुवा पेस्तोल र छर्रासहित दुई जना पक्राउ | मेलाबाट उठेको रकम पर्यटनमा लगानी | पोखरामा जग्गाको कित्ताकाट खुल्यो | कृष्णभीरमा नयाँ ट्याक अन्तिम चरणमा : असोज १ गतेदेखि यातायात सञ्चालनको तयारी | गणेश चतुर्थी : देशभरका गणेश मन्दिरमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको लाम | सहयोग गर्ने नाममा गैरकानुनी रूपमा असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन |

सागसब्जीमा समृद्धि पहिल्याउँदै कञ्चनपुरका दुई किसान

रासस 659+ समाचार ( )
२१ मंगशिर २०८२, आइतबार

कञ्चनपुर । कृष्णपुर नगरपालिका–६ बालुवाफाँटाका जनक चौधरी विदेशमा चाहेजस्तो आम्दानी गर्न नसकेपछि गाउँमै व्यावसायिक सागसब्जीखेतीमा संलग्न हुनुहुन्छ । “साउदीबाट रित्तो हात फर्किएको पीडाले गाउँमै उद्यम गर्ने सोच पलायो”, उहाँले भन्नुभयो, “जग्गा भए पनि खेती गर्ने ज्ञान थिएन,  गाउँका अगुवा किसानसँग प्रविधि, विषादी प्रयोगदेखि मल व्यवस्थापनसम्मका खेतीका अत्यावश्यक तरिका सिकेँ ।”

परम्परागत रूपमा खेती गर्दा  मुस्किलले परिवारको भरणपोषण गर्न पुग्ने जग्गामा उहाँले सागसब्जीखेती गरेर वर्षमा रु १२ लाख आम्दानी गर्दै आएको बताउनुभयो ।  उहाँ बालुवाफाँटाका सफल व्यावसायिक किसानका रूपमा परिचित हुनुहुन्छ । उहाँले दुई विघामा बाह्रै महिना सागसब्जीखेती गर्दै आउनुभएको छ । काउली, खुर्सानी, गोलभेँडालगायत सागसब्जी लटरम्म फलाएर उहाँ विदेश जान मरिहत्ते गर्ने युवा पुस्तालाई स्वदेशमा नै परिश्रम गर्न सुझाउनुहुन्छ ।

पौरखी चौधरीबाट प्रेरणा पाएर सोही स्थानका जितबहादुर चौधरी पनि व्यावसायिक सागसब्जीखेतीमा  लाग्नुभएको छ । आफ्ना उत्पादन बनारसम्म पु¥याउन उहाँले खेतबाट कमाएको रकमले एउटा ‘पिकअप भ्यान’ पनि खरिद गर्नुभएको छ । अन्नबालीभन्दा सागसब्जीबाट कुस्त कमाइ भएपछि उहाँले त्यसमा नै आफूलाई केन्द्रित गरेको बताउनुभयो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार