मुख्य समाचार
हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछः प्रधानमन्त्री शाह | ७१ औँ प्रहरी दिवसका अवसरमा चापाकोटको शीतलपार्कमा सरसफाइ | दाउन्ने दुर्घटना अपडेटः मृतक सबैको सनाखत | कुष्ठरोग निवारणका लागि लुम्बिनी प्रदेश सरकारले छाला रोग स्क्रिनिङ अभियान चलाउने | दाउन्ने दुर्घटनामा छ जनाको मृत्यु | कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल | धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो | रौतहटमा एक लाख २० हजार थान अन्तःशुल्क स्टिकर बरामद | लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन | हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित |

वीरगञ्जमा निःशुल्क धारा जडान र धरौटी शुल्कमा छुट : जनताको पहुँचमा सहज खानेपानी सेवा

Ujyalosandeshonline 12444+ समाचार ( )
२ श्रावण २०८२, बिहीबार

वीरगञ्ज । खानेपानी मन्त्रालय अन्तरगतको नेपाल खानेपानी संस्थान र वीरगञ्ज महानगरपालिका बीच वीरगञ्जमा खानेपानी सेवा विस्तारका लागि एक महत्वपूर्ण समझदारीपत्रमा हस्ताक्षर भएको छ ।खानेपानीमन्त्री प्रदीप यादवको विशेष उपस्थितिमा नेपाल खानेपानी संस्थानका तर्फबाट महाप्रवन्धक अर्जुनबाबु ढकाल तथा वीरगञ्ज महानगरपालिका तर्फबाट प्रमुख प्रशासकीय अधिकृत अरविन्द लाल कर्णले उक्त समझदारीपत्रमा हस्ताक्षर गरेका हुन्। 

उक्त समझदारी अनुरूप अबदेखि नयाँ उपभोक्ताहरूलाई धारा जडान प्रक्रिया सहज, सरल र प्रभावकारी बनाइने तथा सेवा लिने नागरिकहरूलाई निःशुल्क धारा जडान गरी नयाँ जडानका लागि लाग्ने धरौटी शुल्कमा छुट प्रदान गरिने व्यवस्था गरिएको मन्त्री यादवले जानकारी दिए । 

उनले भने, ‘संस्थानको वीरगञ्ज शाखामा आवश्यक जनशक्ति अभिवृद्धि गरिनेछ, जसबाट त्यहाँको खानेपानी समस्या समाधान गर्न सहयोग पुग्नेछ ।’ आज यस समझदारीपत्र हस्ताक्षरले वीरगञ्ज बासीको जीवनस्तरमा गुणात्मक सुधार ल्याउने विश्वास लिईएको मन्त्री यादवले बताए । 

वीरगञ्ज महानगरपालिका सहित तराई–मधेशका जिल्लामा दिनप्रतिदिन विकराल बन्दै गएको खानेपानी समस्याको तत्काल तथा दीर्घकालीन समाधानका लागि मन्त्रालय, विभाग तथा खानेपानी संस्थान अहोरात्र खटिएको पनि उनले जानकारी दिए । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार