मुख्य समाचार
‘जघन्य प्रकृतिका अपराधसम्बन्धी अनुसन्धानमा सिआइबीको भूमिका प्रसंशनीय’ | कोटहीमाई गाउँपालिकामा कर्मचारीद्वारा तालाबन्दी: प्रशासनिक कामकाज ठप्प | जिल्ला प्रशासन कार्यालय गुल्मीले वार्षिक प्रगति विवरण सार्वजनिक | नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिदमा साढे २० करोडभन्दा बढी हिनामिना भएको अध्ययन समितिको निष्कर्ष | भैरहवामा ‘यु एस पिज्जा’, स्वदेशी ब्रान्डमार्फत रोजगारी सिर्जनामा जोड | स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ | सार्वजनिक ऋण व्यवस्थापन ऐन संशोधन मस्यौदामा सुझाव माग | जब रामकोटमा पर्यटकलाई झोर्ले भन्दै स्वागत गरिन्छ... | वर्षाका कारण विभिन्न राजमार्ग प्रभावित | नेपाल-कोरिया श्रम सहयोग गोष्ठी सम्पन्न |

कृषिमा आधुनिकीकरणका योजना सुस्त

Ujyalosandeshonline 11768+ समाचार ( )
२६ पौष २०८०, बिहीबार

काठमाडौं । राष्ट्र संघीय खाद्य तथा कृषि संगठन र कृषि तथा सहकारी मन्त्रालयको आयोजनामा बिहीबार राजधानीमा भविष्यको उन्नत बाली सम्बन्धी वृहत् छलफल र प्रदर्शन भएको छ । 

कार्यक्रममा उपराष्ट्रपति रामसहाय प्रसाद यादवले नेपाल कृषि प्रधान मुलुक भएकाले कृषिका योजना सधैं प्राथमिकतामा रहेको बताए । हावापानी सुहाउँदा बालीका लागि विभिन्न योजनाहरु बने पनि अपेक्षाकृत रुपमा उत्पादन लिन नसकिरहेको अवस्था उनले औल्याए ।

‘धान र दाल प्रमुख बाली छन् । कोदो, जौ सहायक बालीका रुपमा छन् । हाम्रो खेती प्रणाली अझै पनि परम्परागत छ, जसलाई व्यावसायिक बनाउनुपर्ने चुनौती छन्,’ उनले भने, ‘कृषिमा आधुनिकीकरणका लागि प्रधानमन्त्री कृषि आधुनकिीकरण कार्यक्रम छ । यसले १७७ जोन र १६ सुपर जोन तोकेर काम गरिरहेको छ । धान, गहुँ, मकै र आलुमा मुख्य जोड छ । मसला बालीमा पनि जोड दिइएको छ । बालीहरुमा सम्भावनाअनुसार विविधीकरण आवश्यक देखिएको छ ।’

दिगो कृषिका लागि हामीले परम्परागत छाडेर व्यावसायिक खेतीमा जोड दिनै पर्ने उनले बताए । सम्भावना भएर पनि उत्पादन बढाउन नसक्दा कृषि उपजमा मुलुक आयातमा निर्भर रहनुपरेको उनले उल्लेख गरे । खाद्य तथा कृषि संगठनले वर्गीकरण गरेका धेरै बालीको सम्भावना नेपालमा रहेको उनले बताए । 

कार्यक्रममा कृषि मन्त्री वेदुराम भुसालले नेपाल कृषिमा धेरै सम्भावना भएको मुलुक रहेको बताए । तर, कृषिमा जलवायु परिवर्तनले चुनौती बढाएकाले अपेक्षित उत्पादन लिन नसकेको अवस्था रहेको उनले बताए । 

‘हामीले २०२३ मै कोदो बालीको सम्भावनाबारे आफ्ना भनाइ बाहिर ल्याएका छौं,’ उनले भने, ‘थुप्रै बाली नेपालमा उत्पादन बढाउन सकिने सम्भावना छन् । खाद्य सुरक्षा र पोषणका सवालमा सरकार संवेदनशील छ ।’ माटो, पानी र ऊर्जाका सवालमा सरकारले सम्भावनाअनुसारका योजना अघि सारेको उनले बताए । 

‘हामी भविष्यमा सम्भावना भएका बाली प्रवर्धन र पशुपालनका कार्यक्रम अघि बढाउँछौं,’ उनले भने, ‘जलवायु परिवर्तनका असरलाई ध्यानमा राखेर खाद्य सुरक्षा र बाली प्रवर्धनका योजना अघि बढाउने चुनौती छन् ।’ 

सरकार यसबारेमा गम्भीर रहेको उनले बताए । कार्यक्रममा मुलुकका विभिन्न जिल्लाका बाली प्रविधिको प्रदर्शनी पनि गरिएको थियो । अतिथि र सहभागीहरुले स्टलहरु अवलोकन गरेका थिए । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार