मुख्य समाचार
मर्चवारमा तीनदिने बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने | मकवानपुरमा डिजेल लोड ट्याङ्कर दुर्घटना : चालक रायमाझीको मृत्यु | राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आज बस्दै | सम्मरीमाईमा रुपन्देही समन्वय समितिको घुम्ती बैठक सम्पन्न | नमुना बोर्डिङमा शान्ति चित्रकला प्रतियोगिता सम्पन्न | युवालाई उद्यमी बनाउने प्रदेश सरकारको योजना छः मुख्यमन्त्री आचार्य | रुपन्देहीमा १८ ग्राम खैरो हेरोइनसहित एक युवक पक्राउ | नेपाल-भारत १०औँ समन्वय बैठक काठमाडौँमा सम्पन्न, सीमा सुरक्षा र प्रविधि प्रयोगमा जोड | परासीमा ट्रकको ठक्करबाट पत्रकार पोख्रेलको निधन | विपद् व्यवस्थापनमा समन्वय र पूर्वतयारी आवश्यक : मुख्यमन्त्री आचार्य |

‘सामाजिक विभेद हटाउन सबैको प्रयास जरूरी’

Ujyalosandeshonline 12611+ समाचार ( )
५ चैत्र २०८०, सोमबार

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले सामाजिक विभेद हटाउन कुनै एक निकाय वा संस्थाको मात्र प्रयास पर्याप्त नहुने भन्दै सबै क्षेत्रको योगदान हुनुपर्ने बताएका छन् ।

मानव अधिकारका लागि स्रोत विकास मञ्च नेपालद्वारा आज विराटनगरमा आयोजित ५९औँ अन्तर्राष्ट्रिय जातीय विभेद तथा रंगभेद उन्मूलन दिवसको उपलक्ष्यमा आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

दलित समुदायका जनप्रतिनिधिहरुको सहभागिता रहेको तेस्रो प्रदेश सम्मेलन उद्घाटन कार्यक्रममा बोल्दै मुख्यमन्त्री कार्कीले लोकतन्त्र र गणतन्त्रको मर्मअनुसार सामाजिक भेदभाव तथा छुवाछुत जस्ता विकृति हटाउनुपर्नेमा जोड दिए ।

जनप्रतिनिधिहरुले सबै जात एवं समुदायको प्रतिनितित्व गर्नुपर्ने भन्दै उनले कसैप्रति पनि पूर्वाग्रह राख्नु नहुने बताए । कार्यक्रममा सामाजिक विकासमन्त्री राजेन्द्र कार्कीले सामाजिक विभेद र छुवाछुत अन्त्य गर्न सबै पक्षको योगदान आवश्यक पर्ने बताए ।

यसैगरी, एमालेका कोशी प्रदेश अध्यक्ष घनश्याम खतिवडाले सबै नेपालीबीच एकता कायम गरी समाजमा रहेका विकृति, विभेद एवं छुवाछुतको अन्त्य गर्नुपर्नेमा जोड दिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार