मुख्य समाचार
गल्ती गरेको ठाउँमा खबरदारी गर्नुहोला : उप मेयर अधिकारी | आगलागी एवं डढेलो नियन्त्रणमा राज्यका सबैतह जिम्मेवार बन्नुपर्छ : प्रवक्ता सापकोटा | एमालेसँग मिलेर अघि बढ्न माधव नेपाल तयार ! | बझाङमा एमालेका दमन भण्डारी निर्वाचित | डढेलोबाट २४ घण्टामा २२ जिल्लाका ६७ स्थानमा क्षति | लगानी सम्मेलनको दोस्रो दिन दुई संस्थाबीच समझदारी | साइबर अपराधको उकालो ग्राफ : नौ महिनामा १५ हजार उजुरी, ७३ जना पक्राउ | कोटहीमाई गाउँपालिकाले ट्याक्टर दुर्घटनामा परी घाइतेको उपचारमा दियो ८ लाख | अग्नी पिडीतलाई पूर्व अध्यक्षद्वारा आर्थिक सहयोग | सिद्धार्थनगर–३ ले उचाल्यो मेयर कपको उपाधी |

सम्झौता भए पनि सहकारीपीडित सतर्क

Ujyalosandeshonline 2393+ समाचार ( )
३ वैशाख २०८१, सोमबार

काठमाडौं । सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान (महासंघ) का अध्यक्ष कुशलभ केसीले सम्झौता बमोजिम सरकारले मागलाई कार्यान्वयन नगरे पुनः आन्दोलित हुने बताएका छन् । 

आमरण अनसनपश्चात् सोमबार भएको ५ बुँदे सहमति र आगामी रणनीतिको जानकारी दिन आयोजित कार्यक्रममा उनले चैतभित्र पीडितले रकम फिर्ता पाउँछन् भनेर बसे पनि सम्झौता कार्यान्वयन नभएको बताए । अब पनि माग सम्बोधन नभए आन्दोलनमा उत्रिने चेतावनी उनले दिए । 

उनले भने, ‘हामीसँग सम्झौता भएबमोजिम समय दिएका छौं । सरकारले  छिटोभन्दा छिटो हाम्रो मागलाई कार्यान्वयन गरेन भने हामी पुनः आन्दोलन गर्छौ । जनताको हक अधिकार खोस्नेहरु होसमा आउ, यसरी समाजमा टिक्न सक्दैन ।’

चैत मसान्तभित्र पीडितहरुको रकम फिर्ता आउँछ भनेर गरेको सम्झौता कार्यान्वयन नभएको उनले बताए । नयाँदेखि पुरानो सबै दलहरु मिलेको भन्दै उनले सहकारीपीडितको आवाज कसैले नसुनेको देखेसो गरे ।

सहकारीमा पैसा राखेर फिर्ता नपाउनेमध्येकी विमला दंगालले आफ्नै पैसा फिर्ता माग्दा पनि नपाउनुले अन्योल भएको बताएन । ‘हामीलाई सरकारले किन नहेरेको होला ? हाम्रो भने सरकार होइन ? हामी जनता कहाँ जानु ? हामी एक वर्ष भइसक्यो यस्तो दुःख पाएको । सरकारले किन नबुझेको होला ?’ उनले भनिन्, ‘हामीले सरकारसँग सरकारको पैसा मागेको होइन, हाम्रै पैसा मागेको हो ।’ 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै