मुख्य समाचार
त्रिदेवी बचत तथा ऋण सहकारीको १५ औँ वार्षिक साधारणसभा सम्पन्न | मर्चवारमा तीनदिने बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने | मकवानपुरमा डिजेल लोड ट्याङ्कर दुर्घटना : चालक रायमाझीको मृत्यु | राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आज बस्दै | सम्मरीमाईमा रुपन्देही समन्वय समितिको घुम्ती बैठक सम्पन्न | नमुना बोर्डिङमा शान्ति चित्रकला प्रतियोगिता सम्पन्न | युवालाई उद्यमी बनाउने प्रदेश सरकारको योजना छः मुख्यमन्त्री आचार्य | रुपन्देहीमा १८ ग्राम खैरो हेरोइनसहित एक युवक पक्राउ | नेपाल-भारत १०औँ समन्वय बैठक काठमाडौँमा सम्पन्न, सीमा सुरक्षा र प्रविधि प्रयोगमा जोड | परासीमा ट्रकको ठक्करबाट पत्रकार पोख्रेलको निधन |

राजस्व परिचालन प्रभावकारी नभए अर्थतन्त्र सुधार हुँदैन : अर्थमन्त्री

Ujyalosandeshonline 12612+ समाचार ( )
२७ भाद्र २०८१, बिहीबार

काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले राजस्व परिचालन प्रभावकारी रुपमा संचालन गर्न नसकिएमा अर्थतन्त्रमा सुधार गर्न नसकिने बताएका छन् ।

बिहीबार काठमाडौंमा आयोजित भन्सार व्यवस्थापन गोष्ठी–२०८१ कार्यक्रममा उनले राजस्व परिचालनको दृष्टिकोणले अहिले धेरै चुनौतीहरु देखिएको भन्दै राजस्व परिचालन प्रभावकारी रुपमा गर्न सकिएन भने अर्थतन्त्रमा सुधार गर्न नसकिने बताएका हुन् ।

उनले भने,‘आजभोलि चलनचल्तीको भाषा छ–अर्थतन्त्र अहिले दवाबमा छ । राजस्व परिचालनको दृष्टिकोणले अहिले चुनौतीहरु छन् । वास्तबमा म चाँही यो दवाब व्यक्तिगत रुपमा गहिरो रुपमले हेरिरहेको छु । कति भुक्तानीहरु गर्न बाँकी छन् । यदी राजस्व परिचालन प्रभावकारी रुपमा गर्न सकेनौं भने कसरी अगाडि बढ्न सकौला भन्ने चिन्ता छ ।’

उनले विगतको तुलनामा अर्थतन्त्रमा केही सुधार भएको भएतापनि त्यसैमा चित्त बुझाएर बस्ने अवस्था नरहेको बताए ।

उनले भने,‘गत वर्षको तुलनामा केही प्रगती भएको भएतापनि त्यसलाई तुलना गरेर  त्यसमा नै चित्त बुझाएर बस्ने अवस्था छैन् ।’

अर्थमन्त्री पौडेलले भन्सार विभागका कर्मचारीहरुलाई सेवाग्राहीहरुप्रति मैत्रीपूर्ण व्यवहार गर्दै उच्च मनोबलकासाथ काम गर्न निर्देशन समेत दिए ।

उनले भने,‘भन्सार विभागका सबै कर्मचारी उच्च मनोबलकासाथ काम गर्नुहोस् । सबै सेवाग्राहीहरुमा मैत्रीपूणै व्यवहार गुर्नुहोस् । र भन्सारका सदस्यरुले दुरुपयोग गर्न सम्भव छैन् भन्ने बुझ्नुहोस् ।’

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार