मुख्य समाचार
वर्तमान सरकारले सबै क्षेत्रमा निराशा मात्रै फैलायो : अध्यक्ष उपेन्द्र यादव | जुबेदा खातुन हत्या प्रकरण: दोषीमाथि कडा कारबाही गर्न पूर्व सांसद यादवद्वारा माग | त्रिदेवी बचत तथा ऋण सहकारीको १५ औँ वार्षिक साधारणसभा सम्पन्न | मर्चवारमा तीनदिने बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने | मकवानपुरमा डिजेल लोड ट्याङ्कर दुर्घटना : चालक रायमाझीको मृत्यु | राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आज बस्दै | सम्मरीमाईमा रुपन्देही समन्वय समितिको घुम्ती बैठक सम्पन्न | नमुना बोर्डिङमा शान्ति चित्रकला प्रतियोगिता सम्पन्न | युवालाई उद्यमी बनाउने प्रदेश सरकारको योजना छः मुख्यमन्त्री आचार्य | रुपन्देहीमा १८ ग्राम खैरो हेरोइनसहित एक युवक पक्राउ |

नक्कली मदिरा विक्री गर्ने नौं जना सार्वजनिक

Ujyalosandeshonline 12614+ समाचार ( )
३ माघ २०८०, बुधवार

काठमाडौं । प्रहरीले काठमाडौंमा नक्कली मदिरा बनाई बेचबिखन गर्ने नौं जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले काठमाडौंको कागेश्वरी नगरपालिका–५ थलीमा घर भाडा लिएर नक्कली मदिरा तयार गर्ने स्थानमा छापा मारेर नौं जनालाई नियन्त्रणमा लिएको हो ।

उपत्यकामा स्वदेशी तथा विदेशी ब्राण्डका गुणस्तरहीन मदिरा उत्पादन गरी कालोबजारी गरिरहेको भन्ने सूचनाको आधारमा मंगलबार खटिएको विशेष प्रहरी टोलीले छापा मारेको थियो ।

कागेश्वरी नगरपालिका–५ थलीमा घर भाडामा लिएर उनीहरुले स्वदेशी तथा विदेशी रक्सीको बोतलमा नक्कली रक्सी भरी बिक्री वितरण गर्दै आएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले बुधबार पत्रकार सम्मेलन गरी जानकारी गराएको हो ।

पक्राउ पर्नेमा रामेछाप खाँडादेवी –२ घर भई मूलपानी बस्ने २८ वर्षका मनोज खत्री, खाँडादेवी –२ कै मुलपानी बस्ने २० वर्षका मनिष खत्री,रामेछापकै मजुवा –३ का मूलपानी बस्ने २३ वर्षका महेश खत्री, खाँडादेवी –२ कै ३६ वर्षका कोटेश्वर बस्ने विनोदकुमार काकी र सिन्धुपाल्चोक घर भई मूलपानी बस्ने २७ वर्षका मोहन खड्का रहेका छन् ।

त्यस्तै सिन्धुली घर भई कोटेश्वर बस्ने ४० वर्षका लेखबिक्रम थापा, सिन्धुलीकै मूलपानी बस्ने २८ वर्षका गौरव तामाङ, कागेश्वरी मनोहरा नगरपालिका–६ का ३६ वर्षका सुमन नगरकोटी र सिन्धुपाल्चोक घर भई मूलपानी बस्ने १८ वर्षका रोशन कार्कीलाई पनि प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीका अनुसार विनोद कार्कीको थलीस्थित भाडाको कोठा खानतलासी गर्दा स्वदेशी तथा विदेशी ब्राण्डका गुणस्तरहीन मदिरा बनाइ कालोबजारी गर्ने गरेको पाइएको थियो ।

पक्राउ परेका नौ जना मिलेर बजारमा पाइने सामान्य मदिरालाई ब्राण्डेड रक्सीको बोतलमा मिसाएर बिक्री गर्ने गरेका थिए । उनीहरुले नक्कली मदिराहरु बजार मूल्यभन्दा सस्तोमा दिने गरेको प्रहरीको प्रारम्भीक अनुसन्धानबाट खुल्न आएको छ ।  

उनीहरुले नाम चलेका विभिन्न ब्राण्डका नक्कली मदिरा बेच्न आन्तरिक राजस्व कार्यालयको अन्तःशुल्कका नक्कली स्टिकरहरु प्रयोग गर्ने गरेको प्रहरीको अनुसन्धानबाट खुल्न आएको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सोमेन्द्रसिंह राठौरले बताए । घटनाबारे थप अनुसन्धान गरी आवश्यक कानूनी कारबाही गर्ने राठौरले बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार