मुख्य समाचार
मूल्यवृद्धिका कारण निर्माण क्षेत्र ठप्प, ‘निर्माण आपतकाल’ घोषणा गर्न व्यवसायीको माग | बुटवलमा ‘रैथाने सीप, कला र उत्पादन प्रदर्शनी’ हुने, ५५ स्टल रहने | मुलुकभर दोस्रो आर्थिक गणना सुरु : १५ लाख व्यावसायिक प्रतिष्ठानको विवरण सङ्कलन गरिँदै | डोकोको व्यापार | डिजेल र मट्टितेलको मूल्यमा भारी वृद्धि, प्रतिलिटर ३० रुपैयाँ बढ्यो | पूर्वाधार थपिँदा पर्यटक आकर्षित | सय रुपैयाँभन्दा बढीका सामानमा अनिवार्य भन्सार, निजी क्षेत्रको स्वागत | सात करोडमा बन्यो जिल्ला प्रशासन कार्यालय नवलपरासी भवन | जन्मदर्ता, विवाह दर्ताजस्ता पञ्जीकरणसम्बन्धी प्रमाणपत्र पनि नागरिक एपमा उपलब्ध हुने | सम्मरीमाई शीतभण्डार निर्माणमा भ्रष्टाचार : लुम्बिनीका तत्कालीन सचिव अधिकारीसहित १६ जनाविरुद्ध मुद्दा |

‘राजेन्द्र लिङ्देनले कांग्रेस सहमहामन्त्रीको छोराको तस्वीर र नाम सार्वजनिक गर्नुपर्छ’

Ujyalosandeshonline 10996+ समाचार ( )
१४ वैशाख २०८२, आइतबार

जनकपुर । नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवले भाटभटेनी लुटपाटमा संलग्न सहमहामन्त्रीको छोराको नाम र तस्वीर सार्वजनिक गर्न राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलाई चुनौती दिएका छन् ।

जनकपुरधामस्थित पार्टी कार्यालयमा आइतबार पत्रकार सम्मेलनमार्फत पूर्वमन्त्री समेत रहेका सहमहामन्त्री यादवले आफू र आफ्नो पार्टीलाई लक्षित गर्दै लिङदेनले लगाएको आरोप पुष्टि गर्न चुनौती दिएका छन् । होइन भने उनले कानुनी उपचार खोज्नेसमते जनाएका छन् । ‘चैत १५ गते भाटभटेनी लुटपाटमा कुन सहमहामन्त्रीको छोरा थियो ?तस्वीर सार्वजनिक गर्नुहोस । होइन भने हामी सहमहान्त्रीहरु तपाईविरुद्ध अदालत जान्छौ ।’उनले भने ।

गएको शुक्रबार राप्रपा अध्यक्ष लिङदेनले प्रतिनिधिसभामा आफ्नो धारणा राख्दै भाटभटेनीमा कांग्रेसका सहमहामन्त्रीको छोरा पनि पक्राउ परेको दावी गरेका थिए । गृहमन्त्रीको ठाडो आदेशमा सहमहामन्त्रीका छोरालाई तत्काल छाडेको भनेर प्रतिनिधिसभामा बताएका थिए । 

उनले राखेको अभिव्यक्तिको केही बेर नबित्दै केही मिडियाहरुले सहमहामन्त्री यादवको छोरा मुकेश यादव पनि भाटभटेनी लुटपाटमा पक्राउ परेको भनेर खबर प्रकाशित गरेका थिए । नेता यादवका दुई सन्ता मात्र छन् । डा. आकाश यादव र डा. विकास यादव । मानसिक तनाव र यसले गर्दा आफ्नो चरित्र हत्या भएको भन्दै सहमहामन्त्री यादवले लिङ्दने विरुद्ध अदालत जाने जानकारी दिए । 

उनले प्रतिनिधिसभामा गलत सूचना दिएर प्रतिनिधिसभा र जनतालाई भ्रमित गर्ने प्रयास गरेको नेता यादवले थपे । दुनियामा कतै नरहेको आदर्श र एजेण्डा लिएर राप्रपाले जनतालाई भ्रमित पार्न खोजेको आरोप नेता यादवको छ ।

लिङदेनको अभिव्यक्तिविरुद्ध नेपाली कांग्रेसले मधेश प्रदेशका आठै जिल्लामा आज प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने भएको छ । यसअघि उनको विरोधमा धनुषाका कांग्रेसी कार्यकर्ताले हिजो मात्र जनकपुरधाम महेन्द्रनगर सडकखण्डको लक्ष्मीनियाँ बजारस्थित चक्काजाम गरेर लिङदेनको पुतला जलाएका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार