मुख्य समाचार
हेलमेटमा लुकाएर ल्याएको रु सात लाख र ब्ल्याङ्क चेकसहित एक भारतीय पक्राउ | विद्यार्थीलाई प्रशासकीय अधिकृतको सुझाव : ‘सफलताका लागि निरन्तर प्रयास र कडा मेहनत आवश्यक’ | आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल | कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु | भन्सार छलेर ल्याइएका १७ लाख ५६ हजार बराबरका सामान बरामद | संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ: प्रधानमन्त्री | नवलपरासीमा ८० लाखभन्दा बढीका मोबाइलका सामान बरामद | नेपालबाट फर्सीको बीउ तस्करी, दुई भारतीय पक्राउ | संविधान राजनीतिक स्थायित्व, सामाजिक न्याय र समृद्धिको आधार भएकोः लुम्बिनीका मुख्यमन्त्री आचार्य | संविधान कार्यान्वयन प्रभावकारी बनाउनुपर्नेमा जोड |

रुपन्देहीमा प्रहरीको ‘अपरेसन साइलेन्ट स्ट्रिट्स’ : ठूलो आवाज निकाल्ने १९ मोटरसाइकल नियन्त्रणमा

Ujyalosandeshonline 12348+ समाचार ( )
२३ चैत्र २०८२, सोमबार

भैरहवा । रुपन्देहीमा बढ्दो ध्वनि प्रदूषण नियन्त्रण र सडक सुरक्षा सुनिश्चित गर्न जिल्ला प्रहरी कार्यालयले विशेष सक्रियता देखाएको छ । प्रहरीले सञ्चालन गरेको ‘अपरेसन साइलेन्ट स्ट्रिट्स’ अन्तर्गत स्वरुप परिवर्तन (मोडिफाइड) गरी ठूलो आवाज निकाल्ने १९ वटा मोटरसाइकल नियन्त्रणमा लिइएको छ ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दका अनुसार आइतबार राति १० बजेदेखि जिल्लाका विभिन्न स्थानमा विशेष जाँच अभियान चलाइएको थियो । रातिको समयमा ठूलो आवाज निकाल्दै सर्वसाधारणको शान्ति भंग गर्ने, जोखिमपूर्ण तवरले सवारी चलाउने र सडक असुरक्षा बढाउने सवारी साधनलाई लक्षित गरी यो अपरेसन सुरु गरिएको हो ।

प्रहरीका विभिन्न युनिटबाट खटिएको टोलीले रुपन्देहीका मुख्य सडक तथा चोकहरूमा आकस्मिक जाँच गर्ने क्रममा मापदण्ड विपरीतका ती सवारी साधन फेला पारेको जनाएको छ । विशेषगरी युवा पुस्ताले मोटरसाइकलको साइलेन्सर परिवर्तन गरी ध्वनी प्रदूषण गर्ने र तीव्र गतिमा सवारी चलाउने प्रवृत्ति बढेपछि प्रहरीले यसलाई कडाइका साथ नियन्त्रण गर्न थालेको हो ।

सूचना अधिकारी चन्दले सार्वजनिक सडकलाई सुरक्षित, व्यवस्थित र शान्त बनाउनका लागि यस्तो अभियानलाई आगामी दिनमा पनि निरन्तरता दिइने स्पष्ट पार्नुभएको छ । हाल नियन्त्रणमा लिइएका मोटरसाइकल र तिनका चालकमाथि सवारी तथा यातायात व्यवस्था ऐनअनुसार आवश्यक कारबाहीको प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ । प्रहरीको यो कदमले सहरी क्षेत्रमा हुने ध्वनि प्रदूषण कम हुने र सडक दुर्घटनामा समेत कमी आउने विश्वास लिइएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार