मुख्य समाचार
वर्तमान सरकारले सबै क्षेत्रमा निराशा मात्रै फैलायो : अध्यक्ष उपेन्द्र यादव | जुबेदा खातुन हत्या प्रकरण: दोषीमाथि कडा कारबाही गर्न पूर्व सांसद यादवद्वारा माग | त्रिदेवी बचत तथा ऋण सहकारीको १५ औँ वार्षिक साधारणसभा सम्पन्न | मर्चवारमा तीनदिने बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने | मकवानपुरमा डिजेल लोड ट्याङ्कर दुर्घटना : चालक रायमाझीको मृत्यु | राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आज बस्दै | सम्मरीमाईमा रुपन्देही समन्वय समितिको घुम्ती बैठक सम्पन्न | नमुना बोर्डिङमा शान्ति चित्रकला प्रतियोगिता सम्पन्न | युवालाई उद्यमी बनाउने प्रदेश सरकारको योजना छः मुख्यमन्त्री आचार्य | रुपन्देहीमा १८ ग्राम खैरो हेरोइनसहित एक युवक पक्राउ |

नरबहादुर कर्माचार्य वैचारिक निष्ठा र राजनीतिक वैचारिकताको प्रतिक : अध्यक्ष दाहाल

Ujyalosandeshonline 12614+ समाचार ( )
९ श्रावण २०८१, बुधवार

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीका संस्थापक नेता नरबहादुर कर्माचार्य वैचारिक निष्ठा र राजनीतिक वैचारिकताको प्रतिक भएको बताएका छन् । 

बुधबार नरबहादुर कर्माचार्य स्मृति सभा तथा प्रतिष्ठानकोले पार्टी कार्यालयमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले कर्माचार्यले सरलता, पारदर्शिता र अन्तिम समयसम्म पनि क्रान्तिप्रतिको निष्ठा नछोडेको उल्लेख गर्दै आउँदो पुस्ताले पनि उहाँलाई पछ्याइरहनुपर्ने बताए । 

उनले भने, ‘नरबहादुर कर्माचार्य हामी सबैका अभिभावक हुनुहुन्थ्यो । वैचारिक निष्ठा र राजनीतिक वैचारिकताको एउटा प्रतिक हुनुहुन्थ्यो । सरलता, पारदर्शिता र अन्तिम समयसम्म पनि क्रान्तिप्रतिको निष्ठा उहाँले कहिले पनि छोड्नु भएन ।

एउटा अभिभावकले दिने सुझाव र सल्लाहहरु दिइनै राख्नुहुन्थ्यो । मैले विगतमा पनि पटक पटक भनेको छु क्रान्तिकारी आन्दोलन खासगरि मेरो नेतृत्वमा जनयुद्धको तयारी हुँदै गर्दा कम्रेड नरबहादुर कर्माचार्य र उहाँको परिवारको सदस्यहरु पनि मलाई धेरै ठुलो प्रेरणा र सहयोग गर्नुभएको थियो ।’

कर्माचार्यले जीवनको उत्तरार्धमा पनि क्रान्तिकारी आन्दोलनप्रति सकारात्मक भाव राखेकै कारण माओवादी जनयुद्ध सफल एको दाहालको भनाइ थियो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार