मुख्य समाचार
त्रिदेवी बचत तथा ऋण सहकारीको १५ औँ वार्षिक साधारणसभा सम्पन्न | मर्चवारमा तीनदिने बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने | मकवानपुरमा डिजेल लोड ट्याङ्कर दुर्घटना : चालक रायमाझीको मृत्यु | राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आज बस्दै | सम्मरीमाईमा रुपन्देही समन्वय समितिको घुम्ती बैठक सम्पन्न | नमुना बोर्डिङमा शान्ति चित्रकला प्रतियोगिता सम्पन्न | युवालाई उद्यमी बनाउने प्रदेश सरकारको योजना छः मुख्यमन्त्री आचार्य | रुपन्देहीमा १८ ग्राम खैरो हेरोइनसहित एक युवक पक्राउ | नेपाल-भारत १०औँ समन्वय बैठक काठमाडौँमा सम्पन्न, सीमा सुरक्षा र प्रविधि प्रयोगमा जोड | परासीमा ट्रकको ठक्करबाट पत्रकार पोख्रेलको निधन |

दोस्रो गैडहवा गाउँपालिका अध्यक्ष कप ‘बी’ लेभल खुल्ला भलिबल प्रतियोगिता सुरु

Ujyalosandeshonline 12612+ समाचार ( )
२७ मंगशिर २०८०, बुधवार

भैरहवा । रुपन्देहीकाे गैडहवा तालको विकास तथा प्रचारप्रसार गर्ने उद्देश्यले बुधबारदेखि दोस्रो गैडहवा गाउँपालिका अध्यक्ष कप ‘बी’ लेभल खुल्ला भलिबल प्रतियोगिता सुरु भएको छ । गैडहवा–४ मा अवस्थित तालको विकासका लागि खुल्ला भलिबल प्रतियोगितासहित विविध साँस्कृतिक मेला सुरु भएको हो । 

स्थानीय शान्ति युवा क्लबको आयोजना तथा गैडहवा गाउँपालिका र वडा नम्बर ४ को सहयोगमा सुरु प्रतियोगिता मंसिर ३० गतेसम्म सञ्चालन हुनेछ ।

प्रतियोगिता तथा साँस्कृतिक मेलाको उद्घाटन गर्दै गैडहवा गाउँपालिकाका अध्यक्ष सुरेन्द्र पौडलले भगवान गौतमबुद्धको जन्मस्थल लुम्बिनीसँग जोडिएको गैडहवाको पर्यटन क्षेत्रको विकासका लागि यो प्रतियोगिता तथा साँस्कृतिक कार्यक्रमका माध्यमबाट महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गरे । उनले जिल्लाकै ठूलो ताल गैडहवामा हजारौं प्रजातीका चराहरु विचरण गर्ने थलोका रुपमा रहेको बताउँदै ताललाई विकास गर्ने गरी गाउँपालिकाले कार्यक्रम अघि बढाएको बताए ।

अध्यक्ष पौडेलले लुम्बिनीसँग गैडहवालाई जोड्न यहाँका पर्यटकीय क्षेत्रमा भौतिक संरचनाको विकास, नागरिकमा सीप विकास गरी होम स्टे सञ्चालको तयारी तथा सम्भाव्यताको अध्ययन गरी पर्यटकीय स्थलहरु थप गर्ने गरी पालिकाले काम अघि बढाएको बताए ।

प्रतियोगिता र ताल महोत्सवले समग्र गैडहवाको प्रचारप्रसारमा समेत महत्वपूर्ण योगदान पुग्ने अध्यक्ष पौडेलको विश्वास छ ।

त्यसै गरी गैडहवा गाउँपालिकाका निवर्तमान अध्यक्ष बच्चुलाल केवटले गाउँपालिकाको प्रोत्साहनमा क्लबले आयोजना गरेको प्रतियोगिता र साँस्कृतिक महोत्सवले समग्र गैडहवाको विकास र प्रचारप्रसारमा योगदान पुग्ने बताए । उनले यस प्रकारका कार्यक्रम गरेर पालिकाले यस क्षेत्रको पर्यटन प्रवद्र्धनमा सहयोग गरेको बताए ।
गैडहवा गाउँपालिका वडा नम्बर ४ का वडाअध्यक्ष सुरेन्द्रसिंह कुर्मीले गैडहवा तालको विकास मात्र नभइ समग्र गैडहवा क्षेत्रकै पर्यटन विकासमा प्रतियोगिता र महोत्सवले उत्साह थपेको बताए । 

कार्यक्रममा विभिन्न राजनीतिक दल, समाजसेवी, बुद्धिजीवीहरुले बोल्दै गैडहवा तालबाट पालिकाको नामाकरण गरिएकोले पालिकाले ताल विकाससँगै प्रचारप्रसार प्राथमिकताका साथ अगाडि बढाउन सुझाव दिए ।
प्रतियोगितामा देशभरका विभिन्न जिल्लाबाट एक दर्जन बढी टीमको सहभागीता रहेको आयोजक क्लबका अध्यक्ष टंकप्रसाद बस्नेतले जानकारी दिए ।

भलिबल प्रतियोगिताको विजेताले प्रथम पुरस्कार ७५ हजार नगद राशीसहित ट्रफी, कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने कार्यक्रम संयोजक यमप्रसाद अधिकारीले जानकारी दिए ।

त्यसै गरी उपविजेताले ५० हजार, तेस्रो हुने समुहले ३० हजार तथा सान्त्वता हुने समूहले २० हजार नगद राशीसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगिता सम्पन्न गर्न ८ लाख बढी खर्च अनुमान गरिएको छ।

कार्यक्रम उद्घाटनको अवसरमा स्थानीय परम्परा झल्किने साँस्कृतिक प्रस्तुती तथा स्थानीय कलाकारको नृत्य प्रस्तुत गरिएको थियो । तीन दिनसम्म सञ्चालन हुने प्रतियोगितामा जातीय तथा परम्परागत परिकारसँगै डुंगा सयर पनि गर्न पाइने आयोजकले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार