मुख्य समाचार
सशस्त्र प्रहरीद्वारा बाढी प्रभावित क्षेत्रका तीन हजार ६०० बढीको स्वास्थ्य उपचार | ‘अबको बजेटमा दलित अधिकार दशकका रूपमा विशेष कार्यक्रम ल्याइने’ | विपद्को समयमा सम्पूर्ण देशवासीको साथ र सहयोग आवश्यक छः अध्यक्ष दाहाल | भैरहवाको कालिङ्गा क्यासिनोमा जुवा खेलिरहेका पाँच नेपालीसहित ६ जना पक्राउ | नेपालबाट तस्कर गरी भारत पुर्‍याइएको ७२ बोरा चाइनिज लसुन एसएसबीद्वारा बरामद | बढ्दैछ महोत्तरीमा कोदोखेती | भोटेकोसी बाढीपीडितका लागि असरफी जामे मस्जिदद्वारा ७३ हजार सहयोग | सरकारलाई विपक्षी दलको सन्देशः ‘राष्ट्रिय विपत्तिमा हामी सँगै छौँ’ | उद्योगमन्त्री यादवद्वारा राजीनामा | भोटेकोसी बाढीपीडितका लागि असरफी जामे मस्जिदद्वारा ७३ हजार सहयोग |

मदरसा गौसिया रिजबिया अहले सुन्नत गरीब नवाजमा पैगम्बर मोहम्मदको १५ औं स्वर्ण जयन्ती भव्यताका साथ सम्पन्न

Ujyalosandeshonline 12284+ समाचार ( )
२० भाद्र २०८२, शुक्रबार

भैरहवा । पैगम्बर मोहम्मद सल्लल्लाहे अलैहे वसल्लमको १५ औं स्वर्ण जयन्तीको उपलक्ष्यमा रोहिणी-२, खुरहुरियास्थित मदरसा गौसिया रिजबिया अहले सुन्नत गरीब नवाजमा एक भव्य कार्यक्रम सम्पन्न भएको छ। यस अवसरमा ईद मिलादुन नबीको शुभकामना आदानप्रदान गरियो, जसले सम्पूर्ण मुस्लिम समुदायमा खुसी र उमंग ल्याएको छ। यस पर्वले पैगम्बर मोहम्मदको शिक्षा र आदर्शलाई आत्मसात गर्न प्रेरित गरेको छ।

कार्यक्रममा नवजनाने कमिटि अहले सुन्नत खुरहुरियाको सक्रिय सहभागिता रहेको थियो। मदरसाका प्रधानाध्यापक मौलानाको गरिमामय उपस्थितिमा भएको यस कार्यक्रमको अध्यक्षता अकबाल खानले गर्नुभएको थियो।

अध्यक्ष अकबाल खानले कार्यक्रममा बोल्दै यस अवसरमा संकलित धान, चामल लगायतका सामग्रीहरू मदरसा सञ्चालनका लागि महत्त्वपूर्ण सहयोग पुग्ने बताउनुभयो। उहाँले यस प्रकारको सहयोगले मदरसालाई थप प्रभावकारी रूपमा अगाडि बढाउन मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो।

कार्यक्रममा रोहिणी गाउँपालिका वडा नम्बर २ का वडाअध्यक्ष करम खानको पनि विशेष उपस्थिति थियो। उहाँले यस्ता धार्मिक तथा सामाजिक कार्यक्रमले समुदायमा सद्भाव र एकता कायम गर्न मद्दत पुग्ने धारणा व्यक्त गर्नुभयो। यस कार्यक्रमले धार्मिक सहिष्णुता र सामाजिक एकताको सन्देश प्रवाह गरेको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार