कृषि विकास रणनीति परिमार्जन गर्न आवश्यक

Ujyalosandeshonline 12204+ समाचार ( )
६ मंगशिर २०८१, बिहीबार

काठमाडौ । कृषि  तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले कृषि विकास रणनीतिलाई समय अनुकुल परिमार्जन गर्न जरुरी रहेको बताएका छन् ।

बिहीबार काठमाडौंकृषि विकास रणनीति कार्यान्वयन समिक्षा र परिमार्जनका लागि आयोजित अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री अधिकारीले जिबिको पार्जनका लागि कृषि कर्म गर्नेहरुलाई पनि व्यवसायिक कृषिमा ल्याउन सक्नेगरि कृषि विकासको रणनीति परिमार्जन आवश्यक रहेकोमा जोड दिए ।  

मन्त्री अधिकारीले संघीयता लागू भइसकेपछि कृषिको प्राविधिक क्षमतामा विकास हुनुपर्ने अपेक्षा थियो तर किसानले आवश्यकतामा समयमै कृषि प्राविधिक पाउन  नसकिएको गुनासो गरे । 

कृषि क्षेत्रमा बजेट धेरै देखिए पनि अनुदान र मल खरिदमा खर्च हुने गरेकाले कृषिको समग्र विकासका लागि कृषि क्षेत्रमा थप वजेट आवश्यक रहेकोमा पनि मन्त्री अधिकारीले जोडदिए । 

२०७२ देखि लागू भएको कृषि विकास रणनीति हाल परिमार्जनको चरणमा रहेको छ । रणनीति परिमार्जनका लागि सातै प्रदेशमा सरोकारवालाहरु बिच छलफल गरि सुझाव लिएको छ ।  पुर्वसचिब गणेशराज जोशीको सयोजकत्वमा रणनीति परिमार्जनका लागि बिज्ञ समुहले कार्य गरेको छ ।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार