मुख्य समाचार
वर्तमान सरकारले सबै क्षेत्रमा निराशा मात्रै फैलायो : अध्यक्ष उपेन्द्र यादव | जुबेदा खातुन हत्या प्रकरण: दोषीमाथि कडा कारबाही गर्न पूर्व सांसद यादवद्वारा माग | त्रिदेवी बचत तथा ऋण सहकारीको १५ औँ वार्षिक साधारणसभा सम्पन्न | मर्चवारमा तीनदिने बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने | मकवानपुरमा डिजेल लोड ट्याङ्कर दुर्घटना : चालक रायमाझीको मृत्यु | राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आज बस्दै | सम्मरीमाईमा रुपन्देही समन्वय समितिको घुम्ती बैठक सम्पन्न | नमुना बोर्डिङमा शान्ति चित्रकला प्रतियोगिता सम्पन्न | युवालाई उद्यमी बनाउने प्रदेश सरकारको योजना छः मुख्यमन्त्री आचार्य | रुपन्देहीमा १८ ग्राम खैरो हेरोइनसहित एक युवक पक्राउ |

महिला टी–२० सिरिज : नेपालको लगातार तेस्रो हार

Ujyalosandeshonline 12614+ समाचार ( )
२० माघ २०८१, आइतबार

काठमाडौं । नेपाली महिला टी–२० अन्तर्राष्ट्रिय शृंखलामा नेपाली टिमले लगातार तेस्रो हार बेहोरेको छ । आइतबार घरेलु मैदान कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा नेपाललाई नेदरल्यान्ड्सले १५ रनले पराजित गरेको हो ।

खेलमा नेदरल्यान्ड्सले नेपाललाई १४१ रनको लक्ष्य दिएको थियो । लक्ष्य पछ्याउने क्रममा नेपालले निर्धारित २० ओभर ब्याटिङ गरे पनि आठ विकेट गुमाएर १२५ रनमात्र बनाउन मात्र सफल भयो  ।

नेपालकी कप्तान इन्दु बर्माले सर्वाधिक ३० रन बनाइन् । उनले ३२ बलमा एक छक्का प्रहार गरिन् । ओपनर सम्झना खड्काले २५ बलमा चार चौकासहित २३ रन थपिन् । यस्तै, पूजा महतोले १८ रन बनाउँदा कविता जोशीले १४ र सीता रानामगरले १० रन जोडेका थिए ।  

नेदरल्यान्ड्सकी एरिस ज्विलिङ, हिथर साइगेर्स र क्यारोलिन डे लिंगेले समान दुई विकेट लिइन् । यस्तै, इभा लिंक र इसाबेल भान डेर वोनिङले एक–एक विकेट लिइन् ।नेपालले अब मंगलबार थाइल्यान्डविरुद्ध प्रतिस्पर्धा गर्नेछ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार