मुख्य समाचार
‘शैक्षिक सुधारका लागि विशेष बजेटको व्यवस्था गरिनेछ’ | तीन करोडभन्दा बढी लागतमा निर्मित ट्राफिक प्रहरी भवन उद्घाटन | बुद्ध जयन्तीको अवसरमा धकधईमा विपन्नलाई झुल वितरण | प्रकृति टाढिँदा अस्तित्वको लडाइँमा लोपोन्मुख–सीमान्तकृत आदिवासी | नागरिक सचेत नभई विकास सम्भव छैन – इस्तियाक अहमद खान | भन्सार कडाइपछि रक्सौल सुनसान, वीरगञ्ज बजारमा चहलपहल | केही स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना | गाउँ पर्यटन ‘मार्टः परम्परागत ज्ञान , सीप र संस्कृतिको संरक्षणको अनुभव आदानप्रदान गर्ने साझा मञ्च | नारायणगढ–बुटवल सडकः दाउन्नेमा एकतर्फी ढलानको काम सकियो | उभौली पूजा |

प्रतिपक्षीसँग आक्रोशित प्रचण्ड भन्छन् : ‘बालकुमारी घटनाबारे अध्ययनमा छु’

Ujyalosandeshonline 11152+ समाचार ( )
१२ फाल्गुन २०८०, शनिबार

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बालकुमारी घटनाको छानबिन गर्न गठित समितिले बुझाएको प्रतिवेदन आफूले अध्ययन गरिरहेको भन्दै अध्ययन पश्चात्मात्रै दोषीलाई कारबाहीको लागि निर्णय गर्ने बताएका छन् ।

शनिबार बिहान सिंहदरबारमा बसेको माओवादी केन्द्रको संसदीय दलको बैठकमा बोल्दै प्रधानमन्त्री दाहालले बालकुमारी घटनाको प्रतिवेदन आफूले प्राप्त गरिसकेको र अध्ययनकै क्रममा रहेको जानकारी गराएका हुन् ।

दाहालले भने, ‘बालकुमारी घटनाको प्रतिवेदन अध्ययन गरेर निर्णय गरिन्छ । आयोग बनाएर छानबिन गर्ने निर्णय सरकारकै हो । प्रतिवेदन अध्ययनको प्रक्रियामा छ। अध्ययनपश्चात् आवश्यक निष्कर्षमा पुग्छौं।’

बालकुमारी घटनामा छानबिन गर्न गठित समितिले बुझाएको प्रतिवेदनमा बहालवाला भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालालगायतका अधिकारीहरु दोषी पाइएको बताइएको छ ।

गत पुस १३ मा ललितपुरको बालकुमारीस्थित ईपीएस कोरिया शाखा कार्यालयमा परीक्षा फाराम भर्ने विषयमा विवाद हुँदा भएको प्रदर्शनमा प्रहरीले गोली चलाएपछि अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको मृत्यु भएको थियो ।

दुई युवाको ज्यान जानेगरी भएको घटनाको प्रधानमन्त्री दाहालले नै निष्पक्ष छानबिन गराउने प्रतिबद्धता संसदको रोस्टममा उभिएर गरेका थिए । तर, छानबिन समितिले दोषी किटान गरेरै प्रतिवेदन बुझाउँदा पनि सरकारले दोषीलाई कारबाही गरेको छैन् । प्रतिपक्षी दल लगायतले लगातार दोषीलाई कारबाहीको माग गर्दै सदन प्रधानमन्त्रीको जवाफ मागिरहेका छन् ।

शुक्रबार प्रतिनिधि सभा बैठकमा बोलेका अधिकांश सांसदहरुले बालकुमारी घटनाका दोषीलाई कारबाहीको माग गर्दै सरकारको जवाफ मागे । विशेषगरी प्रतिपक्षी दल नेकपा एमाले,राष्ट्रिय स्वतन्त्र पार्टी,राष्ट्रिय प्रजातन्त्र पार्टी र स्वतन्त्र सांसदहरुले जोड दिएरै लगातार मन्त्रीको राजिनामा मागेका छन् ।

संघीय संसदमा जवाफ नदिएको सरकारले आज बालकुमारी घटनाको प्रतिवेदनबारे क्षेत्राधिकार सरकारको भएको र प्रतिपक्षले राजनीतिक संस्कार देखाउनुपर्ने टिप्पणी प्रधानमन्त्री दाहालले गरेका छन् । ‘यो सरकारको क्षेत्राधिकार हो। प्रतिपक्षले राजनीतिक संस्कार देखाउनुपर्छ,’प्रधानमन्त्री दाहालले भनेका छन् ।

बैठकमा दाहालले आगामी मन्त्रिपरिषद् बैठकपछि सरकारको तर्फबाट संसदमा विधेयकहरू प्रस्तुत गर्ने तयारी गरेकाले प्रस्तुत विधेयकहरू पारित गराउन सांसदहरूलाई निर्देशन दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

‘आउने क्याविनेट बैठकमा छलफल गरेर संसदमा विधेयकहरू पेश गर्ने सरकारको तयारी छ । विधेयकहरू पारित गराउन तपाईहरूले प्रभावकारी भूमिका खेल्नुहोस् ।’

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार