तीन सय किलो गाँजा बरामद

रासस 622+ समाचार ( )
३ भाद्र २०८३, बुधवार

सर्लाही । सर्लाहीको कौडेनाबाट प्रहरीले ठूलो परिमाणमा लागूऔषध गाँजा बरामद गरेको छ । प्रहरीले कौडेना गाउँपालिका–१, लक्ष्मीपुरस्थित बाँसघारी नजिकै गँहुको भुस राख्न बनाएको बाँसको कच्ची घरबाट तीन सय किलो गाँजा बरामद गरेको हो । विशेष सूचनाको आधारमा पुगेको प्रहरी टोलीले ३० वटा पोकामा लुकाइराखेको गाँजा बरामद गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमले जानकारी दिनुभयो ।

गाँजा बरामद भएको उक्त बाँसको कच्ची घर स्थानीय विजय पटेलको रहेको खुलेको छ । घरधनी पटेल भने फरार रहेकाले उनको खोजी तथा बरामद लागूऔषधको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको हो । यस क्षेत्रमा यसअघि पनि प्रहरीले ठूलो परिमाणमा गाँजा बरामद गरेको थियो । लागूऔषध गाँजाको ओसारपसारको केन्द्र बनेको यस गाउँलाई प्रहरीले उच्च निगरानीमा राखेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार