मुख्य समाचार
पोखरा–दुबई सिधा उडानः टिकट बुकिङ खुला | लुम्बिनी प्रदेश प्रहरीको विशेष ‘अपरेसन’, सुशासनका पक्षमा सहयोग | पर्यटन प्रर्द्धनका लागि ‘नेपाल बुझ्न गोरखा जाऔँ’ अभियान | स्वास्थ्य मन्त्रालयद्वारा क्यान्सरको औषधिसहज उपलब्ध बिरामीलाई गराउने | पहिरोले अवरुद्ध कर्णाली करिडोर एकतर्फी खुल्यो | केरा खेतीबाट आत्मनिर्भर बन्दै बोरुङका किसान | रगतको अभाव हुन नदिन रक्तदान महोत्सव जेठ ३० मा आयोजना हुने | रासायनिक मल उठाउन तथा वितरण प्रक्रियामा आवश्यक समन्वय गर्न निर्देशन | टिपर दुर्घटनामा एक जनाको मृत्यु, एक घाइते | मुस्ताङमा रसिलो स्याउको ब्रान्डी बनाउने सरकारी उद्योग बन्द |

मेची राजमार्गको ठाउँ ठाउँमा अवरोध, खुलाउने प्रयास जारी

Ujyalosandeshonline 11514+ समाचार ( )
२१ अशोज २०८२, मङ्गलबार

इलाम । लगातारको बर्षाका कारण अवरुद्ध भएको मेची राजमार्गको विभिन्न खण्डको पहिरो हटाउने काम जारी छ । सडक डिभिजन कार्यालय इलामका अनुसार मेची राजमार्गको बिब्ल्यॉटे–रॉके खण्डमा पहिरो पन्साउने काम भइरहेको छ । बिब्ल्यॉटेबाट पुवाखोला–साखेजुङ–रॉके जाने राजमार्गको सानवीरे खोल्सीमा ठूलो पहिरो पन्साउने काम भइरहेको छ ।

रॉकेतिरबाट मिलगोलाईसम्म गाडी आउन अवरोध छैन । तर, मिलगोलाई, बञ्चरे गोलाई र सानवीरे खोल्सीको अवरोध हटाउन केही समय लाग्ने भएको छ । बुधबार सम्म उक्त खण्ड खुल्न सक्ने अनुमान गरिएको छ । 

यता, माईखोला (राजदुवाली) सडक खण्डको अवरोध हटाउन समय लाग्ने देखिएको छ । सडक डिभिजन इलाममार्फत परिचालन भइरहेका उपकरणहरुले पहिरो हटाउने कार्य गरिरहेको र यथासक्य चाँडो राजमार्ग खुलाउने प्रयास भइरहेको छ ।

मेची क्षेत्रको ‘लाइफलाइन’ मानिने मेची राजमार्ग दर्जनौं ठाउँमा अवरुद्ध छ । झापा–इलाम सीमा जोरकलशदेखि फिक्कलसम्म खास अवरोध नभएपनि गोदक, राजदुवाली, नेपालटारगायत ठाउँमा ठूला अवरोध छन् । मेची राजमार्ग झापा–इलाम–पाँचथर र ताप्लेजुङ जोड्ने मुख्य पक्की मार्ग हो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार