मुख्य समाचार
अर्थमन्त्री डा वाग्ले र विश्व बैंक समूहका अध्यक्ष बाङ्गाबीच अमेरिकामा द्विपक्षीय भेटवार्ता | लालबकैया तटबन्ध मर्मत तथा विस्तारको माग गर्दै प्रधानमन्त्रीसमक्ष निवेदन | सुन्तलामा रोग लागेपछि किसान चिन्तामा | लुम्बिनी र सीमावर्ती पर्यटन प्रवर्द्धनका लागि भैरहवामा दुई दिने सडक खाना महोत्सव | नारायणी नदीले बगाएको राइनो क्रुज अझै झिक्न सकिएन | व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल | भैरहवा घुम्ती शिविरबाट अपाङ्गता भएका ८१ बालबालिका लाभान्वित | सडक खन्ने क्रममा पहिरो खस्दा तीन जना पुरिए : उद्धार जारी | चिकित्सकको अभावमा सास्ती भोग्दै बर्दिया अस्पताल | अब्दुल सत्तार मुस्लिम क्लस्टरबाट कांग्रेसको सहमहामन्त्री उम्मेदवार |

बजेट अधिवेशन सञ्चालनबारे सभामुख घिमिरेले प्रमुख दलहरूसँग छलफल गर्ने

Ujyalosandeshonline 12461+ समाचार ( )
२५ वैशाख २०८१, मङ्गलबार

काठमाडौं । बजेट अधिवेशन सञ्चालनबारे सभामुख देवराज घिमिरेले प्रमुख दलका शीर्ष नेताहरूसँग आज छलफल गर्दैछन् । संसद्को बजेट अधिवेशन २८ वैशाखदेखि सुरु हुँदैछ । सभामुख घिमिरेले मंगलबार विहान ११ बजे सिंहदरबारस्थित कार्यकक्षमा दलका नेताहरूलाई छलफलका लागि बोलाएका छन् । 

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा संसदीय छानविन समितिको माग गर्दै संसद्मा गृहमन्त्री रवि लामिछानेलाई अवरोध गर्दै आएको छ । त्यसको निरन्तरता रहे बजेट ल्याउनसम्म पनि समस्या पर्ने भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल र सभामुख घिमिरले संसद्मा अवरोध हटाउन प्रयास गर्दै आएका छन् । 

उनको सचिवालयका अनुसार सभामुख घिमिरेले मंगलबार प्रधानमन्त्री दाहाल, विपक्षी दलका नेता शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, रास्वपाका सभापति एवम् गृहमन्त्री रवि लामिछाने र राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनलाई छलफलका लागि बोलाएका छन् । 

सभामुख घिमिरेले यसअघि पनि संसद् खुलाउने विषयमा पटक पटक प्रयास गर्दै आएका छन् । तर त्यसबारे सहमति जुट्न सकेको छैन । कांग्रेसले संसदीय छानविन समिति गठनलाई बटमलाइन बनाएर अघि बढेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार