मुख्य समाचार
पूर्व प्रदेशसभा सदस्य फकरुद्दिन खान रास्वपामा प्रवेश | जग्गा भाडामा लिएर सयपत्री खेती | बडादसैँको शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री भन्नुहुन्छः विदेशिनुपर्ने बाध्यता अन्त्य गर्न सरकार प्रतिबद्ध छ | आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै | राष्ट्रपतिद्वारा बडादसैँको शुभकामना | भैरहवामा मिथिलाञ्चल समाजको शुभकामना आदानप्रदान एवम् सांस्कृतिक कार्यक्रम सम्पन्न | नेपाल प्रहरी जनताको सेवा र विधिको शासनप्रति सदैव प्रतिबद्ध छ : महानिरीक्षक कार्की | भन्सार छलीका रु नौ लाखभन्दा बढीका मोबाइल पार्टपुर्जा बरामद | काँग्रेसमा गुट-उपगुट अन्त्य गरी पार्टीलाई एकढिक्का बनाउन नेताहरूको जोड | प्रधानमन्त्री शाहको भारत भ्रमण आगामी मङ्सिर दोस्रो साता हुने |

पश्चिम नवलपरासीमा भव्यताका साथ मनाइँदै मोहम्मद जयन्ती

Ujyalosandeshonline 12547+ समाचार ( )
१७ भाद्र २०८२, मङ्गलबार

परासी । इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मद पैगम्बरको १५०० औं जन्म जयन्ती पश्चिम नवलपरासीमा यस वर्ष विशेष भव्यताका साथ मनाइने भएको छ । मोहम्मद जयन्ती नजिकिँदै गर्दा यहाँका मुस्लिम समुदाय बृहत र्याली, शुभकामना आदानप्रदान तथा विविध सामाजिक कार्यक्रमहरूको आयोजना गरी यो पर्वलाई धुमधामका साथ मनाउने तयारीमा जुटेका छन् ।

ओल्मा फाउण्डेसन नेपालका केन्द्रीय अध्यक्ष सैदय गुलाम हुसैनले नवलपरासीमा तीन दिनसम्म हर्षोल्लासका साथ मोहम्मद जयन्ती मनाउन लागिएको जानकारी दिनुभयो। परासी प्रेस क्लबले परासीमा आयोजना गरेको एक साक्षात्कार कार्यक्रममा बोल्दै हुसैनले भदौ २० गते मनाइने यस वर्षको मोहम्मद जयन्तीका लागि विभिन्न सामाजिक कार्यक्रमहरू तय गरिएको बताउनुभयो।

कार्यक्रम तालिका अनुसार, भदौ १८ गते परासी क्याम्पसमा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना हुनेछ। यस्तै, भदौ १९ गते बिहान बुद्धचोकमा रक्तदान कार्यक्रम राखिएको छ भने सोही दिन साँझ शान्तिको कामना गर्दै पन्ध्र सय दीप प्रज्वलन गरिनेछ। जयन्तीको मुख्य दिन भदौ २० गते पृथ्वीचन्द्र अस्पतालका बिरामीलाई फलफूल वितरण गरिनेछ र दिउँसो बृहत र्यालीसहित खुशीयालीका साथ मोहम्मद जयन्ती मनाइनेछ।

जिल्ला मदरसा, मस्जिद, कब्रस्तान संरक्षण समितिका अध्यक्ष अमिरुल्लाह मियाका अनुसार, भदौ २० गते रामग्राम–१२ बाट सुरु हुने बृहत र्यालीमा जिल्लाभरबाट करिब ५ हजार मुस्लिम समुदायको सहभागिता रहने अपेक्षा गरिएको छ। र्यालीलाई मर्यादित र व्यवस्थित बनाउन एक हजार स्वयम्सेवक युवाहरू खटाइने उहाँले जानकारी दिनुभयो।

समितिका उपाध्यक्ष काशिद अलिको भनाइ अनुसार, मोहम्मदको जन्म इस्लामी पात्रो हिजरी संवत्को रवि अव्वल महिनामा साउदी अरबको मक्कामा भएको थियो। यो दिवसले मुस्लिम समुदायलाई एकताको सूत्रमा बाँध्नका साथै भाइचाराको सम्बन्ध कायम गर्न मद्दत पुर्याउने अलिले बताउनुभयो।मोहम्मद जयन्तीको अवसरमा मुस्लिम समुदायले आयोजना गर्ने कार्यक्रमको तयारीमा जुटेका छन्।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार