मुख्य समाचार
विभिन्न शैक्षिक परामर्श केन्द्रका ६९ जना सञ्चालक नियन्त्रणमा | पंचकन्या रूपन्देही सुपरलिगः मेलवर्नद्वारा नेपथ्य तिलोत्तमा पराजित | ‘करेन्ट’ र ‘लाली’ चाउचाउसहित ‘ज्याकन्याक क्रेकर्स’ बिस्कुट गुणस्तरहीन, बजारबाट तत्काल फिर्ता गर्न सरकारको आदेश | ढोरपाटनमा फस्टाउँदै पर्यटन व्यवसाय, ३९ होटल तथा होमस्टे सञ्चालनमा | स्थानीय तहको बेरुजु दुई खर्ब नाघ्यो | भोजपुरको मानेभञ्याङ बजार | इन्धन र निर्माण सामग्रीको मूल्यवृद्धिले आयोजना प्रभावित | डिएसपी जिसी वैशाख महिनाको ‘उत्कृष्ट प्रहरी’ | नेपाल–भारत व्यापार विस्तारबारे कोलकातामा छलफल | मानव बेचबिखनका दलाललाई कडा सजाय देउ, सीमापारि नर्कमा रहेका चेलीको तत्काल उद्धार गर: सांसद पौड्याल |

सहकारी क्षेत्रमा असुरक्षा बढेको गुनासो, गृहमन्त्रीलाई ध्यानाकर्षण गराइयो

Ujyalosandeshonline 11273+ समाचार ( )
१७ असार २०८१, आइतबार

काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले सहकारीका विषयमा सरकारको गम्भीर चासो रहेको बताएका छन् । उनले अवाञ्छित गतिविधिमा संलग्न जो कोहीलाई पनि कानुनी कारवाही हुने बताए ।

गृहमन्त्री लामिछानेले नेपालको सहकारी अभियानको तर्फबाट राष्ट्रिय सहकारी महासंघको अध्यक्ष ओमदेवी मल्लको नेतृत्वमा गएको उच्चस्तरिय प्रतिनिधिमण्डलसंग छलफलको क्रममा उक्त कुरा बताएका हुन् । साथै उनले सहकारी अभियानको माग सम्वन्धमा आवश्यक अध्ययन गरी गृहमन्त्रालयबाट परिपत्र गर्ने आश्वासन समेत दिए ।

उक्त क्रममा सहकारी अभियानको तर्फबाट महासंघका अध्यक्ष मल्लले सहकारी संघ संस्थाको ऋण असुली तथा धितो लिलाम प्रकृयामा अराजक समूहले अवरोध पुर्याएको भन्दै आवश्यक सुरक्षा व्यवस्थाको लागि गृहमन्त्रालयको ध्यानाकर्षण गराएका थिए ।

साथै सहकारी संस्थाको ऋण तिर्नुपर्दैन भनी केही अराजक समूहबाट भ्रम फैलाईएको, ऋण असुलीमा जाने कर्मचारीमाथि गालीगलौज, धम्की प्राप्त भएको, धितो लिलामी प्रकृयामा अवरोध सिर्जनालगायतका कार्यले सहकारी संघ संस्थाको चालू आर्थिक वर्षको खातावन्दीमा नकारात्मक असर परेको भन्दै आवश्यक सुरक्षा व्यवस्थाका लागि  मन्त्रालयबाट परिपत्र गरी दिन माग राखेकी थिइन ।

महासंघका निवर्तमान अध्यक्ष मीनराज कंडेलले सहकारी संघ संस्थालाई राजस्व तिर्नुपर्दैन जस्ता गम्भीर विषयमा अराजक समूहबाट भ्रम सिर्जना गरेको हुँदा राज्यले तत्काल कारवाहीको दायरामा ल्याउनुपर्ने कुरामा जोड दिए ।

प्रतिनिधिमण्डलमा महासंघका उपाध्यक्ष डिवि वस्नेत, संचालक काशिचन्द्र वराल, महाप्रवन्धक चित्रा कुमारी थाम्सुहांङ सुव्वाको सहभागिता रहेको थियो भने छलफलमा क्रममा नेपाल वचत तथा ऋण केन्द्रिय सहकारी संघका अध्यक्ष चन्द्र ढकाल र राष्ट्रिय सहकारी बैंकका प्रमुख कार्यकारी अधिकृत वद्री गुरागाईले सहकारी क्षेत्रको समस्या समाधानका लागि गर्नुपर्ने विषयमा कुरा राखेका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार