मुख्य समाचार
वर्तमान सरकारले सबै क्षेत्रमा निराशा मात्रै फैलायो : अध्यक्ष उपेन्द्र यादव | जुबेदा खातुन हत्या प्रकरण: दोषीमाथि कडा कारबाही गर्न पूर्व सांसद यादवद्वारा माग | त्रिदेवी बचत तथा ऋण सहकारीको १५ औँ वार्षिक साधारणसभा सम्पन्न | मर्चवारमा तीनदिने बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने | मकवानपुरमा डिजेल लोड ट्याङ्कर दुर्घटना : चालक रायमाझीको मृत्यु | राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आज बस्दै | सम्मरीमाईमा रुपन्देही समन्वय समितिको घुम्ती बैठक सम्पन्न | नमुना बोर्डिङमा शान्ति चित्रकला प्रतियोगिता सम्पन्न | युवालाई उद्यमी बनाउने प्रदेश सरकारको योजना छः मुख्यमन्त्री आचार्य | रुपन्देहीमा १८ ग्राम खैरो हेरोइनसहित एक युवक पक्राउ |

विद्युत आपूर्ति कटौती हुँदा नेपाल सिमेन्ट उत्पादक संघको गम्भिर ध्यानाकर्षण

Ujyalosandeshonline 12614+ समाचार ( )
५ चैत्र २०८१, बुधवार

काठमाडौं । नेपाल विद्युत प्राधिकरणबाट सिमेन्ट उद्योगहरुलाई उपलब्ध गराउदै आएको विद्युत आपूर्ति कटौती (लोडसेडिङ्ग) भएको विषयप्रति नेपाल सिमेन्ट उत्पादक संघको गम्भिर ध्यानाकर्षण भएको छ । बुधवार एक विज्ञप्ती जारी गर्दै विद्युत कटौती हुँदा उद्योगले थप आर्थिक व्ययभार व्यहोर्नु पर्ने र आम उपभोक्ता मार्कामा पर्ने नेपाल सिमेन्ट उत्पादक संघले जनाएको हो । 

विज्ञप्तीमा लेखिएको छ,‘सिमेन्ट उद्योग जस्तो अत्यावश्यक वस्तु उत्पादन गर्ने उद्योगका लागि निरन्तर २४ सै घण्टा विद्युत आपूर्ति नहुँदा उद्योगले थप आर्थिक व्ययभार व्यहोर्नु पर्ने र यसको फलस्वरुप आम उपभोक्ता लगायत सर्व साधारण जनता मार्कामा पर्न जाने छन् ।’

सिमेन्टमा मुलुकलाई आत्मनिर्भर बनाई आयात प्रतिस्थापन गरी छिमेकी मूलुकमा निर्यात समेत गर्न थालेको समयमा विद्युत कटौतीले मुलुकको राजस्व वृद्धिमा समेत नकरात्मक असर पर्ने विज्ञप्तीमा भनिएको छ । सिमेन्ट उद्योगहरुमा नेपाल विद्युत प्राधिकरणबाट दैनिक १२ देखि १४ घण्टा सम्म अघोषित लोडसेडिङ्ग गरेको हुँदा यस संघको गम्भीर रुपमा ध्यानाकर्षण हुन गएको हो । 

नेपालसिमेन्टउत्पादक संघले २४ सै घण्टाविद्युतउपलब्ध गराउनको लागिनेपालविद्युतप्राधिकरण, उर्जा जलश्रोत तथासिचाई मन्त्रालय, उद्योग वाणिज्यतथाआपूर्ति मन्त्रालय, विभिन्न संसदीय समितिहरु लगायतका सरोकारवाला संस्था र अधिकारीहरुलाई हार्दिक अनुरोध समेत गरेको छ । हालको लोड सेडिङ्गका कारण उत्पादन लागत वृद्धिहुने भएकोले लागत अनुसारको विक्री मूल्य निर्धारण गर्नु पर्ने वाध्यात्मक परिस्थिती सिर्जना भएको पनि संघले जानकारी दिएको छ  । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार