मुख्य समाचार
प्रहरीबाट अवकाशपछि कृषि पेसामा रमाइरहेका विष्ट | खप्तडको त्रिवेणी क्षेत्र | तत्कालीन प्रमुख मालपोत अधिकृतसहित पाँच जनाविरुद्ध मुद्दा दायर | भोटेकाशी बाढीः दिवङ्गत प्रहरीको परिवारलाई १० लाख आर्थिक सहायता र ऋण मिनाहा | रसुवा बाढीपीडितलाई कोटहीमाई गाउँपालिकाको ३५ लाख सहयोग | रोहिणीबाट रु. २६ लाखभन्दा बढीको अवैध मोटर पार्टस र गाडीसहित चालक पक्राउ | डोल्पा तीन स्थानीय तहद्वारा पाँच लाख सहयोग | ‘स्थलगत अध्ययन नगरी पञ्चकुण्ड हिमताललाई जोखिमयुक्त भन्न मिल्दैन’ | अर्घाखाँची सिमेन्टद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु छ लाख ७५ हजार सहयोग | पहिरोले अवरुद्ध कालीगण्डकी करिडोर सडक सञ्चालन |

रारा र कर्णालीको पानी बोकेर सगरमाथा चढेका बोहोरालाई मुगुमा भब्य स्वागत

दान बहादुर बुढा 45+ समाचार ( )
१९ जेठ २०८२, आइतबार

मुगु । सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका मुगुको छाँयानाथ रारा नगरालिका १३ थर्प गाउँका अक्कलबहादुर बोहोरालाई जिल्लामा भब्य स्वागत गरिएको छ ।  ४६ वर्षीय बोहोरालाई मुगुबाटै पहिलो पटक सगरमाथाको आरोहण गरेका हुन् । आरोहणपछि जिल्ला पुग्दा शुभेच्छुकहरुले नाचगान सहित स्वागत गरेका हुन् । उनलाई नाचगान, बजागाजा, दोसल्ला खादा, अबिर, फुलमाला लगायत देउडा मागल, झोजा गीतमार्फत भब्य स्वागत गरिएको हो । 

अक्कल बोहोरा चैत्र २३ गते गृह जिल्लाबाट रारा र मुगु कर्णाली नदीको पानी लिएर आरोहण यात्रामा हिडेका उनले २०२५ मे २०, बिहान ८ः५८ बजे सगरमाथाको चुचुरोमा पाइला राखेका थिए । पछिल्ला बर्ष स्पेनको कोष्टा ब्लाङ्कास्थित आल्भिर शहरमा बस्दै आएका बोहोराले रारा र कर्णाली नदीको प्रचारका लागि सगरमाथा आरोहण गरेको बताए । ४२ दिन लगाएर उनले सफल आरोहण गराएका हुन् । 

बिगत लामो समयदेखि लिएको लक्ष्य अनुसार पहिलो पटक सगरमाथाको शिखरमा पुगेर सपना पूरा गरेको प्रतिक्रिया दिए । जिल्ला पुगेका बेला एमालेका तर्फबाट जिल्ला अध्यक्ष पूर्ण बहादुर रोकायाले सम्मान पत्र प्रदान समेत गरेका थिए । 

बोहोरा सशस्त्र प्रहरीका हल्दार तथा नेपालका पूर्वधावक पनि हुन् । उनले मुगुलगायत  देश बिदेशमा रहेका गरिब, असाहय, अशक्त, प्राकृतिक प्रकोप पीडितहरुलाई राहत उपलब्ध गराउँदै आएका छन् । साथै शैक्षिक र खेलकुद क्षेत्रमा पनि उनले सहयोग उपलब्ध गराउँदै आएका छन् । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार