मुख्य समाचार
मर्चवारमा तीनदिने बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने | मकवानपुरमा डिजेल लोड ट्याङ्कर दुर्घटना : चालक रायमाझीको मृत्यु | राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आज बस्दै | सम्मरीमाईमा रुपन्देही समन्वय समितिको घुम्ती बैठक सम्पन्न | नमुना बोर्डिङमा शान्ति चित्रकला प्रतियोगिता सम्पन्न | युवालाई उद्यमी बनाउने प्रदेश सरकारको योजना छः मुख्यमन्त्री आचार्य | रुपन्देहीमा १८ ग्राम खैरो हेरोइनसहित एक युवक पक्राउ | नेपाल-भारत १०औँ समन्वय बैठक काठमाडौँमा सम्पन्न, सीमा सुरक्षा र प्रविधि प्रयोगमा जोड | परासीमा ट्रकको ठक्करबाट पत्रकार पोख्रेलको निधन | विपद् व्यवस्थापनमा समन्वय र पूर्वतयारी आवश्यक : मुख्यमन्त्री आचार्य |

रारा र कर्णालीको पानी बोकेर सगरमाथा चढेका बोहोरालाई मुगुमा भब्य स्वागत

दान बहादुर बुढा 45+ समाचार ( )
१९ जेठ २०८२, आइतबार

मुगु । सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका मुगुको छाँयानाथ रारा नगरालिका १३ थर्प गाउँका अक्कलबहादुर बोहोरालाई जिल्लामा भब्य स्वागत गरिएको छ ।  ४६ वर्षीय बोहोरालाई मुगुबाटै पहिलो पटक सगरमाथाको आरोहण गरेका हुन् । आरोहणपछि जिल्ला पुग्दा शुभेच्छुकहरुले नाचगान सहित स्वागत गरेका हुन् । उनलाई नाचगान, बजागाजा, दोसल्ला खादा, अबिर, फुलमाला लगायत देउडा मागल, झोजा गीतमार्फत भब्य स्वागत गरिएको हो । 

अक्कल बोहोरा चैत्र २३ गते गृह जिल्लाबाट रारा र मुगु कर्णाली नदीको पानी लिएर आरोहण यात्रामा हिडेका उनले २०२५ मे २०, बिहान ८ः५८ बजे सगरमाथाको चुचुरोमा पाइला राखेका थिए । पछिल्ला बर्ष स्पेनको कोष्टा ब्लाङ्कास्थित आल्भिर शहरमा बस्दै आएका बोहोराले रारा र कर्णाली नदीको प्रचारका लागि सगरमाथा आरोहण गरेको बताए । ४२ दिन लगाएर उनले सफल आरोहण गराएका हुन् । 

बिगत लामो समयदेखि लिएको लक्ष्य अनुसार पहिलो पटक सगरमाथाको शिखरमा पुगेर सपना पूरा गरेको प्रतिक्रिया दिए । जिल्ला पुगेका बेला एमालेका तर्फबाट जिल्ला अध्यक्ष पूर्ण बहादुर रोकायाले सम्मान पत्र प्रदान समेत गरेका थिए । 

बोहोरा सशस्त्र प्रहरीका हल्दार तथा नेपालका पूर्वधावक पनि हुन् । उनले मुगुलगायत  देश बिदेशमा रहेका गरिब, असाहय, अशक्त, प्राकृतिक प्रकोप पीडितहरुलाई राहत उपलब्ध गराउँदै आएका छन् । साथै शैक्षिक र खेलकुद क्षेत्रमा पनि उनले सहयोग उपलब्ध गराउँदै आएका छन् । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार