मुख्य समाचार
सुकुम्बासीहरुको लगत सङ्कलन | रुपन्देहीमा प्रहरीको 'स्वीप अपरेशन' तीव्र: दुई दिनमा १८६ जना पक्राउ | काठमाडौंबाट दिल्ली जाँदै गरेको ट्रकमा २,५७० किलो अवैध ओखर बरामद, चालक पक्राउ | सशस्त्र प्रहरीको महानिरीक्षकमा पौडेललाई नियुक्त गर्ने सरकारको निर्णय | पार्टी संसदीय दलले राष्ट्रिय आवश्यकताअनुसार सबैलाई मिलाएर लैजान्छ : सभापति थापा | मोदीवेणीधामबाट कालीगण्डकी संरक्षणको सन्देश | ‘नेपालको वर्तमान आर्थिक स्थितिपत्र २०८३’ सार्वजनिक | रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन | न्याय सम्पादनमा सङ्घीय सरकारबाट अङ्कुश नलगाउन आग्रह | बागलुङका एक सय बढी झोलुङ्गे पुल प्रयोगविहीन |

सहकारी, लघुवित्त र मिटरब्याजी पीडितले भने : ओली सरकारको दिनगन्ती शुरु भयो

Ujyalosandeshonline 11100+ समाचार ( )
२ वैशाख २०८२, मङ्गलबार

काठमाडौं । वित्तिय पीडितहरुले आफूहरुका शान्तिपूर्ण आवाजहरुलाई सम्बोधन गर्नुको सट्टा बन्दुकको बलमा दमन गरेको भन्दै आक्रोश व्यक्त गरेका छन् । मंगलबार काठमाडौंको आयोजित एक कार्यक्रममा केपी शर्मा ओली सरकारको दिनगन्ती शुरु भएको भन्दै सुनुवाई नगरे अफूहरु पनि प्रतिबादमा उत्रने चेतावनी दिएका छन् ।

सहकारी, लघुवित्त तथा वित्तिय समस्या समाधान संयुक्त राष्ट्रिय अभियान महासंघ’द्वारा आयोजित कार्यक्रममा लघुवित्त तथा वित्तिय शोषण विरुद्धको संघर्ष समिति नेपालका अध्यक्ष मनिराम ज्ञवालीले ४० महिनादेखिको शान्तिपूर्ण आन्दोलनलाई सरकार र राजनीतिक दलहरुले कमजोरीको रुपमा नलिन चेतावनी दिए ।

ज्ञवालीले आफ्नो अधिकारका लागि लड्ने जनताले कहिलेपनि हारेको इतिहास नभएको बताउँदै भने,‘आफ्नो अधिकार र न्यायको लागि मानव समाजको उत्पत्तिदेखि आजसम्म भएका कुनैपनि लडाइँमा बहुसंख्यक उत्पीडितहरु पराजित छैनन् । हाम्रो यो न्यायिक लडाइमा पनि शासकहरु घुँडा टेक्न बाध्य हुने निश्चित छ ।’

सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान(महासंघ)का अध्यक्ष कुशलव केसीले लघुवित्त, सहकारी र मिटर ब्याजी हरुसँग पटकपटक भएका सम्झौताहरुलाई कागजमै सिमित राखेर पीडितलाई सडकमै कुट्नु, गिरफ्तार गर्नु र अनावश्यक दुःख दिनु गैर न्यायीक कार्य भएको बताए । केसीले अब आउने दिनमा पनि राज्यले उल्टो बाटो समातेर अगाडि बढे त्यसको ठूलो मूल्य चुकाउनु पर्ने चेतावनी दिए ।

नेशन फस्टका अध्यक्ष डा.नन्द काप्रीले केपी ओली नेतृत्वको वर्तमान सरकार जनताको सरकार नभई पीडकको संरक्षक भएको आरोप लगाए । लघुवित्त, सहकारी र मिटरब्याजी पीडितको बर्षौदेखि चलिरहेको शान्तिपूर्ण आन्दोलनलाई सम्बोधन नगरेकोप्रति आक्रोष ब्यक्त गर्दै डा.काप्रीले भने,‘ओलीजी जनताको न्यायको लागि भन्दै १४ वर्ष जेल बसेँ त भन्नुहुन्छ, तर उहाँको निरङ्कुश र तानाशाही शासन शैलीले सामन्ती, भ्रष्ट, दलाल र माफियाको मसिया पो भएको देखिन्छ ।’

आन्दोलनका संरक्षक अगश्त अधिकारीले पीडितको शान्तिपूर्ण आन्दोलनलाई कमजोर नठान्न चेतावनी दिए । लघुवित्त तथा वित्तिय शोषण विरुद्धको संघर्ष समिति नेपालका मधेश प्रदेश इन्चार्ज युवराज रसाइलीले मैथली भाषामा भने, ‘ मेधश मा लघुवित्त, सहकारी र मिटरब्याजी महाजनहरुले सबैभन्दा धेरै चक्रवित्त ब्याजमा जनतालाई लुटिरहेका छन्, अब राज्य ले न्याय नदिए उनीहरुलाई गाउँगाउँबाट लखेट्छौं ।’

कोशी प्रदेश अध्यक्ष लुजा राईले आम पीडितहरुको न्यायका लागि महिलाहरु जस्तोसुकै लडाई लड्न पनि तयार रहेको बताइन् ।राष्ट्रिय स्वयमसेवक नेपालका अध्यक्ष मनोज पौडेलले पीडितलाई न्याय दिलाउन आफूहरु ज्यानको बाजि थापेर सडकमा उत्रेको बताए ।

सोभा पाठकले जीवी राई एउटा पात्र मात्र भएको भन्दै, सहकारी, लघुवित्त र मिटरब्याजी लुटेराहरुलाई राज्य सञ्चालकहरुले नै संरक्षण गरिरहेको आरोप लगाइन् । सहकारी बचतकार्ता संरक्षण राष्ट्रिय अभियान(महासंघ)का केन्द्रीय कोषाध्यक्ष देव कुमार श्रेष्ठले कार्यक्रम सञ्चालन गरेका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार