मुख्य समाचार
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालन गर्न सरकार कटिबद्ध छ: सांसद पुनम अग्रवाल | पोखरामा विमानस्थल आसपासमा चङ्गा र ड्रोन उडाउन निषेध | चाडपर्व लक्षित विशेष सुरक्षा योजना लागू गर्न निर्देशन | विद्यालय बस दुर्घटनाः पुरानो बस नचलाउन भनेका थियौँ : स्थानीयवासी | भेडाच्याङ्ग्रा बिक्री गर्न महिनौ पैदल हिँडेका किसानलाई बजारको चिन्ता | नेपाली कांग्रेस सभापतिमा थापा निर्वाचित | सडक सुरक्षामा ध्यान दिन प्रहरीको आग्रह | भैरहवामा लगानीकर्ता सचेतना तथा पूँजीबजार साक्षरता कार्यक्रम सम्पन्न | नेपाली कांग्रेस महाधिवेशनः मतदान सुरू | कर्णालीमा पाँच हजार प्रहरी परिचालन गरिने |

भूमिगत कालमा पञ्चायतविरुद्ध लड्दासमेत पढ्ने कांग्रेसले अहिले पटक्कै पढ्न छोड्यो : बाबुराम भट्टराई

Ujyalosandeshonline 12490+ समाचार ( )
२९ भाद्र २०८१, शनिबार

काठमाडौं । लेखक मोहन तिम्सिनाको जैविक दर्शन वैज्ञानिक क्रान्तिको दार्शनिक संश्लेषण पुस्तक विमोचन भएको छ । शनिबार प्रज्ञा भवन कमलादिमा एक विशेष समारोहकाबीच पुस्तक विमोचन गरिएको हो । 

पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले काँग्रेसका साथीहरुले पढ्नै छोडेको आरोप लगाएका छन् ।  भट्टराईले भूमिगत कालमा पञ्चायतविरुद्ध लड्दा समेत अध्ययन गर्ने कांग्रेसले अहिले पढ्नै भुलेको आरोप लगाएका हुन् ।

उनले भने, ‘अहिले मान्छेमा पढ्ने लेख्ने चलन पनि छैन । हिजोका हाम्रा साथीहरू त्यत्रो भूमिगत कालमा पञ्चायतविरुद्ध लड्दा कांग्रेस, कम्युनिस्ट सबै साथीहरू जेलमा पर्दा पनि सँगै अध्ययन गर्ने बानी थियो । पछि हामी जनयुद्धमा जाँदा पनि त्यत्रो मेहनत गरेर पढ्थ्यौँ । अहिले यता आइसकेपछि अब काँग्रेसका साथीहरुले त पढ्नै छोडिहाल्नु भयो । कम्युनिस्टहरू अलि बढी जो पढ्ने हो कम्युनिस्टहरू पनि अब कुनै खास फरक छैन । उहाँहरूले पनि पढाइलेखाइमा रुचि राख्नुहुन्न । हामीले अघि वैकल्पिक ढङ्गले जानुपर्छ, भन्नेहरू पनि अलिअलि मेहनत गर्न खोजेका छौँ तर हाम्रो पनि आरण्य रोदन जस्तो भइरहेको छ ।’

साथै, उनले देशमा पठन संस्कृती लोप हुँदै गएको भन्दै चिन्ता पनि व्यक्त गरेका छन् । यस्तै, भट्टराईले आर्थिक वृद्धि, सामाजिक न्याय, दिगो प्रकृतिको संरक्षण र मान्छेमा खुसिपना आउनुपर्ने आयामसहितको विकास आवश्यक रहेको बताए । उनले लोकतन्त्र उन्नत हुँदै जाने प्रक्रिया भएकाले यसको विकास गर्दै अघि बढ्नुपर्ने जिकिर गरे ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार