मुख्य समाचार
स्रोत नखुलेको ३४ लाखसहित दुई जना पक्राउ | संस्कृति, प्रकृति र आत्मगौरवको सङ्गम बन्दै आठपहरिया घरबास | लुम्बिनी विश्वकै साझा धरोहर होः मन्त्री पौडेल | भैरहवामा ‘ब्रेन एण्ड माइन्ड क्लिनिक’ सञ्चालनमा, ओपीडी र ल्याब सेवामा विशेष छुट | जसपाको समायोजन कार्यक्रमप्रति लोसपा रुपन्देहीको आपत्ति | त्रिभुवन र कान्ति राजमार्गमा दुईतर्फी यातायात सञ्चालन | डिभाइडरमा मोटरसाइकल ठोक्कियो, चालकको मृत्यु | दीप प्रज्वलन गरी धकधईमा मनाइयो नमुना माध्यमिक विद्यालयको वार्षिक उत्सव | बुद्ध–परिपथले जोडिँदै पनौती, नमोबुद्ध र तेमाल | कर्णालीका नागरिकलाई आश्वासन होइन परिणाम चाहियो : सांसद ज्ञानु पौड्याल |

स्रोत नखुलेको ३४ लाखसहित दुई जना पक्राउ

Ujyalosandeshonline 12338+ समाचार ( )
२ अशोज २०८३, शुक्रबार

काठमाडौँ । प्रहरीले स्रोत नखुलेको रु ३४ लाख ९५ हजार नगदसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–२ का ४२ वर्षीय सन्तोष भुसाल र पर्साको वीरगञ्ज महानगरपालिका–२१ का ४० वर्षीय प्रवेश महत्तो रहेका छन् । काठमाडौँ महानगरपालिका–२९, अनामनगरस्थित किम्ची रेष्टुरेण्टमा स्रोत नखुलेको हुण्डीको रकम कारोबार भइरहेको सूचनाका आधारमा प्रहरी वृत्त सिंहदरबारबाट खटिएको टोलीले दुवै जनालाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक दानबहादुर थापाका अनुसार पक्राउ परेका दुवै जनाको  साथबाट स्रोत नखुलेको सो रकम बरामद गरिएको छ । प्रहरीले पक्राउ परेका दुवै जनाविरुद्ध हुण्डीसम्बन्धी कसुरमा जिल्ला अदालत काठमाडौँबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान अघि बढाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार