मुख्य समाचार
मर्चवारमा तीनदिने बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने | मकवानपुरमा डिजेल लोड ट्याङ्कर दुर्घटना : चालक रायमाझीको मृत्यु | राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आज बस्दै | सम्मरीमाईमा रुपन्देही समन्वय समितिको घुम्ती बैठक सम्पन्न | नमुना बोर्डिङमा शान्ति चित्रकला प्रतियोगिता सम्पन्न | युवालाई उद्यमी बनाउने प्रदेश सरकारको योजना छः मुख्यमन्त्री आचार्य | रुपन्देहीमा १८ ग्राम खैरो हेरोइनसहित एक युवक पक्राउ | नेपाल-भारत १०औँ समन्वय बैठक काठमाडौँमा सम्पन्न, सीमा सुरक्षा र प्रविधि प्रयोगमा जोड | परासीमा ट्रकको ठक्करबाट पत्रकार पोख्रेलको निधन | विपद् व्यवस्थापनमा समन्वय र पूर्वतयारी आवश्यक : मुख्यमन्त्री आचार्य |
मुख्य समाचार
मर्चवारमा तीनदिने बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने | मकवानपुरमा डिजेल लोड ट्याङ्कर दुर्घटना : चालक रायमाझीको मृत्यु | राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आज बस्दै | सम्मरीमाईमा रुपन्देही समन्वय समितिको घुम्ती बैठक सम्पन्न | नमुना बोर्डिङमा शान्ति चित्रकला प्रतियोगिता सम्पन्न | युवालाई उद्यमी बनाउने प्रदेश सरकारको योजना छः मुख्यमन्त्री आचार्य | रुपन्देहीमा १८ ग्राम खैरो हेरोइनसहित एक युवक पक्राउ | नेपाल-भारत १०औँ समन्वय बैठक काठमाडौँमा सम्पन्न, सीमा सुरक्षा र प्रविधि प्रयोगमा जोड | परासीमा ट्रकको ठक्करबाट पत्रकार पोख्रेलको निधन | विपद् व्यवस्थापनमा समन्वय र पूर्वतयारी आवश्यक : मुख्यमन्त्री आचार्य |


कुल बेरुजु रकमको आधारमा रुपन्देही जिल्लामै कञ्चन गाउँपालिका सबैभन्दा कम बेरुजु हुने स्थानीय तह

जगीलाल थापा 30+ समाचार ( )
१८ जेठ २०८२, शनिबार

कञ्चन । रुपन्देहीको कञ्चन गाउँपालिका जिल्लामा सबैभन्दा कम बेरुजु ल्याउने पालिका बनेको छ । कुल बेरुजु रकमको आधारमा रुपन्देहीका १५ वटा पालिकालाई पछि पार्दै कञ्चन गाउँपालिका गत वर्ष जस्तै यस वर्ष पनि कम बेरुजु आउनेमा पहिलो पालिका बनेको हो ।

महालेखा परिक्षकको कार्यालयको ६२ औं प्रतिवेदन अनुसार पालिकाको ९६ लाख ८ हजार रुपैया बेरुजु रकमसंगै जिल्लामै सबैभन्दा कम बेरुजु हुने स्थानीय तह बनेको हो। अघिल्लो बर्ष पनि कञ्चनले जिल्लामा सबैभन्दा कम बेरुजु आउने स्थानीय तहको रुपमा आफुलाई उभ्याएको थियो।

सरकारी कार्यालयको अन्तिम लेखा परिक्षण गर्ने संवैधानिक अंग महालेखा परिक्षक कार्यालयलले आफनो ६२ औँ प्रतिवेदन सार्वजनिक गर्दै आ.व. २०८०/०८१ को वार्षिक लेखा परिक्षणमा कञ्चनको कुल लेखा परिक्षण रकम १ अर्ब २७ करोड बराबरको लेखा परिक्षण रकममा जम्मा ९६ लाख ८ हजार रुपैया मात्र बेरुजु निकालेको हो ।

महालेखा परिक्षक कार्यालयलको प्रतिवेदनमा उल्लेख भए अुनसार कुल बेरुजु रकमको आधारमा कञ्चन पछि कम बेरुजु ल्याउने स्थानीय तहको रुपमा सैनामैना नगरपालिका रहेको छ। सैनामैनाको बेरुजु रुकम १ करोड ६ लाख रुपैया रहेको छ भने त्यस पछि शुद्धोधनको २ करोड ४ लाख ५८ हजार रुपैया बेरुजु रकम सहति तेश्रो भएको छ।

यसैगरी २ करोड ४५ लाख १४ हजार रुपैया सहित कम बेरुजु आउने चौथो स्थानीय तहको रुपमा मर्चवारी गाउँपालिका बनेको छ भने २ करोड ४५ लाख १८ हजार बेरुजु रुकम सहित ओमसतिया गाउँपालिका पाचौं कम केरुजु ल्याउने स्थानीय तह भएको महालेखा परिक्षक कार्यालयलले ६२ औँ प्रतिवेदनमा उल्लेख छ।

बेरुजुको अवस्थालाई कुनै पनि सार्वजनिक निकायको वित्तिय शुसासन, पारदर्शिता, जवाफदेहिता, आर्थिक अनुशासन जस्ता बिषयहरुलाई हेर्ने गरिनछ । कञ्चन गाउँपालिकाले आर्थिक शुसासनको पक्षलाई केन्द्रविन्दुमा राखी कार्यसम्पादन गर्दा बेरुजुको अवस्था न्युन राख्न सफल भएको कञ्चन गाउँपालिकाका अध्यक्ष नवराज ढकालले बताउनु भयो। जनप्रतिनिधि र कर्मचारीको अथक प्रयासलाई परिणाममुखी कार्य गर्नमा सेवाग्राहीको सकारात्मक सहयोगका कारण पालिकाले दोश्रो बर्ष पनि जिल्लामा सबैभन्दा कम बेरुजु हुने स्थानीय तहको रुपमा स्थापित हुन सफल भएको गाउँपालिकाका अध्यक्ष ढकालले बताउनु भयो ।

पालिकाले विगतका बर्षहरुमा जस्तै आगामी आ.व.मा पनि गत आ.व.को बेरुजु अंकलाई घटाएर प्रदेश र संघमै सबैभन्दा कम बेरुजु ल्याउने स्थानीय तहको रुपमा आफ्नो पालिकाको नाम लेखाउन प्रयत्नशिल रहेको उल्लेख गर्दै अध्यक्ष ढकालले पालिका, प्रदेश र संघको ऐन, नीति, कार्यविधिहरुलाई अधिक्तम पालिना गरेर पुँजीगत तथा चालु खर्चलाई बढाएर नुमना स्थानीय तह बनाउन लागि परिहरहेको बताउनु भयो।

गत बर्ष पनि १ करोड ६३ लाख बेरुजु अंकका साथ कञ्चनले जिल्लामै सबैभन्दा कम बेरुजु ल्याउने स्थानीय तहको रुपमा आफुलाई दर्ज गरेको थियो। त्यसैगरी यस बर्ष पनि बेरुजु समपरिक्षणलाई कञ्चन गाउँपालिकाले प्राथमिकताका साथ कार्य अगाडि बढाउँदै गएको पाउन सकिन्छ ।यस आ.व.मा करिब ३ करोड ५० लाख पुरानो बेरुजु समपरिक्षण गरिसकेको छ।

चालु आ.व.को समय सकिन अझै २ महिना बांकी नै छ ।चालु आ.व.मा पनि विगतका आ.व।.जस्तै नतिजा ल्याएर ह्याट्रिक गर्ने योजनाका साथ काम भइरहेको कञ्चन गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत माधवप्रसाद पोखरेलले बताउनु भयो।

चालु आ.व.को खर्चको अवस्थालाई हेर्दा हालसम्म पूँजीगत खर्च तर्फ ५७.६१ प्रतिशत र चालु तर्फ ६१.९८ प्रतिशत सहित समग्रमा ६०.३९ प्रतिशत कार्य सम्पादन गरिसकेको छ। विगत दुई बर्ष अगाडी देखि कञ्चनले आर्थिक बर्ष शुरु भएको दोश्रो महिना देखि नै योजना सञ्चालनका लागि उपभोक्ता समिति, तालिम र सम्झौता गर्ने जस्ता कार्यहरुलाई प्राथमिकता दिएर जेठको दोश्रो हप्तासम्म सम्पुर्ण कार्य सम्पादन मुल्यांकन पश्चात भुक्तानी दिने कार्यलाई तादरुकता दिदै आएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार