मुख्य समाचार
भूमिहीन नागरिकको जग्गा व्यवस्थापनका लागि नापनक्सा | हावाहुरीले मर्चवारीमाईमा केरा खेती नष्ट: कृषक यादवको लाखौंको क्षति | मर्चवारीमाई गाउँपालिकाद्वारा उत्कृष्ट एसईई विद्यार्थी सम्मानित | उत्तरयाधामको शिवलिङ्को मूर्ति | तीन दशकदेखि पानी घट्टमै जीवन धान्दै श्रेष्ठ | हुरीका कारण विनयी त्रिवेणीमा १७ घर र दुई गोठमा क्षति | पोखरा-दुबई हवाई उडानका लागि फ्लाई दुबईले पायो अनुमति | पोखरा–भरतपुर–लुम्बिनीबीच पर्यटन प्रवर्द्धनका लागि ‘सिल्भर ट्रयाङ्गल’ समझदारी | महाधिवेशनको विषयमा पार्टीका नेतासँग संवाद भइरहेको छ : सभापति थापा | एमाले अध्यक्ष ओलीको आग्रह : ‘एकताबद्ध भएर जनतामाझ जानुस्’ |
मुख्य समाचार
भूमिहीन नागरिकको जग्गा व्यवस्थापनका लागि नापनक्सा | हावाहुरीले मर्चवारीमाईमा केरा खेती नष्ट: कृषक यादवको लाखौंको क्षति | मर्चवारीमाई गाउँपालिकाद्वारा उत्कृष्ट एसईई विद्यार्थी सम्मानित | उत्तरयाधामको शिवलिङ्को मूर्ति | तीन दशकदेखि पानी घट्टमै जीवन धान्दै श्रेष्ठ | हुरीका कारण विनयी त्रिवेणीमा १७ घर र दुई गोठमा क्षति | पोखरा-दुबई हवाई उडानका लागि फ्लाई दुबईले पायो अनुमति | पोखरा–भरतपुर–लुम्बिनीबीच पर्यटन प्रवर्द्धनका लागि ‘सिल्भर ट्रयाङ्गल’ समझदारी | महाधिवेशनको विषयमा पार्टीका नेतासँग संवाद भइरहेको छ : सभापति थापा | एमाले अध्यक्ष ओलीको आग्रह : ‘एकताबद्ध भएर जनतामाझ जानुस्’ |


कुल बेरुजु रकमको आधारमा रुपन्देही जिल्लामै कञ्चन गाउँपालिका सबैभन्दा कम बेरुजु हुने स्थानीय तह

जगीलाल थापा 30+ समाचार ( )
१८ जेठ २०८२, शनिबार

कञ्चन । रुपन्देहीको कञ्चन गाउँपालिका जिल्लामा सबैभन्दा कम बेरुजु ल्याउने पालिका बनेको छ । कुल बेरुजु रकमको आधारमा रुपन्देहीका १५ वटा पालिकालाई पछि पार्दै कञ्चन गाउँपालिका गत वर्ष जस्तै यस वर्ष पनि कम बेरुजु आउनेमा पहिलो पालिका बनेको हो ।

महालेखा परिक्षकको कार्यालयको ६२ औं प्रतिवेदन अनुसार पालिकाको ९६ लाख ८ हजार रुपैया बेरुजु रकमसंगै जिल्लामै सबैभन्दा कम बेरुजु हुने स्थानीय तह बनेको हो। अघिल्लो बर्ष पनि कञ्चनले जिल्लामा सबैभन्दा कम बेरुजु आउने स्थानीय तहको रुपमा आफुलाई उभ्याएको थियो।

सरकारी कार्यालयको अन्तिम लेखा परिक्षण गर्ने संवैधानिक अंग महालेखा परिक्षक कार्यालयलले आफनो ६२ औँ प्रतिवेदन सार्वजनिक गर्दै आ.व. २०८०/०८१ को वार्षिक लेखा परिक्षणमा कञ्चनको कुल लेखा परिक्षण रकम १ अर्ब २७ करोड बराबरको लेखा परिक्षण रकममा जम्मा ९६ लाख ८ हजार रुपैया मात्र बेरुजु निकालेको हो ।

महालेखा परिक्षक कार्यालयलको प्रतिवेदनमा उल्लेख भए अुनसार कुल बेरुजु रकमको आधारमा कञ्चन पछि कम बेरुजु ल्याउने स्थानीय तहको रुपमा सैनामैना नगरपालिका रहेको छ। सैनामैनाको बेरुजु रुकम १ करोड ६ लाख रुपैया रहेको छ भने त्यस पछि शुद्धोधनको २ करोड ४ लाख ५८ हजार रुपैया बेरुजु रकम सहति तेश्रो भएको छ।

यसैगरी २ करोड ४५ लाख १४ हजार रुपैया सहित कम बेरुजु आउने चौथो स्थानीय तहको रुपमा मर्चवारी गाउँपालिका बनेको छ भने २ करोड ४५ लाख १८ हजार बेरुजु रुकम सहित ओमसतिया गाउँपालिका पाचौं कम केरुजु ल्याउने स्थानीय तह भएको महालेखा परिक्षक कार्यालयलले ६२ औँ प्रतिवेदनमा उल्लेख छ।

बेरुजुको अवस्थालाई कुनै पनि सार्वजनिक निकायको वित्तिय शुसासन, पारदर्शिता, जवाफदेहिता, आर्थिक अनुशासन जस्ता बिषयहरुलाई हेर्ने गरिनछ । कञ्चन गाउँपालिकाले आर्थिक शुसासनको पक्षलाई केन्द्रविन्दुमा राखी कार्यसम्पादन गर्दा बेरुजुको अवस्था न्युन राख्न सफल भएको कञ्चन गाउँपालिकाका अध्यक्ष नवराज ढकालले बताउनु भयो। जनप्रतिनिधि र कर्मचारीको अथक प्रयासलाई परिणाममुखी कार्य गर्नमा सेवाग्राहीको सकारात्मक सहयोगका कारण पालिकाले दोश्रो बर्ष पनि जिल्लामा सबैभन्दा कम बेरुजु हुने स्थानीय तहको रुपमा स्थापित हुन सफल भएको गाउँपालिकाका अध्यक्ष ढकालले बताउनु भयो ।

पालिकाले विगतका बर्षहरुमा जस्तै आगामी आ.व.मा पनि गत आ.व.को बेरुजु अंकलाई घटाएर प्रदेश र संघमै सबैभन्दा कम बेरुजु ल्याउने स्थानीय तहको रुपमा आफ्नो पालिकाको नाम लेखाउन प्रयत्नशिल रहेको उल्लेख गर्दै अध्यक्ष ढकालले पालिका, प्रदेश र संघको ऐन, नीति, कार्यविधिहरुलाई अधिक्तम पालिना गरेर पुँजीगत तथा चालु खर्चलाई बढाएर नुमना स्थानीय तह बनाउन लागि परिहरहेको बताउनु भयो।

गत बर्ष पनि १ करोड ६३ लाख बेरुजु अंकका साथ कञ्चनले जिल्लामै सबैभन्दा कम बेरुजु ल्याउने स्थानीय तहको रुपमा आफुलाई दर्ज गरेको थियो। त्यसैगरी यस बर्ष पनि बेरुजु समपरिक्षणलाई कञ्चन गाउँपालिकाले प्राथमिकताका साथ कार्य अगाडि बढाउँदै गएको पाउन सकिन्छ ।यस आ.व.मा करिब ३ करोड ५० लाख पुरानो बेरुजु समपरिक्षण गरिसकेको छ।

चालु आ.व.को समय सकिन अझै २ महिना बांकी नै छ ।चालु आ.व.मा पनि विगतका आ.व।.जस्तै नतिजा ल्याएर ह्याट्रिक गर्ने योजनाका साथ काम भइरहेको कञ्चन गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत माधवप्रसाद पोखरेलले बताउनु भयो।

चालु आ.व.को खर्चको अवस्थालाई हेर्दा हालसम्म पूँजीगत खर्च तर्फ ५७.६१ प्रतिशत र चालु तर्फ ६१.९८ प्रतिशत सहित समग्रमा ६०.३९ प्रतिशत कार्य सम्पादन गरिसकेको छ। विगत दुई बर्ष अगाडी देखि कञ्चनले आर्थिक बर्ष शुरु भएको दोश्रो महिना देखि नै योजना सञ्चालनका लागि उपभोक्ता समिति, तालिम र सम्झौता गर्ने जस्ता कार्यहरुलाई प्राथमिकता दिएर जेठको दोश्रो हप्तासम्म सम्पुर्ण कार्य सम्पादन मुल्यांकन पश्चात भुक्तानी दिने कार्यलाई तादरुकता दिदै आएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार